Dictionary

All Word

96701 हुलिया ना. ४. खोलुवा कैफिय।
96702 हुलुक्क क्रि.वि. खाएको वस्तु घाँटीबाट बाहिर निस्कने गरी वमन गर्ने वा छादने चालमा।
96703 हुल्नु स.क्रि. १. भित्र पसाल्नु छिराउनु; अँचेट्नु।
96704 हुल्नु स.क्रि. २. कोच्नु घुसार्नु।
96705 हुल ना. धेरै मानिसहरूको समूह; प्राणीहरूको समूह; जमा।
96706 हुलकुल ना. दङ्गा र विद्रोह; हुल उठाएर गरिने विद्रोह; आतङ्क।
96707 हुलचाल ना. हुलदङ्गा; हुलमुल।
96708 हुलदङ्गा ना. धेरै मानिसका बिचको झगडा ; साम्प्रदायिक कलह उपद्रव; मारपिट; लुटमार।
96709 हुलमूल ना. धेरै मानिसको भिड; भिडभाड ठेलमठेल।
96710 हुलहाल ना. हुलमुल।
96711 हुलहुज्जत ना. धेरै जना वा जमातै मिलेर गरिएको दङ्गा; हुलदङ्गा।
96712 हुल्याहा वि. १. हुलदङ्गा मच्चाउने; उपद्रो गर्ने; बिथोल्ने।
96713 हुल्याहा वि. २. हुलदङ्गा गर्न दल बाँधेर हिँड्ने।
96714 हुल्लड ना. १. हुल्दङ्गा; होहल्ला |
96715 हुल्लड ना. वि. २. हुल्याहा।
96716 हुल्लडबाज वि. हुल्लड मच्चाउने; हुल्याहा।
96717 हुल्लडबाजी ना. हुल्लडबाजहरूद्वारा गरिने उपद्रव।
96718 हुल्ला ना. १. हुल मिलेर गरिने उपद्रव; हुलदङ्गा।
96719 हुल्ला ना. २. हुल; जमा।
96720 हुस्स क्रि.वि. १. धुवाँजस्तो कुहिरो फैलने गरी।
96721 हुस्स क्रि.वि. २. फुल्ने वा उक्सने किसिमले।
96722 हुस्स क्रि.वि. ३. दुध; पानी आदि उम्लने गरी।
96723 हुस्सिनु अ.क्रि. हुस्स फुल्नु; सुन्निनु; उक्सिनु।
96724 हुस्सु ना. धुवाँजस्तो पातलो कुहिरो।
96725 हुस्सु वि. १. होस नभएको; सुद्धी नभएको।
96726 हुस्सु वि. २. मूर्ख |
96727 हुस्सुदण्ड ना. होस नपुऱ्याई काम गरेका कारणले हुने दण्ड; बेकुफी दण्ड।
96728 हुस्से ना. बिहान भुइँमै लाग्ने बाक्लो कुहिरो हुस्सु।
96729 हुस्स्याइ ना. १. हुस्सिने भाव; क्रिया वा प्रक्रिया।
96730 हुस्स्याइ ना. [हुस्स्याउ+आइ] २. हुस्स्याउने भाव; क्रिया वा प्रक्रिया |
96731 हुस्स्याइनु क. क्रि. हुस्सिने पारिनु।
96732 हुस्स्याउनु प्रे. क्रि. हुस्सिने पार्नु; हुस्सिन लाउनु।
96733 हू ना. हे. हु।
96734 हूण / हून ना. १. कैयन्पल्ट भारतको पश्चिमोत्तर सीमामा आक्रमण गर्ने; प्राचीन एक म्लेच्छ जाति।
96735 हूण / हून ना. २. सम्भवतः हूणकै देशमा प्रचलित स्वर्णमुद्रा |
96736 हूल ना. हे. हुल।
96737 हृत वि. १. हरण गरिएको; खोसिएको।
96738 हृत वि. २. चालै नपाइने गरी झिकिएको; चोरिएको।
96739 हृत वि. ३. मुग्ध पारिएको; मोहि।
96740 हृति ना. हरण गर्ने क्रिया वा भाव; हरण; खोसाइ।
96741 हृत्कम्प ना. हृदयको कम्पन; मुटुको धुकधुकी वा चाल |
96742 हत्केन्द्र ना. हृदयको मध्य भाग; हृदय।
96743 हृत्तन्त्री ना. हृदयरूपी तन्त्री वा वीणा; हृदयमा बज्ने तार।
96744 हृदय ना. १. प्रायः सबै प्राणीको शरीरमा छातीभित्र बायाँतिर हुने; स्पन्दनद्वारा शरीरभरिका नाडीहरूमा शुद्ध रगत फिंजाउने मांसकोश; मुटु।
96745 हृदय ना. २. अन्त॒रात्मा; अन्तःकरण; चित्त; मन।
96746 हृदय ना. ३. असल र खराब छुट्ट्याउने शक्ति; विवेक।
96747 हृदय ना. ४. कुनै वस्तुको सारतत्त्व वा भित्री रहस्य।
96748 हृदय ना. ५. ज्यादै प्यारो व्यक्ति।
96749 हृदय ना. ६. कोमल भावना; भावुकता।
96750 हृदयग्राही वि. हृदयलाई आकर्षित गर्ने वा वशमा पार्ने; रुचिकर तथा सुन्दर।