Dictionary

All Word

7651 आर्यपुत्र ना. १. प्राचीन कालमा पत्नीले पतिलाई सम्बोधन गर्दा भनिने शब्द ।
7652 आर्यपुत्र ना. २. आर्यकुलमा जन्मेको पुरुष |
7653 आर्य सभ्यता ना. आर्यहरूले स्थापित गरेको सभ्यता; आर्य संस्कृति ।
7654 आर्य समाज ना. १. सनातन धर्ममा उदारता ल्याउन भारतका स्वामी दयानन्द सरस्वतीले चलाएको एक धार्मिक सम्प्रदाय
7655 आर्य समाज ना. २. आर्यजातिको समाज |
7656 आर्यसमाजी वि. आर्यसमाजको सिद्धान्त मान्ने, आर्य समाजको (सदस्य, सिद्धान्त इ.) ।
7657 आर्या ना. १. मान्य स्त्री ।
7658 आर्या ना. २. पार्वती; दुर्गा।
7659 आर्या ना. ३. पहिलो र तेसो पाउमा बाह्र बाह मात्रा, दोस्रो पाउमा अठार मात्रा अनि चौथो पाउमा पन्ध्र मात्रा हुने मात्रिक छन्दको एक भेद |
7660 आर्यागीति ना. आर्याको पूर्वार्धमा एक गुरु र उत्तरार्धमा पनि एक गुरु थपिएर बनेको र दुवै पदको अन्तिम गण मगण भएको मात्रिक छन्द।
7661 आर्यावर्त ना. १. आर्यहरूको निवासस्थल; पौराणिक मान्यताअनुसार हिमालदेखि विन्ध्याचलसम्म र पूर्वी समुद्रदेखि पश्चिमी समुद्रसम्म फैलिएको विस्तृत भूभाग ।
7662 आर्यावर्त ना. २. भारतवर्ष ।
7663 आर्याष्टाङ्ग मार्ग ना. बुद्धद्वारा प्रतिपादित दुःख निवृत्तिका आठ मार्ग ।
7664 आर्येरानी ना. भारोपेली भाषा परिवारका दश शाखामध्ये एक; भारत - इरानेली ।
7665 आर्येरानी भाषा ना. आर्येरानी शाखामा पर्ने कुनै पनि भाषा ।
7666 आर्येरानी मूल ना. संस्कृत र फारसीको साझे मूल मानिने प्रागैतिहासिक भारोपेली भाषा ।
7667 आर्येली ना. भारोपेली परिवारको एउटा शाखा; भारत- इरानेली; आर्येरानी ।
7668 आर्योत्तरयुग ना. इतिहासका अनुसार धातुयुगपछि आउने समय; प्रायद्वीपमा आर्यहरूको प्रवेशपछिको युग ।
7669 आर्ष वि. १. ऋषिसँग सम्बन्धित; ऋषिहरूद्वारा प्रयुक्त; ऋषिको ।
7670 आर्ष वि. २. प्राचीन ।
7671 आर्ष वि. ३. वैदिक ।
7672 आर्ष प्रयोग ना. पाणिनि आदिका व्याकरणअनुसार अशुद्ध ठहरिए पनि वेद तथा पुराणमा प्रचलित भएको आधारमा शुद्ध मानिने भाषिक प्रयोग ।
7673 आर्ष विवाह ना. कन्याका पिताले वरसित दुइटा गोरु लिएर गरिदिने वैदिक विवाह; आठ प्रकारका विवाहमध्ये एक ।
7674 आर्सी ना. हे. आरसी ।
7675 आह्रिस ना. डाढ; ईर्ष्या; आरिस |
7676 आह्रिसे वि. डाढे; ईर्ष्यालु; आरिसे।
7677 आह्रिस्याइँ ना. आहिसेको स्वभाव, व्यवहार वा आचरण; आरिस्याइँ |
7678 आलङ्कारिक वि. १. साहित्यशास्त्रका अनुसार अलङ्कारले युक्त ( कुनै रचना ) ।
7679 आलङ्कारिक वि. २. अलङ्कार परेको (कथन, उक्ति आदि) ।
7680 आलङ्कारिक वि. ३. ज्यादै चखिलो वा घुमाउरो ( भनाइ वा बोली ) ।
7681 आलङ्कारिक वि. ४. गहनासम्बन्धी; गहनाले युक्त । ना. ५ अलङ्कारशास्त्र जान्ने व्यक्ति; अलङ्कारशास्त्रको ज्ञाता।
7682 आलटाल ना. १. मनले नखाएको काममा लाग्नुपर्दा ढिलाइ गर्ने बानी; अलमल; अल्याङमल्याङ; आलेटाले आनाकानी ।
7683 आलटाल ना. २. काममा भरसक हच्कने प्रक्रिया; टारटुर ।
7684 आलपिन ना. अलग्गिएका वा छरिएका कागजपत्र नत्थी गर्ने, नाथ्रीका ठाउँमा ल्वाङकाँटीको झैँ छातो हुने सियो ।
7685 आलमारी ना. भित्र तह तह मिलाएर फलेकहरू जडी खण्ड खण्ड गराइएको, ढोका लगाउन हुने र मालमत्ता राख्न हुने धातु वा काठको ठाडो सन्दुस; बोकेर ठाउँ सार्न मिल्ने दराज |
7686 आलमाल ना. मालमत्ता; झिटीमिटी; झिटीझाम्टा; मालताल ।
7687 आलम्ब ना. १. आश्रय; आधार; सहारा ।
7688 आलम्ब ना. २. उत्तोलकलाई अड्याउने आड ।
7689 आलम्बन ना. १. आश्रय; सहारा; अवलम्ब ।
7690 आलम्बन ना. २. साहित्यशास्त्रमा रस - निष्पत्तिको कारण; आलम्बन विभाव |
7691 आलम्बी वि. सहारा लिने वा दिने; आश्रित वा आश्रयी ।
7692 आलय ना. १. घर; गृह; वासस्थान ।
7693 आलय ना. २. आश्रय; आधार ।
7694 आलय ना. ३. ठाउँ; स्थान।
7695 आलवाल ना. बोटबिरुवा हुर्काउनका लागि फेदमा पानी अड्याउन वरिपरि बनाइएको डिल; आली ।
7696 आलस ना. गहतजस्तो थेप्चो, कैलो रङको, चिल्लो र लाम्चो तैलान्न; तिसी ।
7697 आलस ना. १. आलस्य; अल्छीपन । वि.
7698 आलस ना. २. आलसी; अल्सी; जाँगर नभएको ।
7699 आलसतालस ना. १. कामको बोझ; व्यस्तता ।
7700 आलसतालस ना. २. गर्मी, पीडा आदिले बेचैन हुने किसिम वा चाल; थकित अवस्था । वि.