Dictionary

All Word

94801 हवाङ्ग / हवाङ्ङ क्रि.वि. १. एक्कासि कुकुर; बाघ आदि कराउने वा तिनले झम्टने किसिमसित।
94802 हवाङ्ग / हवाङ्ङ क्रि.वि. २. घर, कोठा आदि एकदम खुला रहने गरी; उदाङ्ङ।
94803 हवाङ्ग / हवाङ्ङ क्रि.वि. ३. ठुलो प्वाल परेर।
94804 हवात ना. पानी आदि तरल पदार्थ वा मसिनु अन्न दिने, पोख्ने वा मिल्काउने चाल।
94805 हवाततत क्रि.वि. लेदो पदार्थ भएजति पोखिने वा खत्तिए जस्तै गरी; खततत।
94806 ह्वातह्वात/ह्ववातह्वाती क्रि.वि. बारम्बार ह्वात शब्दका साथमा।
94807 ह्वात्त क्रि.वि. १. एकै खेपमा पोखिने वा खत्तिने चालसित।
94808 ह्वात्त क्रि.वि. २. रुख, बिरुवा, मानिस आदि एकाएक बढेर।
94809 ह्वात्त क्रि.वि. ३. कुनै काम झटपट गरिहाल्ने किसिमले।
94810 ह्वान्द्राङ्ङ क्रि.वि. धातु आदिको ठुलो वस्तु खस्ता वा हावाको जोडले ढोका आदि लाग्दा आवाज आउने गरी।
94811 ह्वान्द्राड्डे वि. १. ह्वान्द्राङ्ङ आवाज निस्कने।
94812 ह्वान्द्राड्डे वि. २. निकै ठुलो; डँडाक; घ्वाँक ।
94813 ह्वान्द्रे वि. आकार वा परिमाणमा निकै ठुलो; घ्वाँक ।
94814 ह्वान्द्रेमुसो ना. ठुलो जात वा आकारको मुसो।
94815 ह्वाप्प क्रि.वि. १. ठुलो भाँडामा सानो वस्तु एकै चोटि पस्ने गरी।
94816 ह्वाप्प क्रि.वि. २. खाँदा ठुलो गाँस हालेर।
94817 ह्वाम्म क्रि.वि. १. एकाएक हाम फाल्ने गरी; भवाम्म।
94818 ह्वाम्म क्रि.वि. २. खाँदा ठूलो गाँस हाल्ने चालसित।
94819 ह्वारह्वार क्रि.वि. १. ठुलो ज्वाला उठेर आगो वा त्यसरी बल्दा शब्द आउने गरी।
94820 ह्वारह्वार क्रि.वि. २. बेसरी पानी पर्ने किसिमसँग।
94821 ह्वारह्वार क्रि.वि. ३. धेरै मानिस एकै मेसोमा पस्ने वा निस्कने गरेर।
94822 ह्वारह्वारी / ह्वारह्वार्ती क्रि.वि. अझै ह्वारह्वार भएर।
94823 ह्वार्लाङ क्रि.वि. सिएको कपडा आदि छाँटकाँट नमिली ठुलो हुने किसिमले।
94824 ह्वालङि वि. १. छाँटकाँट नमिलेको र भद्दा खालको; ठुलो ( लुगा)।
94825 ह्वालङि वि. २. होस्ल्याङ; हुस्सु।
94826 ह्वार्लाङ्ङ क्रि.वि. १. ठुलो वस्तु खस्ने; भट्कने वा त्यस्तो हुँदा आवाज निस्कने गरी।
94827 ह्वार्लाङ्ङ क्रि.वि. २. अग्लो ठाउँबाट खस्ने वा फाल हाल्ने चालसित।
94828 ह्वालह्वाल क्रि.वि. पानी आदि तरल पदार्थ प्रशस्त बगिरहने वा बगिरहँदा शब्द निस्कने प्रकारसित ।
94829 ह्वालवाली / ह्वालवाल्ती क्रि.वि. अझै वालवाल भएर।
94830 ह्वालालाला क्रि.वि. ठुलो धारा छुटेर पानी आदि तरल पदार्थ बग्ने, पोखिने वा त्यसो हुँदा शब्द निस्कने गरी; नरोकिई बाढी आउने चालसित।
94831 ह्वाल्ल क्रि.वि. पानी, दुध आदि पन्यालो पदार्थ एक्कासि सबै पोखिने गरी।
94832 ह्वासह्वास क्रि.वि. १. नराम्रो गन्ध आउने गरी; हरक चल्ने किसिमले।
94833 ह्वासह्वास क्रि.वि. २. उक्सने, फुल्ने वा चाँडै बढ्ने गरी।
94834 ह्वासह्वास क्रि.वि. ३. विचार नगरी काम गर्ने, बोल्ने वा घरमा पस्ने गरी।
94835 ह्वासह्वास क्रि.वि. ४. भासिने फरक किसिमले।
94836 ह्वासह्वासती/ह्वासह्वासी क्रि.वि. हवासहवासको क्रम अझै बढेर।
94837 ह्वास्स क्रि.वि. १. अपर्झट दुर्गन्ध, हरक, बाफ आदि आउने गरी।
94838 ह्वास्स क्रि.वि. २. जमिन भत्केर खस्ने वा भासिने चालले।
94839 ह्वास्स क्रि.वि. ३. एकाएक उक्सने, फुल्ने वा बढ्ने गरेर।
94840 ह्वास्स क्रि.वि. ४. पानी आदि तताएको पदार्थ ताप पुगेर उम्लने गरी।
94841 ह्विस्की ना. उखु वा जौ आदि अन्नबाट बन्ने एक किसिमको रक्सी ।
94842 ह्वेल ना. पृथ्वीमा पाइएका जीवहरूमध्ये सबभन्दा ठुलो; अनेक जाति वा भेद हुने, स्तनपायी जन्तु; सबैभन्दा ठुलो माछो; राघव।