Dictionary

All Word

51 अँठिनु अ.क्रि. १. अर्काको पन्जाभित्र पुग्नु; परवश हुनु।
52 अँठिनु अ.क्रि. २. कुनै बन्धनले च्यापिनु, कसिनु वा मस्किनु।
53 अँठिया ना. गुदीमा मरिचजस्ता काला दाना र बोक्रामा कपासको बियाँमा हुने जस्तो झुस लाग्ने एक जातको केरा।
54 अँठ्याइ ना. अँठ्याउने क्रिया वा प्रक्रिया।
55 अँठ्याइनु क.क्रि. अँठ्याउने काम गरिनु; करेपिनु।
56 अँठ्याउनु स.क्रि. १. नउम्कने गरी दह्रोसँग समाउनु; जोडले निचोर्नु वा थिच्नु। (उदा.- भाइचाले साथीको घोक्रो अँठ्यायो।)
57 अँठ्याउनु स.क्रि. २. अरू कसैलाई आफ्नो पन्जामा पार्नु; करेप्नु (उदा.- दाजुले कुरामा अँठ्‌याएकाले उनी केही बोल्न सकेनन् )।
58 अँडिर ना. १. कथ्य. अँडिल। सातकुने पात भएको, झुप्पामा फल फल्ने, रातो वा सेतो डाँठ भएको, फलबाट तेल निकालिने र पातचाहिँ रेसमका किरालाई खुवाइने एक जातको बोट।
59 अँडिर ना. २. त्यसै वनस्पतिको फल। (यस फलको तेल जुलाफका निम्ति प्रयोग गरिन्छ।)
60 अँडुवा वि. १. जहरवात भई वा स्वतः ठुला आँडा हुने; ठुलो अण्डकोष भएको; आँडावाल; आँडे।
61 अँडुवा वि. २. खसी नपारेको; नसुमरेको (साँढे, बहर, बोको, घोडो आदि)।
62 अँतेर्नु स.क्रि. १. कसैलाई लखेट्तै छेक्तै लगी भित्तो, कुनु वा अप्ठ्यारोमा पुऱ्याई वशमा पार्नु; कसैलाई लडाई शरीरका खास खास भागमा घुँडाले टेकी हलचल गर्न नदिई कायल पार्नु।
63 अँतेर्नु स.क्रि. २. यातना दिई अत्याउनु।
64 अँतेराइ ना. अँतेर्ने भाव, क्रिया वा प्रक्रिया।
65 अँतेरिनु अ.क्रि. अँतेर्ने काम गरिनु; अँचेटिनु।
66 अँधेर ना. १. प्रकाशको अभावमा वस्तुको यथार्थ ज्ञान नभए जस्तै समाजमा वा राज्यमा विवेकविचारशून्य भई अन्धकार भएको अवस्था; न्यायनिसाफ हुन नसकेको र कर्तव्य अकर्तव्य वा असलखराबको छ्यानविचार नभई जथाभाबी भएको स्थिति; विभिन्न प्रकारले भएको अन्धकारको व्याप्ति; दृष्टिविहीनता; अन्धेर (उदा.- यहाँ दिउँसै अँधेर भयो। यस्तो अँधेर सहन सकिँदैन।)। वि.
67 अँधेर ना. २. अँधेरो; अन्धकार।
68 अँधेरी ना. १. सधिएका हात्ती, घोडा आदिको आँखामा लगाइने पर्दा। वि.
69 अँधेरी ना. २. कृष्णपक्षको; कालो; घाम नछिरी अँध्यारो हुने (अँधेरी रात, अँधेरी खोला, अँधेरी पाखा, अँधेरी वन इ.)।
70 अँधेरो ना. / वि. अन्धकार; अँध्यारो।
71 अँध्यार ना. / वि. अँध्यारो।
72 अँध्यार खाउडे/खाउडो वि. अँध्यारमुखे।
73 अँध्यारमुखे वि. अँध्यारो मुख भएको वा अँध्यारो मुख लाउने; घोसे।
74 अँध्यारो ना. १. प्रकाशको अभाव; उज्यालाको अभाव; मलिनता। वि.
75 अँध्यारो ना. २. उज्यालो नभएको; निस्तेज; उज्जर नभएको; मड्किलो। (उदा.- अँध्यारो मुख लाउनु; मन अँध्यारो हुनु; यो लुगाको रङ अँध्यारो छ इ )। ) अँध्याराको काम, खोलाको गीत (उखान)।
76 अँध्याराको जँघार टु. भेउ नपाई गरिएको काम।
77 अँप ना. १. मर्दापर्दा दान गरिने अम्खोराको आकारको भाँडो।
78 अँप ना. २. माटाको भाँडो।
79 अंश ना. १. भाग; हिस्सा; खण्ड; टुक्रा।
80 अंश ना. २. दाजुभाइ वा अन्य अंसियारका बिच हुने जायजेथाको भागबन्डा; सो भागबन्डाअन्तर्गतको एक खण्ड।
81 अंश ना. ३. गणितमा भिन्नको सङ्ख्या वा अङ्क; वृत्तका परिधिको ३६० भागमध्ये एक भाग।
82 अंश ना. ४. मेष, वृष आदि राशिका भोग्यकालको तिस भागको एक भाग।
83 अंश ना. ५. चन्द्रमाको सोह्र खण्डमध्ये एक खण्ड।
84 अंश ना. ६. संस्थान, निगम, कम्पनी आदिमा अधिकृत पुँजीअन्तर्गत निश्चित रकमको एक हिस्सा।
85 अंश ना. ७. सङ्गीतमा रागको विस्तार वा थाट प्रकट हुने स्वर।
86 अंशत: क्रि.वि. केही अंशमा; केही हदसम्म; केही मात्रामा; अपूर्ण रूपमा। (उदा.- उहाँ कविताभन्दा नाटकमा अंशतः सफल हुनुहुन्छ। तपाईंको कुरा अंशतः सत्य हो।) विप. पूर्णतः।
87 अंशदान ना. कुनै स्थानीय, क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सामाजिक, धार्मिक आदि संस्था वा कोषमा आफ्ना अधिकारको अंश अर्पने काम; आफूले पाएका अंशको दान।
88 अंशधर ना. कुनै उद्योगव्यवसाय वा अन्य प्रकारका आर्थिक कारोबारसँग सम्बन्धित संस्था आदिमा पुँजी लगाउने व्यक्ति; हिस्सेदार; साझेदार; अंसियार।
89 अंशपत्र ना. अंशबन्डाको कागत; बन्डापत्र।
90 अंशबखेडा ना. अंशको बाँडफाँड वा भागबन्डा- सम्बन्धी कचिङ्गल।
91 अंशबन्डा ना. अंसियारहरूका बिचमा रहेको सगोलको श्रीसम्पत्तिको बाँडफाँड।
92 अंशभागी ना. अंशको हकदार।
93 अंशावतार ना. भगवान्‌को वा महापुरुषको अंश लिएर जन्मेको व्यक्ति; अवतारी व्यक्ति।
94 अंशु ना. सूर्यको किरण; प्रकाश; ज्योति।
95 अंशुमान् ना. सूर्य।
96 अंशुमाली ना. सूर्य l
97 अंशुवर्मा ना. नेपालको इतिहासमा लिच्छविकालका एक प्रसिद्ध शासक; नेपालका राष्ट्रिय विभूतिमध्ये एक; आरम्भमा राजा शिवदेवसँग मिली महासामन्तका हैसियतले संयुक्त रूपमा र अन्तिम समयमा राजाका रूपमा नै शासन गर्ने एक लिच्छविकालीन शासक।
98 अंस ना. हे. अंश।
99 अंसियार ना. १. पुर्ख्यौली सम्पत्ति वा सगोलको सम्पत्तिमा अंश पाउने अधिकार भएको व्यक्ति; अंशको हकदार; अंशको अधिकारी; अंशभागी।
100 अंसियार ना. २. कानुनी रूपमा अंश पाउने वंशहरूको समूह, जस्तो- अंसियारबंसियार।