Dictionary

All Word

301 अक्षर ना. २. शब्दको वा शब्दांशका आवाजको एउटै प्रयासमा उच्चरित हुने, प्रायः व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह; अच्छेर।
302 अक्षर ना. ३. ईश्वर; परमात्मा; ब्रह्म। वि.
303 अक्षर ना. ४. नाश नहुने; अविनाशी।
304 अक्षरजीवी वि. लेखपढ गरेका भरमा जिउ पाल्ने; पढ्नेपढाउने काम गरेर जीवनवृत्ति गर्ने।
305 अक्षरन्यास ना. तान्त्रिक पूजापाठमा आफ्ना अङ्गप्रत्यङ्गको रक्षाका निम्ति ती अङ्गप्रत्यङ्गका देवताहरूसित सम्बन्धित अक्षरहरूको स्थापना।
306 अक्षरपत्ती ना. बाक्लो कागजमा अक्षर लेखिएको टुक्रा; अक्षरसिकाइ वा चिनारीका लागि शिक्षणसामग्रीका रूपमा प्रयोग गरिने अक्षरअङ्कित कागत।
307 अक्षरविन्यास ना. वर्णविन्यास; हिज्जे; खिप्ती; वर्तनी।
308 अक्षरशः क्रि.वि. १. एक एक अक्षर गरेर; एक अक्षर पनि नछाडीकन।
309 अक्षरशः क्रि.वि. २. एकै अक्षर पनि नबिराई। (उदा.- हनुमान् रामको आज्ञा अक्षरशः पालन गर्थे।)
310 अक्षर सङ्घात ना. १. विचित्र अर्थ र परिमित अक्षर भएको उक्ति हुने नाटकको एउटा लक्षण।
311 अक्षर सङ्घात ना. २. कठोर ध्वनि उच्चारण गर्दा आइपर्ने अप्ठेरो।
312 अक्षरात्मक वि. अक्षरको सृजना गर्ने विशेषता भएको।
313 अक्षरात्मक लिपि ना. स्वरको सहायताले मात्र लेख्न सकिने अक्षर वा वर्ण भएको लिपि (देवनागरी, ब्राह्मी, बङ्गाली इ.)।
314 अक्षरारम्भ ना. १. बालकलाई पढाउन प्रारम्भ गराउने एक धार्मिक कर्म; वैदिक पद्धतिअनुसार गरिने सोह्र संस्कारमध्ये एक।
315 अक्षरारम्भ ना. २. अक्षर वा लिपिका अध्ययनको आरम्भ।
316 अक्षरेखा ना. पृथ्वी वा त्यसको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको कल्पित रेखा; अक्ष।
317 अक्षरेपि क्रि.वि. रकमसम्बन्धी लेनदेनका कागतमा अङ्कलाई पुष्टि दिनका लागि अक्षरमा अङ्क जनाउनुभन्दा पहिले प्रयोग गरिने शब्द; अक्षरमा पनि। (उदा.- मैले आजका मितिमा रु. १००/- अक्षरेपि एक सय सापट लिएको ठिक-साँचो हो।)।
318 अक्षशाला ना. जुवा खेलाउनका निम्ति व्यवस्था गरिएको घर।
319 अक्षांश ना. पृथ्वीको अक्ष र भूमध्यरेखाको समानान्तरमा कोरिन सक्ने कल्पित रेखामध्ये कुनै एक; भूमध्यरेखा र ध्रुवताराका माझको कोणिक दुरी।
320 अक्षार वि. क्षार पदार्थ वा नुनको अंश नभएको; क्षारभिन्न।
321 अक्षार लवण ना. खानीबाट निस्केको नुन; समुद्री नुनबाहेकको अन्य नुन (सिधेनुन, भोटेनुन)।
322 अक्षि ना. १. आँखा; नेत्र।
323 अक्षि ना. २. आँख्लो।
324 अक्षीण वि. क्षीण नभएको; नखिइएको; पुष्ट; मोटो।
325 अक्षुण्ण वि. १. नटुटेको; नखुँडिएको।
326 अक्षुण्ण वि. २. व्यवधानरहित; लगातार।
327 अक्षुण्णता ना. लगातार भइरहने वा गरिने भाव; कुनै रोकटोकविना चलिरहने भाव; नखुँडिने वा नखुँडिएको अवस्था; अखण्डता।
328 अक्षोभ ना. क्षोभ, रिस वा असन्तोषको अभाव।
329 अक्षोभ्य वि. १. डगाउन नसकिने; उत्तेजित पार्न नसकिने।
330 अक्षोभ्य वि. २. अविचलित। ना.
331 अक्षोभ्य वि. ३. पाँच महाबुद्धमध्ये दोस्रा।
332 अक्षौहिणी ना. १. प्राचीन भारतीय सेनाको सबैभन्दा ठुलो एकाइ।
333 अक्षौहिणी ना. २. घोडचढी, हस्त्यारोही, पैदल गरी जम्मा १,०९,३५० योद्धा हुने सैनिक समूह।
334 अक्सर क्रि.वि. धेरैजसो; प्रायः।
335 अक्सिजन ना. रङ्गरहित, निर्गन्ध र ग्याँसयुक्त वातावरणको लगभग पञ्चमांश मात्रा भएको, जीवजन्तु र वनस्पतिको सास फेर्ने काममा, प्राणीको शरीरमा ताप दिने काममा र आगो बल्ने काममा सघाउ पुऱ्याउने रसायनशास्त्रमा O² का रूपमा संज्ञित हुने तत्त्व; उद्जन; प्राणवायु; अमृतवायु।
336 अखच ना. जुनसुकै वस्तु वा अवस्थाबाट पर्न आउने अप्ठ्यारो स्थिति |
337 अखचिलो वि. गाह्रोसाँघुरो परिरहने; खाँचो पर्ने।
338 अखटो ना. १. रुख वा भिरालो पहाड चढ्दा उक्लन र ओर्लनका निम्ति खुट्टा टेक्न बनाइएको खोबिल्टो।
339 अखटो ना. २. डोरीका वा काठको लिस्नु।
340 अखट्ट ना. १. निकै ठुलो खाँचो वा अभाव। क्रि.वि.
341 अखट्ट ना. २. ज्यादै; निकै। (उदा.- मलाई दश रुपियाँको अखट्ट पऱ्यो।)।
342 अखडा ना. १. कसरत गर्ने वा कुस्ती आदि सिक्ने ठाउँ; अखाडा।
343 अखडा ना. २. जोगी, फकिर, गँजडी वा जुवाडी आदि भेला हुने ठाउँ।
344 अखडा ना. ३. कुनै व्यवसाय वा दलका व्यक्तिहरू थुप्रिएको ठाउँ। (उदा.- त्यो ठाउँ चोरको अखडा थियो।)।
345 अखडा ना. ४. मनोरञ्जन गर्ने ठाउँ।
346 अखण्ड वि. १. नटुक्रिएको; अटुट; सिङ्गो।
347 अखण्ड वि. २. बाधाविरोध वा रोकटोक नभएको।
348 अखण्डता ना. अटुटपना; सिङ्गो अवस्था वा रूप।
349 अखण्डनीय वि. १. टुक्य्राउन वा अलग्याउन नसकिने।
350 अखण्डनीय वि. २. काट्न नसकिने (तर्क, वाक्य, कथन इ.)।