Dictionary

All Word

151 अकर१ वि. १. सरकारी वा गैरसरकारी कर, पोत, शुल्क आदि नलाग्ने; कर मिनाहा भएको।
152 अकर१ वि. २. हात नभएको; हातरहित।
153 अकर१ वि. ३. सुँड नभएको।
154 अकर२ ना. १. असजिलो वा अप्ठ्‌यारो स्थिति; अक्कर।
155 अकर२ ना. २. खाँचो; साह्रोगाह्रो।
156 अकरकरा/अकरकला ना. पिरो र परपऱ्याउने स्वाद हुने, गर्मी बढाउने, दाँत दुखेको, वात, पिनास जस्ता रोगमा ओखतीका निम्ति प्रयोग गरिने वनस्पति विशेष।
157 अकरण ना. १. क्रियापदको करण अर्थको विपरीत निषेध अर्थ।
158 अकरण ना. २. क्रियापदको करण रूपको विपरीत निषेधात्मक रूप।
159 अकरण ना. ३. वाक्यको उद्देश्यसँग सम्बन्धित विधेयको अर्थको खण्डन वा निषेध (जस्तो- करण : राम घर जान्छ; अकरण: राम घर जाँदैन इ.)।
160 अकरणी ना. गणितमा वर्गमूल नहुने सङ्ख्या।
161 अकरणी अङ्क ना. गणितमा वर्गमूलको हिसाबमा शेष रहने अङ्क (जस्तै- ८, १०, १५, १७, २४, २६ इ.)।
162 अकरणीय वि. गर्न अनुचित; गर्न नहुने; अकर्तव्य।
163 अकरुण वि. करुणा वा दयाको भावना नभएको; निष्ठुरी; निर्दयी।
164 अकर्ण ना. हे. अकर्न।
165 अकर्तव्य वि. १. नैतिक सीमा वा मर्यादाले गर्न नसुहाउने; गर्न नहुने; अनुचित। ना.
166 अकर्तव्य वि. २. नराम्रो कार्य; कुकर्तव्य।
167 अकर्न ना. १. मुलुकीखाना आदिमा कुनै कुरा निश्चित समयमा बुझाउँला भनी सर्तसहित अड्डाले गराएको कबुलियतको कागत।
168 अकर्न ना. २. कार्यालयमा साबिकवाला कर्मचारीले हालवाला वा बहालवाला कर्मचारीलाई आफ्नो जिम्माको सरसामान, कागजात आदि बुझाउँदा बुझ्नेले लेखिदिने कागज; एक किसिमको भरपाई।
169 अकर्म ना. १. कर्मको अभाव।
170 अकर्म ना. २. गर्न अयोग्य काम।
171 अकर्म ना. ३. खराब काम; कुकर्म।
172 अकर्म ना. ४. क्षुद्र कर्म; नीच कर्म; दुष्कर्म।
173 अकर्मक वि. व्याकरणका अनुसार अकर्मक धातु वा क्रियाको सङ्केत गर्ने।
174 अकर्मक क्रिया ना. अर्थ पूरा हुनाका निम्ति कर्मको आवश्यकता नपर्ने क्रिया; कर्ताको कार्यव्यापारको फल कर्तामा नै टुङ्गिने क्रिया।
175 अकर्मण्य वि. १. केही पनि काम नगर्ने; निकम्मा; अल्छी; निष्क्रिय।
176 अकर्मण्य वि. २. कुनै पनि उल्लेखनीय वा सार्थक काम गर्न नसक्ने; बेकार; व्यर्थ।
177 अकर्मण्यता ना. अकर्मण्य हुने चाल, अवस्था वा स्थिति; निष्क्रियता।
178 अकल ना. कुनै पनि काम छिटोछरितो रूपमा गर्ने वा तात्कालिक समस्या टार्न सक्ने सुझबुझ; कुशलतापूर्ण समझ; जुक्ति; अक्कल; अक्किल।
179 अकलगुम वि. १. होस हराएको; सुझबुझ नभएको। ना.
180 अकलगुम वि. २. होस हराएको वा सुझबुझ नभएको अवस्था। (उदा. अचेल उनको अकलगुम भएको छ।)
181 अकलदार वि. १. अकल भएको; बुद्धि पुऱ्याएर काम गर्ने।
182 अकलदार वि. २. सिपालु।
183 अकलमन्द वि. अकल भएको; अकलदार।
184 अकलुषित वि. १. निर्मल; स्वच्छ।
185 अकलुषित वि. २. कुनै प्रकारको दुर्भावना नभएको; सफा हृदयको।
186 अकल्पित वि. १. कल्पना नै गर्न नसकिने; कल्पनातीत; चिताउँदै नचिताइएको; सोच्तै नसोचिएको।
187 अकल्पित वि. २. अकाल्पनिक।
188 अकल्याण ना. अर्काको कुभलो चिताउने वा गर्ने काम; कष्ट वा दुःख दिने काम; कुभलो।
189 अकस्मात् क्रि.वि. के कसरी भएको हो थाहा नपाई; अचानक; एकाएक; अपर्झट।
190 अकाट्य वि. १. खण्डन गर्न नसकिने।
191 अकाट्य वि. २. असत्य नठहरिने।
192 अकाट्य वि. ३. काट्न नसकिने।
193 अकाम ना. १. गर्न नहुने काम; कुकर्म; खराब काम। वि.
194 अकाम ना. २. राग, द्वेष आदि कुनै पनि पक्षको चाहना नभएको; वीतरागी; वैरागी; निष्काम।
195 अकाय वि. १. शरीर नभएको; निराकार। ना.
196 अकाय वि. २. अनङ्ग; कामदेव।
197 अकार ना. १. 'अ' स्वरवर्ण।
198 अकार ना. २. 'अ' स्वरवर्णको उच्चारण।
199 अकारण क्रि.वि. १. कुनै पनि कारणविना; बिनसित्ति। वि.
200 अकारण क्रि.वि. २. कारण नभएको; निराधार। ना.