Dictionary

All Word

201 अकारण क्रि.वि. ३. कारणको अभाव।
202 अकारादि वि. सुरुमा 'अ' भएको; 'अ' बाट प्रारम्भ भएको।
203 अकारादिक्रम ना. वर्णमालामा 'अ' देखि 'ह' सम्मका वर्णहरूको क्रमशः आउने क्रम।
204 अकारान्त वि. अन्त्यमा 'अ' स्वरवर्ण हुने (शब्द; जस्तै- कृष्ण, वसन्त इ.)।
205 अकार्थ ना. १. कारणको अभाव; प्रयोजनको अभाव। क्रि.वि.
206 अकार्थ ना. २. विनाकारण; व्यर्थैमा।
207 अकाल ना. १. अनिकाल।
208 अकाल ना. २. खराब समय। वि.
209 अकाल ना. ३. समय नपुगेको; दुर्घटना आदिमा परेको; असामयिक।
210 अकालमरण/मृत्यु ना. समय नपुगी वा दुर्घटनामा परी भएको मरण; आकस्मिक मृत्यु। (उदा.- उसको अकाल मरण वा मृत्यु भयो।)
211 अकास ना. १. ब्रह्माण्डको पृथ्वी, तेज, जल र वायुरहित अवस्था; अन्तरिक्ष; आकाश; नभ; सगर; गगन।
212 अकास ना. २. स्वर्ग; देवलोक।
213 अकासको चरा खसाल्नु टु. असम्भवजस्तो काम पनि पूरा गर्नु।
214 अकासको फल ना. दुर्लभ वस्तु; असम्भव कुरो। अकासको फल, आँखा तरी मर् (उखान)।
215 अकासपत्ताल ना. १. आकाश र पाताल।
216 अकासपत्ताल ना. २. फुर्तीफार्ती मिसिएको कथन।
217 अकासबत्ती ना. कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक पूर्णिमासम्म तुलसीको लिङ्गामा बालिने दीप; आकाशबत्ती ।
218 अकासबेली ना. आकाशबेली; सुनलहरो।
219 अकासिनु अ.क्रि. १. अकासमा माथि माथि उड्दै जानु।
220 अकासिनु अ.क्रि. २. सतह वा जीवनको यथार्थबाट बहकिनु।
221 अकासिनु अ.क्रि. ३. सम्पत्तिको मात्रा, वस्तुको मोल आदि वृद्धि हुनु।
222 अकासे वि. १. अकाससम्बन्धी।
223 अकासे वि. २. हिँड्दा आँखा माथि पार्ने।
224 अकासे वि. ३. आकाशबाट परेको पानी वा झरीमा आश्रित (खेती)।
225 अकासे वि. ४. निलो रङको।
226 अकासे खेती ना. अकासबाट परेको पानीको भरमा हुने खेती ।
227 अकासे वृत्ति ना. निश्चिततासाथ आय वा जीविका नहुने स्थिति; अनिश्चित पेसा ।
228 अकास्याइ ना. अकासिने भाव, क्रिया वा प्रक्रिया।
229 अकास्याइनु अ.क्रि. अकासिने पारिनु।
230 अकास्याउनु प्रे.क्रि. अकासिने पार्नु; अकासिन लाउनु; अकासमा उडाउनु।
231 अकिञ्चन वि. १. धनविहीन; दरिद्र।
232 अकिञ्चन वि. २. स्वास्थ्य, साधन, शक्ति आदिले हीन; असहाय; बबुरो।
233 अकुण्ठा ना. मानसिक अवरोध वा कुण्ठित हुने अवस्थाको अभाव; बाधाव्यवधान नहुने स्थिति वा सो स्थितिको बोध।
234 अकुण्ठित वि. १. कुण्ठारहित।
235 अकुण्ठित वि. २. बाधारहित; निरवरोध; निर्बाध।
236 अकुत वि. विपुल; अपरिमित; यति नै छ भन्ने अनुमान गर्न नसकिने; भरपुर।
237 अकुल ना. बेठेगानको कुल; नीच कुल; अप्रतिष्ठित कुल।
238 अकुलाइ ना. अकुलाउने क्रिया, प्रक्रिया वा स्थिति।
239 अकुलाइनु क.क्रि. आकुल पारिनु।
240 अकुलाउनु अ.क्रि. आकुल हुनु; आत्तिनु; हडबडाउनु।
241 अकुलाहट ना. आकुल हुने र पार्ने स्थिति, भाव, क्रिया वा प्रक्रिया।
242 अकूत वि. हे. अकुत।
243 अकृतज्ञ वि. अर्काले लगाएको गुन वा उपकारप्रति आभारी नहुने; बैगुनी; कृतघ्न।
244 अकेला वि. साथमा कोही नभएको; एक्लो; फट्टा।
245 अक्कड१ ना. कुनै कुरामा एकोहोरो किसिमले लिइने जिद्दी; ढिपी; हठ; अकड।
246 अक्कड२ प्रत्य. विशेषण बनाउनका लागि आउने एक कृत् प्रत्यय (घुमक्कड, बोलक्कड इ.)।
247 अक्क न बक्क क्रि.वि. अक्कलगुम; इन्तु न चिन्तु; अकमक्क; जिल्लाराम।
248 अक्कर ना. १. यताउति जान नसकिने अप्ठ्यारो ठाउँ; पहरो आदि भएको विकट ठाउँ; अकर।
249 अक्कर ना. २. के गर्ने, कसो गर्ने भन्ने अप्ठ्यारो स्थिति; कठिनाइ।
250 अक्करिलो वि. जान पुग्न नसकिने; अक्कर परेको; भिर अप्ठ्यारो।