Dictionary

All Word

251 अक्कल ना. कुनै अप्ठ्यारो स्थिति वा समस्या सुल्झाउने दक्षता; जटिलभन्दा जटिल काम पनि फत्ते पार्ने खुबी; बुद्धि; चतुऱ्याइँ; समझ।
252 अक्कलदार वि. अक्कली।
253 अक्कलमन्द वि. अक्कली।
254 अक्कली वि. अक्कल भएको; सिपालु; बुद्धिमान्; अकली।
255 अक्टोपस ना. लहराजस्ता आठवटा खुट्टा हुने, साढे अठार फुटसम्म लामो, गुलाफी रङको हिंस्रक जलचर।
256 अक्टोबर ना. असोजको आधाआधीदेखि कात्तिकको आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने महिना; उक्त पात्रोअनुसार दसौँ महिना।
257 अक्तियार/अक्तियार ना. हे.अख्तियार l
258 अक्रनु अ.क्रि. १. कुनै कुरो कक्रक्क पर्नु; कठ्याङ्ग्रिनु।
259 अक्रनु अ.क्रि. २. घमन्ड गर्नु; अभिमान गर्नु।
260 अक्रम वि. क्रम नमिलेको; सिलसिला नभएको।
261 अक्रमता ना. ठाउँमा नपरेर पदको क्रम नमिल्ने हुँदा हुने एक प्रकारको काव्यदोष; क्रमविहीनता।
262 अक्रमातिशयोक्ति ना. अलङ्कारशास्त्रअनुसार कार्य र कारणको एकैसाथ अथवा पहिले कार्य पछि कारणको उल्लेख हुँदा पर्ने एक अलङ्कार; अतिशयोक्ति अलङ्कारको एक भेद।
263 अक्राइ ना. अक्रने भाव, क्रिया वा प्रक्रिया; कक्रक्क पराइ।
264 अक्राइनु क.क्रि. अक्रने पार्नु; कक्य्राइनु।
265 अक्राउनु प्रे.क्रि. अक्रने पार्नु; कक्य्राउनु।
266 अक्राहट ना. अक्राइ |
267 अक्रिनु अ.क्रि. अक्रनु; कक्रिनु।
268 अक्रूर वि. १. क्रूर वा निष्ठुर स्वभाव नभएको; दया भएको; दयालु। ना.
269 अक्रूर वि. २. कृष्णका काका तथा सल्लाहकारको नाम।
270 अक्ष ना. १. पासा।
271 अक्ष ना. २. पाङ्ग्राको प्वालमा हाल्ने डाँडी; धुरा।
272 अक्ष ना. ३. पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको कल्पित विभाजक रेखा।
273 अक्षक्रीडा ना. पासाको खेल।
274 अक्षत वि. १. कतै घाउचोट नलागेको।
275 अक्षत वि. २. नबिग्रिएको; क्षय नभएको।
276 अक्षत वि. ३. अक्षता; अछेता।
277 अक्षतयोनि वि. योनि क्षत नभएकी ; पुरुषसित समागम नभएकी; कुमारी।
278 अक्षता ना. १. चामलका सग्ला गेडा; देवपितृकार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा; जोखना आदिमा प्रयोग गरिने चामलका गेडा; अछेता। वि.
279 अक्षता ना. २. सम्भोगक्रियाद्वारा योनि क्षत नभएकी; कुमारी।
280 अक्षम वि. क्षमता नभएको; अयोग्य; असमर्थ।
281 अक्षमता ना. अक्षम हुनाको भाव वा अवस्था; असमर्थता; अशक्तता।
282 अक्षमा ना. १. असहनशीलता; क्षमाको अभाव।
283 अक्षमा ना. २. निष्ठुरीपना; निष्ठुरता।
284 अक्षमाला ना. १. गायत्री वा कुनै मन्त्र जप्ता जपसङ्ख्याको गन्ती गर्न बनाइएको माला; जपमाला।
285 अक्षमाला ना. २. रुद्राक्षको दानाको माला।
286 अक्षमाला ना. ३. वसिष्ठ ॠषिकी पत्नी।
287 अक्षम्य वि. १. माफी दिन नसकिने वा नहुने।
288 अक्षम्य वि. २. सहन नसकिने।
289 अक्षम्य अपराध ना. क्षमा दिन नहुने वा नसकिने अपराध।
290 अक्षय वि. १. नाश नहुने; अविनाशी।
291 अक्षय वि. २. कहिल्यै नघट्ने।
292 अक्षयकुमार ना. रावणको कान्छो छोरो।
293 अक्षयकोष ना. १. जति खर्च गरे पनि नसकिने खजाना।
294 अक्षयकोष ना. २. खर्च नगर्ने भनी अलग्ग राखिएको कोष।
295 अक्षय तृतीया ना. वैशाख महिनाको शुक्लपक्षको तेस्रो तिथि वा सो तिथिका दिनको पर्वविशेष।
296 अक्षय नवमी ना. सत्ययुग आरम्भ भएको दिनका रूपमा विश्वास गरिएको एक नवमी तिथि; कार्तिक शुक्ल नवमी; कुष्माण्ड नवमी।
297 अक्षयवट ना. प्रयागमा गङ्गा र यमुना मिसिएको ठाउँमा पर्ने वरको एक प्राचीन र प्रसिद्ध रुख।
298 अक्षय्य वि. नाश गर्न नसकिने; अक्षय।
299 अक्षय्योदक ना. हिन्दूहरूद्वारा श्राद्धमा पिण्डदानपछि पितृहरूको अक्षय्य तृप्तिका निम्ति चढाइने जल।
300 अक्षर ना. १. रूपभन्दा सानो र ध्वनिभन्दा ठुलो ध्वन्यात्मक एकाइ। (उदा.- इ, सार् इ.)