Dictionary

All Word

401 अगतिलो वि. नराम्रो; बेकामे।
402 अगत्या क्रि.वि. १. अन्य गति नरहनाले; अन्तमा; एक्कासि।
403 अगत्या क्रि.वि. २. नराम्रो संयोगले गर्दा; दुर्भाग्यवश।
404 अगम वि. १. जान, जान्न वा थाहा पाउन नसकिने; अथाह।
405 अगम वि. २. पार लगाउन नसकिने; अपार।
406 अगम्य वि. अगम।
407 अगम्या वि. भोग गर्न नहुने (नारी)।
408 अगर ना. १. हिमालमा हुने, बास्ना आउने एक जातको धुपी; अगरु।
409 अगर ना. २. उक्त धुपीको काठ।
410 अगर ना. ३. धुपीको पात वा काठ मिसाई बनाएको धूप।
411 अगरबत्ती ना. सिन्कामा अगरको लेप लगाइएको धूप; सिन्के धूप |
412 अगरु ना. हे. अगर।
413 अगलबगल क्रि.वि. दायाँबायाँ; वरपर; छेउछाउ।
414 अगस्त ना. ग्रेगोरी पात्रोअनुसार वर्षको आठौँ महिना; त्यसअनुसार साउनको पछिल्लो आधा भाग र भदौको अगिल्लो आधा भागमा पर्ने एकतिसदिने महिना |
415 अगस्ति ना. १. मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको वीर्य कुम्भमा पर्दा जन्मेका भनिने एक ॠषि; कुम्भयोनि; पुराणमा वर्णित कथाअनुसार समुद्रको सम्पूर्ण जल पान गर्ने एक ॠषि; गोत्रप्रवर्तक अनेक ॠषिमध्ये एक।
416 अगस्ति ना. २. एक तारा; अगस्ति तारो। वि.
417 अगस्ति ना. ३. घिचुवा; खन्चुवा।
418 अगस्ति गोत्र ना. ढुङ्गेल आदि थरका नेपालीहरूको गोत्र।
419 अगस्ति तारो ना. दक्षिण दिशाका ताराहरूमध्येको एउटा तारो।
420 अगस्त्य ना. १. अगस्ति ॠषि।
421 अगस्त्य ना. २. अगस्ति।
422 अगहन ना. मङ्सिर महिना |
423 अगहनी ना. मङ्सिरमा फल्ने वा हुने (मार्सी आदि धान वा अरू अन्न) बाली।
424 अगाइनु अ.क्रि. हे. अघाइनु।
425 अगाउनु अ.क्रि. हे. अघाउनु।
426 अगाडि क्रि.वि. १. सामुन्नेमा; हाकाहाकी; अगिल्तिर।
427 अगाडि क्रि.वि. २. पहिले नै; अघिबाटै; उहिले।
428 अगाडी ना. काठी नखसोस् भनी घोडाको घाँटीमा लगाइने पेटी।
429 अगाध वि. १. गहिरो; तर्न नसकिने।
430 अगाध वि. २. जानेर जान्न नसकिने; अथाह। क्रि.वि.
431 अगाध वि. ३. अत्यन्त; असाद्धे; अघोरै।
432 अगावै क्रि.वि. पहिले नै; अगिबाटै; अगाडि नै।
433 अगि ना. यो. १. सामुन्ने; मुखेन्जी; अगिल्तिर; अघि। क्रि.वि.
434 अगि ना. यो. २. उहिले; पहिले।
435 अगि अगि क्रि.वि. १. प्राचीन कालमा।
436 अगि अगि क्रि.वि. २. अगाडि अगाडि; अघि अघि।
437 अगिन्नर पछिन्नर ना. कुनै काठ वा बाँसमा भार पारी अघिल्तिर र पछिल्तिर झुन्डिने किसिमले काँधमा बोकिने भारी; भारद्वारा बोकिने भारी।
438 अगिल्तिर क्रि.वि. सामुन्नेपट्टि; अगाडिपट्टि; सम्मुख; अघिल्तिर।
439 अगिल्लो वि. १. पहिलोचाहिँ; अगिको; अघिल्लो।
440 अगिल्लो वि. २. अगाडिको; सामुन्नेको।
441 अगिसरा वि. १. कुनै काममा अगाडि सर्ने स्वभावको; फुर्तिलो; अघिसरा।
442 अगिसरा वि. २. कर्तव्यपरायण।
443 अगुल्टो ना. बलेको वा सल्केको दाउरो। अगुल्टो पनि नठोसी बल्दैन (उखान )।
444 अगुवा१ ना. १. खेतीबारीको काम गर्न जग्गाधनीका तर्फबाट स्थायी वा अस्थायी रूपमा तैनाथ गरिएको कम्तियामुन्तिरको कर्मचारी; कम्तियाको सहायक |
445 अगुवा२ वि. १. अगि हिँड्ने।
446 अगुवा२ वि. २. कुनै काममा अगि सर्ने; बाटो देखाउने; मार्गदर्शक; भेगियारे। ना.
447 अगुवा२ वि. ३. नेता।
448 अगुवाइ ना. नेताले गर्ने काम; नेतृत्व।
449 अगुवाइगिरी ना. अगुवाइ; नेतृत्व।
450 अगेनु/अगेनो ना. मझेरीमा ओछ्‌यानका छेउमा आगो बाल्न बनाइएको स्थायी अग्निकुण्ड।