Dictionary

All Word

551 अघाउन्जेल/अघाउन्जेली क्रि.वि. अघाउँजी।
552 अघार ना. गाई-भैँसी दुहुँदा पघ्रिनुभन्दा अगाडि थुनमा रहेका गोटा दुहिएको दुध; अगार।
553 अघासुर ना. १. श्रीमद्भागवत महापुराणमा वर्णित, कृष्णलाई मार्ने अभियानमा कंसले पठाएको र कृष्णले मारेको अजिङ्गररूपी राक्षस। वि.
554 अघासुर ना. २. खन्चुवा; घिचास; अगस्ति।
555 अघि ना. यो. / क्रि.वि. हे. अगि।
556 अघि अघि क्रि.वि. हे. अगि अगि।
557 अघिल्तिर क्रि.वि. १. कुनै निश्चित वस्तु, समयरेखा, व्यक्ति आदिका सामुन्ने; अगाडिपट्टि |
558 अघिल्तिर क्रि.वि. २. मुखेन्जी; हाकाहाकी।
559 अघिल्लो वि. हे. अगिल्लो |
560 अघिसरा वि. हे. अगिसरा।
561 अघोर वि. १. ज्यादै डरलाग्दो। क्रि.वि.
562 अघोर वि. २. ज्यादै; धेरै; ज्यास्ती; बिछट्ट; अग्घोर; अग्घोरै। ना.
563 अघोर वि. ३. गोरखपन्थको औघड सम्प्रदाय।
564 अघोर वि. ४. कापालिक सम्प्रदाय।
565 अघोरपन्थ ना. अघोर मतावलम्बीहरूको सम्प्रदाय; अघोर सम्प्रदाय।
566 अघोरपन्थी वि. १. अघोरपन्थको अनुयायी। ना.
567 अघोरपन्थी वि. २. अघोरपन्थको जोगी।
568 अघोरी ना. १. अघोरपन्थी | वि.
569 अघोरी ना. २. नराम्रो वा जे पायो उही खाने; असत्ती।
570 अघोरै क्रि.वि. ज्यादै; अत्यन्तै; अघोर।
571 अघोऱ्याइँ ना. १. अघोरीपना; असुन्दरता।
572 अघोऱ्याइँ ना. २. निर्लज्जता; घृणाको अभाव।
573 अघोलन ना. पानीमा नपग्लने वा घोलन नहुने काम।
574 अघोलनशील वि. पानीमा हाल्दा नपग्लने वा पानीमा नमिल्ने।
575 अघोष वि. १. स्वरचिम्टी यथास्थानमा रही दबाब र प्रकम्पनविना उच्चरित हुने (ध्वनि; जस्तै- क, च, ट, त, प, ख, छ, ठ, थ, फ, स)।
576 अघोष वि. २. राम्ररी नसुनिने वा अस्पष्ट (आवाज, स्वर इ.)।
577 अघोषित वि. १. घोषणा नगरिएको; औपचारिक रूपमा नबताइएको; नियमपूर्वक दिनुपर्ने सूचना नदिइएको।
578 अघोषित वि. २. अस्पष्ट (आवाज आदि)।
579 अघोषीभवन ना. भाषाविज्ञानअनुसार घोष ध्वनि (ग, ज, ड, द, ब इ.) अघोष (क, च, ट, त प इ.) मा परिवर्तित हुने प्रक्रिया |
580 अङ्क ना. १. सङ्ख्या, गन्ती वा सङ्ख्याका आधारभूत समष्टि बुझाउन प्रयोग गरिने प्रारम्भिक चिह्न, शब्द वा त्यस्ता चिह्न र शब्दहरूको समूह; हिन्दू, अरबी र देवनागरी पद्धतिअनुसार शून्यदेखि नौसम्मका सङ्ख्यासूचक चिह्न वा चिह्नसमूह; कुनै पनि कुरालाई खास क्रममा प्रयोग गरिने खास सङ्ख्या; ( डिजिट)।
581 अङ्क ना. २. नाटकको प्रकरणलाई छुट्ट्याउने, दृश्य रहन वा नरहन सक्ने भाग वा अध्याय।
582 अङ्क ना. ३. रूपकका दश भेदमध्ये करुणरसप्रधान, स्त्रीपात्र ज्यादा तथा साधारण चरित्रको नायक तथा एउटै अङ्क हुने एक भेद; त्यस्तो एकाङ्की काव्य।
583 अङ्क ना. ४. दैनिक, साप्ताहिक, पाक्षिक आदि पत्रपत्रिकाको सङ्ख्या जनाउने अङ्क; नम्बर।
584 अङ्क ना. ५. काख।
585 अङ्कगणित ना. १. अङ्कहरूको विज्ञान, अङ्कसम्बन्धी, गणितविद्या।
586 अङ्कगणित ना. २. अङ्कविज्ञानको पुस्तक।
587 अङ्कधारण ना. १. कुनै चिह्नाङ्कित धातुको साधनलाई तताएर शरीरका अङ्गमा डामी चिह्न लगाउने काम; डाम्ने काम।
588 अङ्कधारण ना. २. कुनै सम्प्रदायको चिह्न शरीरमा धारण गर्ने काम।
589 अङ्कधारण ना. ३. चोरी, दामल आदिका अपराधमा दण्डित भएको देखाउन पाखुरा वा गाला आदिमा डाम्ने काम।
590 अङ्कधारण ना. ४. वृषोत्सर्ग यज्ञमा शिवप्रीतिका निम्ति साँढेका दुवै पातामा चक्र र त्रिशूलले डामी चिह्न लगाउने काम।
591 अङ्कधारिणी ना. १. अङ्कधारण गरिएकी स्त्री; डामिएकी स्त्री।
592 अङ्कधारिणी ना. २. काखमा लिने स्त्री। वि.
593 अङ्कधारिणी ना. ३. अङ्कधारण गर्ने; डामिएको।
594 अङ्कधारिणी ना. ४. काखमा लिने।
595 अङ्कधारिणी ना. ५. गणना गरिएको; गनिएको।
596 अङ्कन ना. १. कुनै वस्तुमा चिह्न लगाउने काम।
597 अङ्कन ना. २. छाप वा निस्सा आदि लगाउने काम।
598 अङ्कन ना. ३. कोर्ने काम; लेख्ने काम (चित्राङ्कन, चरित्राङ्कन, छायाङ्कन, नामाङ्कन इ.)।
599 अङ्कपत्र ना. छाप लागी मूल्य तोकिएका कागत, लिफा, टिकट आदि वस्तु।
600 अङ्कमाल ना. स्नेह वा आत्मीयता जनाउन कसैलाई दुवै हातले बेरेर आफ्नो छातीमा टाँस्ने काम; अँगालो हाल्ने काम; आलिङ्गन; अँगालो।