Dictionary

All Word

601 अङ्कमुख ना. एक अङ्कभित्र पसेको बीजसमेत लिएर सबै अङ्कको सूचना गर्ने गर्भाङ्कजस्तो अंश।
602 अङ्कावतार ना. अघिल्लो अङ्कका पात्रले सूचना गरेको, अघिल्लो परिशिष्टजस्तो गरी जोडिएको अंश।
603 अङ्कित वि. १. कुनै कुरो जनाउनका निम्ति चिह्न लगाइएको; चिह्नित; छाप लगाइएको।
604 अङ्कित वि. २. लेखिएको; उल्लेख हुने (जस्तो- राजपत्राङ्कित )।
605 अङ्कित वि. ३. चित्रित।
606 अङ्कित वि. ४. गनिएको।
607 अङ्कित वि. ५. तोकिएको; निर्धारित (जस्तो- अङ्कित मूल्य)। विप. अनङ्कित।
608 अङ्कुर ना. १. वनस्पतिको बीजबाट निक्लिएको टुसो; बीजले बिरुवाको रूप लिने क्रममा लिने प्राथमिक रूप; कुनै रुख वा बिरुवाबाट निक्लिएको नयाँ टुसो।
609 अङ्कुर ना. २. त्यसरी नै प्रस्फुटित कुनै नयाँ कुरो; नयाँ विचारको आरम्भ।
610 अङ्कुर ना. ३. आँकुरो; टुसो; मुना; पिपिरो; गाभो।
611 अङ्कुरण ना. आँकुरा निक्लने काम; बीजमा आँकुरा आउने वा नयाँ आँकुरा लाग्ने काम; फूल वा अन्य वनस्पतिका बीजबाट बिरुवा टुसाउने कार्य वा अवस्था। (जस्तै- अङ्कुरण क्षमता, अङ्कुरण शक्ति आदि)।
612 अङ्कुराउनु अ.क्रि. १. टुसाउनु; वा पलाउनु; आँकुरा आउनु।
613 अङ्कुराउनु अ.क्रि. २. कुनै कुरा आँकुरा आए जस्तै प्रकट हुनु।
614 अङ्कुरित वि. १. टुसाएको; पलाएको; आँकुरो आएको।
615 अङ्कुरित वि. २. कुनै कुरा आँकुरा आए जस्तै प्रकट भएको।
616 अङ्कुल ना. काभ्राका जस्ता पात हुने, ससाना पहेँला रङका फूल फुल्ने र रातो रङमा सेता धर्सा भएका फल फल्ने काँडादार एक वृक्ष।
617 अङ्कुश ना. १. काँटा।
618 अङ्कुश ना. २. वाहनलाई हाँक्ने छडी।
619 अङ्कुश ना. ३. काँटा वा छडीले जस्तै कसैलाई रोक्ने, हाँक्ने वा नियन्त्रित गर्ने साधन।
620 अङ्कुश ना. ४. बन्धन; अङ्कुसे।
621 अङ्कुसे ना. १. कुनै वस्तुलाई तान्न प्रयोग गरिने टुप्पो घुँगुरिएको वा कापे परेको एक किसिमको काँटा वा फलामको साधन।
622 अङ्कुसे ना. २. हात्ती हाँक्ने सिलसिलामा हात्तीलाई तह लगाउन माहुतेद्वारा प्रयोग गरिने, टुप्पो नुहेको र अरू भाग सोझो हुने दुईमुखे काँटा।
623 अङ्कुसे ना. ३. कुनै कामकुरा व्यवहारमा परेको वा पारिएको यस्तै कापे वा अड्को (उदा.- मैले अङ्कुसे मिलाइसकेकाले त्यो मान्छे उम्किन सक्ने सम्भावना छैन। )।
624 अङ्कुसे जुको ना. मानिसको आन्द्रामा पाइने, मुख अङ्कुसेजस्तो घुम्रिएको, गोलो, रातो रातो र खैरो खैरो रङको, रगत कम गराउने जुको ।
625 अङ्खट ना. १. अभिभाराको वहन; कबोल; प्रतिज्ञा (उदा.- नसक्ने कामको अङ्खट बोक्नु हुँदैन।)
626 अङ्खट ना. २. असजिलो अवस्था; खुँगे।
627 अङ्ग ना. १. कुनै सिङ्गो वस्तु प्रणाली वा संरचनाका अवयव वा हिस्सा।
628 अङ्ग ना. २. शरीरका भिन्न भिन्न भाग; शरीर; जिउ; आङ।
629 अङ्ग ना. ३. भाग; टुक्रा; अंश; खण्ड; घटक; हिस्सा।
630 अङ्ग ना. ४. कुनै मूल वस्तुको पूरक, सहायक, सहयोगी, अप्रधान वा गौण अंश।
631 अङ्ग ना. ५. आजको बिहारको भागलपुर क्षेत्रको आसपाससम्म रहेको ठानिने प्राचीन भारतीय जनपद।
632 अङ्ग ना. ६. अङ्गुलको ६ गुना बराबरको नाप; ६ अमल बराबरको नाप।
633 अङ्ग उपाङ्ग ना. कुनै वस्तु, प्रणाली वा संरचनाका प्रमुख अवयव वा खण्डका साथै ती अवयव वा खण्डको उपअवयव।
634 अङ्गक्षय ना. जीवको जो हुने शारीरिक विकास भइसकेपछि शारीरिक विकासको अवरोध वा क्रमिक ह्रासको स्थिति।
635 अङ्गज वि. १. शरीर वा अङ्गबाट उत्पन्न भएको। ना.
636 अङ्गज वि. २. रौं, नङ आदि।
637 अङ्गज वि. ३. छोराछोरी; सन्तान।
638 अङ्गज वि. ४. कामदेव।
639 अङ्गपतन ना. १. शरीरका अङ्गहरू आफ्नो स्थान छोडी झर्ने वा उछिट्टिने क्रिया।
640 अङ्गपतन ना. २. पौराणिक पात्रहरूले मृत व्यक्तिको लास वहन गरी देशदेशान्तर डुल्दा सो लास सडी गली शरीरका अङ्गहरू झर्ने वा खस्ने प्रक्रिया। (उदा.- महादेवले काँधमा सतीदेवीको लास बोकी देशदेशान्तर डुल्दा जहाँ जहाँ सतीदेवीको अङ्गपतन भयो, त्यहाँ त्यहाँ एक एकवटा पीठ कायम भयो। )।
641 अङ्गपीडन ना. कुनै नसाका कारणबाट शरीरको कुनै क्षेत्र वा भागमा हुने दुखाइ ।
642 अङ्ग विच्छेदन ना. शल्यचिकित्साका क्रममा शरीरबाट यसको कुनै दूषित भाग वा अङ्ग काटेर छुट्ट्याउने क्रिया।
643 अङ्ग संयोजन ना. शल्यचिकित्साका क्रममा शरीरको कुनै अङ्गलाई शरीरको अर्को वा अर्को भागको अङ्गसँग जोड्ने प्रक्रिया ।
644 अङ्गतगुना वि. अङ्गहरूबाटै उत्पन्न भएको; शारीरिक वा अङ्गप्रत्यङ्गका कारणबाट उब्जिएको।
645 अङ्गद ना. १. पाखुरामा बाँधिने रत्न, मोती आदि अमूल्य द्रव्य जडेको सुनको गहना; केयूर; बाजु।
646 अङ्गद ना. २. रामायणमा वर्णित रामरावण युद्धमा रामको पक्ष लिने एक प्रसिद्ध वानरसरदार; सुग्रीवको दाजु बालीको छोरो।
647 अङ्गना ना. शुभलक्षणले युक्त भएकी स्त्री; सुन्दर अङ्ग भएकी नारी; सुलक्षणा नारी।
648 अङ्गप्रत्यङ्ग ना. हरेक अङ्ग; शरीर वा अन्य वस्तुको प्रत्येक भाग; शरीरका सानाठुला सबै अङ्ग।
649 अङ्गभङ्ग ना. १. शरीरको कुनै अवयवको टुटफुट वा भँचाइ।
650 अङ्गभङ्ग ना. २. स्त्रीजातिका हाउभाउ वा कटाक्ष आदि चेष्टा।