Dictionary

All Word

751 अचैतन्य वि. ३. चेतनाको अभाव; जड वस्तु।
752 अच्छा वि. १. असल; भलो; बेस।
753 अच्छा वि. २. राम्रो। निपा.
754 अच्छा वि. ३. स्वीकृति जनाउन भनिने शब्द; ठिक; अँ; हो आदि।
755 अच्छिउँ ना. हे. अरिँगाल जस्तै केही लाम्चो र खिल गाडेर चिल्ने पखेटावाल बिखालु किरो; अच्छिउँ।
756 अचकाली क्रि.वि. / ना. हे. अचाकली।
757 अचिन्त्य वि. हे. अचिन्तनीय।
758 अच्छिन्न वि. १. नकाटिएको वा छिँड नभएको।
759 अच्छिन्न वि. २. अखण्डित; निरन्तर (अच्छिन्न परम्परा)।
760 अच्छेद्य वि. १. काट्न नहुने वा नसकिने; टुक्य्राउन वा छेड्न नहुने वा नसकिने।
761 अच्छेद्य वि. २. नफाट्ने।
762 अच्छेर ना. हे. अक्षर।
763 अच्छेरी वि. पढ्न जान्ने; साक्षर।
764 अच्छ्युँ हे. अच्छिउँ।
765 अच्युत वि. १. कुनै कुरामा नचुकेको; आफ्नो स्थान वा स्थितिबाट नखसेको वा नडगेको। ना.
766 अच्युत वि. २. विष्णु भगवान् वा उनका अवतारको नाम; विष्णु; कृष्ण।
767 अछापे वि. छाप नलगाइएको; छाप नभएको; विनाछापको। (छाप नहुँदा अड्डाखाना वा कार्यालयका चिठीपत्रमा अछापे जनाई बाहिर पठाउने गरिन्छ। )।
768 अछाम ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने सेती अञ्चलको एक पहाडी जिल्ला।
769 अछामे वि. अछाम जिल्लामा बस्ने वा त्यससित सम्बन्धित।
770 अछुत ना. १. हिन्दू वर्णव्यवस्थाअनुसार नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने भनी मानिएको समुदाय। वि.
771 अछुत ना. २. छुन नहुने वा नछोइएको; अस्पृश्य।
772 अछुती ना. १. पहिले पहिले छुन नहुने मानिएको जात, अछुत। वि.
773 अछुती ना. २. छुन नहुने; तथाकथित तल्ला जातको।
774 अछुतोद्धार ना. अछुत जातिको उद्धार; अछुतीहरूको उद्धार; अछुत जातिसँग छुवाछुतको भेद नगर्ने काम, प्रक्रिया वा स्थिति।
775 अछेता/अछेतो ना. १. हे. अक्षता।
776 अछेता/अछेतो ना. २. धानको चामल; टुमटुम गरी पुऱ्याउनुपर्ने चामल।
777 अछेता/अछेतोपाती ना. देवदेवीका पूजासामान; अक्षता र फूलपाती।
778 अज वि. १. आफैँआफ भएको; पहिल्यैदेखिको; जन्मँदै नजन्मेको। ना.
779 अज वि. २. विष्णु; नारायण।
780 अज वि. ३. ईश्वर; परमात्मा।
781 अज वि. ४. ब्रह्मा।
782 अज वि. ५. बाख्राको भाले सन्तान; बोको।
783 अज वि. ६. छसात वर्ष पुरानो भएको धान; नउम्रने धान।
784 अजकल्चो वि. हे. अधकल्चो |
785 अजग ना. घन्चमन्च नहुने ठाउँ; अघच।
786 अजगन्धा ना. झन्डै बनमाराजस्तो एक झार; बोकेझार।
787 अजङ वि. लम्बाइ, चौडाइ, उचाइ वा भार आदिमा ज्यादै ठुलो आकार वा प्रकारको।
788 अजङको वि. १. डरलाग्दो।
789 अजङको वि. २. बडेमाको; औधी ठुलो (अजङको रुख, अजङको भारी इ.)।
790 अजनबी वि. १. नचिनेको; अपरिचित।
791 अजनबी वि. २. अर्को ठाउँबाट आएको; परदेशी।
792 अजनबी वि. ३. अनौठो; अद्भुत।
793 अजन्ता ना. दक्षिण भारतको सह्याद्रि पर्वतको काखमा बग्ने बागुरा नदीको घाटीमा स्थित कलात्मक गुफा र मन्दिरले गर्दा संसारप्रसिद्ध एक स्थान।
794 अजन्मा वि. १. जन्म नलिने; नजन्मेको। ना.
795 अजन्मा वि. २. ईश्वर; परमात्मा।
796 अजन्मा वि. ३. ब्रह्मा |
797 अजप वि. हे. अजब।
798 अजपा ना. १. प्रत्येक सास तान्दा र फ्याँक्ता थाहै नपाई जपिने गायत्री मन्त्र; मनमनै ध्यान मात्र गरिने मन्त्र; प्रत्येक प्रश्वास र निःश्वासमा स्वतः गरिने जप।
799 अजपा ना. २. योगशास्त्रमा वर्णन भएअनुसार श्वास बाहिर जाँदा 'हं' र भित्र आउँदा 'स' ध्वनिको उच्चारण भई 'हंस' अक्षरको चौबिस घण्टामा २१,६०० पटक स्वतः भइरहने जप।
800 अजब वि. अनौठो; गजबको; विलक्षण; अजप।