Dictionary

All Word

901 अज्ञात वि. ५. भेउ नभएको; जानकारी नपाइएको; थाहा नपाइएको।
902 अज्ञात वि. ६. गुप्त। विप. ज्ञात।
903 अज्ञातता ना. नजानिएको अवस्था वा भाव; कुनै कुरासँगको अपरिचय; अनभिज्ञता।
904 अज्ञातनामा वि. नाम थाहा पाउन नसकिएको; चिनापर्ची नभएको।
905 अज्ञात यौवना ना. यौवनको आगमनप्रति सचेत नभएकी नायिका ; मुग्धा नायिका।
906 अज्ञातवास ना. कसैले थाहा नपाउने गरी लुकेर बसेको अवस्था; गुप्तवास; गुप्तबसाइ।
907 अज्ञान ना. १. ज्ञान वा बोध नहुने क्रिया, भाव वा स्थिति; ज्ञानको अभाव; ज्ञानको कमी; जानकारीको कमी।
908 अज्ञान ना. २. असलखराबको छ्यानविचार गर्ने क्षमता जागृत नरहेको स्थिति; आन्तरिक चेतना जागृत नभएको अवस्था।
909 अज्ञान ना. ३. मूर्खता।
910 अज्ञान ना. ४. अविद्या, माया वा मोह जसले गर्दा जीवले परब्रह्मसँग आफ्नो भिन्नता अनुभव गरी मिथ्या जगत्लाई वास्तविक ठानेको हुन्छ र त्यो हटेपछि मात्र जीव ब्रह्मसँग आफ्नो अभेदको अनुभव गर्न र मुक्त हुन सक्छ भनिन्छ। वि.
911 अज्ञान ना. ५. ज्ञान नभएको; अजान; मूर्ख।
912 अज्ञानी वि. १. ज्ञान नभएको; ज्ञानरहित; अज्ञ।
913 अज्ञानी वि. २. अबोध; अजान।
914 अज्ञानी वि. ३. लट्ठक; मूर्ख।
915 अज्ञानी वि. ४. अविद्या, माया वा मोहका वशमा रहेको; आफू नै परब्रह्म हुँ भन्ने ज्ञान नभएको।
916 अज्ञेय वि. १. जान्न नसकिने; ज्ञान गर्न नसकिने।
917 अज्ञेय वि. २. बुझ्न, सम्झन, भेउ पाउन वा थाहा पाउन नसकिने; दुर्बोध; अगम्य। विप. ज्ञेय।
918 अज्ञेयता ना. १. नजानिँदोपन; नबुझँदोपन।
919 अज्ञेयता ना. २. नबुझिँदो स्थिति; अगम्यता।
920 अज्ञेयवाद ना. दृश्य वा बोध्यभन्दा परको वस्तुलाई जान्न वा सोचेर मात्र निर्णय दिन सकिँदैन भन्ने सैद्धान्तिक मत।
921 अझ क्रि.वि. १. अहिलेसम्म; अद्यापि। (उदा.- राम अझ आएको छैन। अझ त्यो कुरा रहस्यमय नै रहेको छ।)।
922 अझ क्रि.वि. २. फेरि पनि; अब पनि; अरू पनि। (उदा.- उसले हप्काए पनि अझ उसलाई भेट्ने रहर छ; मलाई अझ पढ्ने रहर छ।)।
923 अझ क्रि.वि. ३. तैपनि; त्यसो भए पनि; त्यति हुँदाहुँदै पनि। (उदा.- मैले कति सम्झइ सकेँ; ऊ अझ मान्दैन।)।
924 अझ क्रि.वि. ४. झन्। (पुरस्कार पाएपछि ऊ अझ उत्साहित छ।)।
925 अझ क्रि.वि. ५. अटेरलाई सम्झाउँदा वा हप्काउँदा प्रयोग गरिने शब्द । (के गरेको? अझ!)।
926 अझक ना. केटाकेटी र गैह्र जिम्मेवार व्यक्तिहरू पुग्न र दखल दिन नसक्ने सुरक्षित ठाउँ। (उदा.- यो ऐना अझकमा राख, केटाकेटीले फुटाउलान्।)।
927 अझारो ना. १. दोष लाउने काम; दोषारोपण; अभियोग।
928 अझारो ना. २. अत्तो; फत्तुर।
929 अझारो र बझारो ना. १. गाली र बझौटी।
930 अझारो र बझारो ना. २. दोषारोपण र बाझाबाझ ।
931 अझेउलो ना. १. टन्टा; लेठो।
932 अझेउलो ना. २. अन्याय; फट्याइँ; अचाडू कार्य ।
933 अझेटो ना. बेपत्ताको रडाको; झमेला; लेठो; अनावश्यक टन्टा।
934 अझै क्रि.वि. अझ ज्यादा। (ऊ अझै निश्चिन्त हुन सकेको छैन।)।
935 अझ्यौली ना. हे. अज्यौली।
936 अञ्चल ना. १. शिर वा काँध भई छातीमा फैलिएको वा लपेटिएको सारी, पछ्यौरा आदिको भाग; सारी, पछ्‌यौरा आदिको छेउ वा किनारा; सप्को।
937 अञ्चल ना. २. किनार; तीर; तट।
938 अञ्चल ना. ३. घाटी; फेदी।
939 अञ्चल ना. ४. कुनै मुलुक वा प्रदेशको एक भाग; भूभाग; क्षेत्र; प्रदेश |
940 अञ्चल ना. ५. नेपालका चौध प्रादेशिक विभागमध्ये एक (मेची, कोसी, सगरमाथा, जनकपुर, वाग्मती, नारायणी, गण्डकी, लुम्बिनी, धवलागिरि, कर्णाली, रापती, सेती, भेरी र महाकाली)।
941 अञ्चल अदालत ना. जिल्ला अदालतबाट निर्णय भएका मुद्दामा पुनरावेदन सुन्ने पञ्चायतकालमा गठित अञ्चलस्तरीय अदालत।
942 अञ्चलव्यापी वि. अञ्चलभरको; पूरै अञ्चलको; अञ्चलभर फैलिएको।
943 अञ्चलसभा ना. सम्बन्धित अञ्चलका सबै जिल्लाका पदाधिकारीहरू र सदस्यहरू समावेश भएको सभा।
944 अञ्चल सभापति ना. अञ्चलस्तरीय पञ्चायत वा अञ्चल तहमा गठित निकायका सभापति; अञ्चलस्तरीय कुनै सङ्गठनका सभापति।
945 अञ्चलस्तरीय वि. अञ्चल तहको; अञ्चल तहमा सीमित; अञ्चल तहमा हुने |
946 अञ्चलाधीश ना. अञ्चलको प्रशासनिक जिम्मेवारी पाएको पञ्चायतकालीन एक उच्च पदाधिकारी।
947 अञ्चलाधीश कार्यालय ना. अञ्चलाधीशको अड्डा; अञ्चलाधीशका प्रत्यक्ष रेखदेखमा रही निजको कार्यसम्पादनमा सहयोग गर्ने अड्डा।
948 अञ्चलाधीशको कार्यालय ना. अञ्चलाधीश कार्यालय ।
949 अञ्जन ना. १. तोरीको तेलको बत्ती बाली त्यसमाथि कुनै भाँडो घोप्ट्याई माथिबाट छोपी सो बत्ती बलेर समाप्त हुँदा माथिल्लो भाँडाको भित्री भागमा जम्मा भएको ध्वाँसोमा तेल आदि हाली संस्कार गरी तयार गरिएको, आँखाका कोसको डिलमा आँखाको निरोगिता र शोभाका निम्ति लगाइने एक प्रकारको मलम वा लेप; गाजल; सुर्मा।
950 अञ्जन ना. २. सोह्र शृङ्गारमा एक; अङ्गराग।