Dictionary

All Word

951 अञ्जलि/अञ्जली ना. हे. अँजुली।
952 अञ्जलि/अञ्जलीपुट ना. १. दुवै खुला उत्ताना हत्केला जोडी ती हत्केलाको माथिल्लो भाग चाहिँ केही झुकाउँदा हुन आउने छत्रको जस्तो आकार परेको खोबिल्टो।
953 अञ्जलि/अञ्जलीपुट ना. २. आदर वा प्रार्थनाका मुद्रामा त्यसो गरी हत्केला जोड्ने काम; करपुट; करसम्पुट; अँजुली।
954 अञ्जीर ना. डाँठ खोक्रो र लम्स्याइलो, तीनकुने पात हुने तिमिलाका जस्ता फल फल्ने, मल्बेरी परिवारको, उष्णतटबन्धीय प्रदेशमा हुने एक वृक्ष; पीपलका जस्ता मसिना बियाँ हुने त्यसैको गुलियो फल।
955 अट्नु अ.क्रि. बस्न, रहन आदिका लागि ठाउँ पुग्नु; अटाउने हुनु।
956 अटकल ना. हे. अडकल।
957 अटका ना. देवतालाई भोग लगाइने वा अर्पण गरिने खाद्य पदार्थ; त्यसैको प्रसादस्वरूप पक्वान्न।
958 अटन ना. घुमफिर गर्ने काम; हिँडडुल; भ्रमण; पर्यटन (तीर्थाटन, देशाटन, भिक्षाटन इ.)।
959 अटपट ना. १. गडबड; गोलमाल; खटपट; कठिनाइ।
960 अटपट ना. २. अस्पष्ट बोली; बालबोली जस्तै अर्थ स्पष्ट नखुल्ने बोली।
961 अटपट ना. ३. कुनै कामकुरामा व्यक्तिहरूका बिच परेको खटपट वा मनोमालिन्यको स्थिति। (उदा.- तिनीहरूका बिच आजकल अटपट परेको छ।)।
962 अटमट्ट क्रि.वि. १. अटाईनअटाई; नअटाउने गरी; अटेसमटेस; उरमुट्ट | वि.
963 अटमट्ट क्रि.वि. २. जिउमा लुगा लाउँदा कसाकस भएको; कुनै भाँडो वा ठाउँमा कुनै पदार्थ बेसरी खाँदिएको वा भरिएको; खाँदाखाँद भएको; कसिएको।
964 अटल१ वि. १. अडिग; स्थिर।
965 अटल१ वि. २. आफ्नो सिद्धान्तबाट विचलित नहुने।
966 अटल१ वि. ३. सधैँ कायम रहने।
967 अटल१ वि. ४. निश्चय हुने; अवश्यम्भावी।
968 अटल२ ना. १. खास गरी माटाको र सामान्यतया धातु वा प्लास्टिकको पिँधभन्दा माथि खुल्दै गएको, लुगा धुने भाँडो।
969 अटल२ ना. २. खुट्टा भएको थेप्चो र फराकिलो मुख भएको मकल।
970 अटाइ ना. अटाउने भाव, क्रिया वा प्रक्रिया ।
971 अटाइनु अ.क्रि. अटाउने होइनु।
972 अटाई नअटाई क्रि.वि. ठाउँ नपुगे पनि कोचाकोच पारी; अटेसमटेस परेर; ठसाठस भरिएर; उरमुट्ट।
973 अटाउनु अ.क्रि. १. कुनै कुरा वा वस्तु कुनै ठाउँ वा पात्रमा अट्न रहन सक्ने हुनु; राख्ने वा हालिने ठाउँ पुग्नु।
974 अटाउनु अ.क्रि. २. कुनै वस्तु राख्ने वा हाल्ने ठाउँ तुल्याउनु। (उदा.- मधु र कमल एउटै आसनमा अटाए। )।
975 अटाली ना. हावा खान वा बसेर बाहिर हेर्नका निम्ति घरको दोस्रो, तेस्रो आदि तलाको मूल गारोबाट बाहिर निस्केको दलिन, खम्बा वा अन्य साधनद्वारा अड्याई बनाइएको सम्म खुला भाग; बार्दली; कौसी।
976 अटुट वि. १. नटुट्ने; अखण्डित; सग्लो। क्रि.वि.
977 अटुट वि. २. नटुटीकन; लगातार; निरन्तर।
978 अट्काउनु स.क्रि. हे. अड्काउनु।
979 अटेक ना. सिद्धान्तमा नअड्ने काम; विचारमा स्थिर रहन नसक्ने स्वभाव; दोमन।
980 अटेर वि. भनेको कुरा नटेर्ने; भनेको नमान्ने; हेपाहा; मिचाहा।
981 अटेऱ्याइँ ना. अटेर गर्ने भाव वा क्रिया; अटेरीपन।
982 अटेरी वि. नटेर्ने; अटेर।
983 अटेर्नु१ ना. घाँसपात आदिमा फिँजको डल्लोजस्तो गुँड लगाउने, घाँससित खाएमा भेडाबाख्रा बिरामी हुने एक जातको सानो किरो।
984 अटेर्नु२ /अटेर्नो वि. भुट्ता फूल नउठ्ने (मकै आदि); ठेट्नो।
985 अटेसमटेस क्रि.वि. सकेसम्म कोचकाच पारेर; अटाईनअटाई; खचाखच; ठसाठस; ठेलमठेल ।
986 अटैसा ना. बिचबिचमा समान अन्तर पारी सातवटा वा नौवटा प्राय: सुनको बुट्टेदार गेडी हाली उनेर बनाएको पोतेको माला; नौगेडी।
987 अटो ना. १. एक प्रकारको छाप्ने यन्त्र।
988 अटो ना. २. स्वहस्तलेख; अटोग्राफ।
989 अटो ना. ३. टेम्पो। वि.
990 अटो ना. ४. स्वचालित; आफैँआफ चल्ने, हुने वा बन्ने (अटोबस, अटोरिक्सा, अटोमोबाइल्स इ.)।
991 अटोग्राफ ना. स्वहस्तलेख।
992 अटोमेटिक वि. मानवीय नियन्त्रण वा सञ्चालनविना आफैँ चल्ने; स्वचालित (अटोमेटिक घडी; अटोमेटिक राइफल इ.)।
993 अट्काउ ना. हे. अड्काउ।
994 अट्काउपट्काउ ना. हे. अड्काउपड्काउ।
995 अट्टहास ना. ठुलो स्वरको हाँसो; खित्का छोडेको हाँसो।
996 अट्टान वि. अत्यन्त बलियो; हट्टाकट्टा; दह्रिलो।
997 अट्टालिका ना. अटाली।
998 अट्टे ना. मार्सी धानको एक भेद ।
999 अट्ठा ना. तासको वा गन्जिफाको आठ फुट्टी भएको पत्ती; आठ फुट्टीवाला चक्की।
1000 अट्ठाइस ना. १. बिस र आठको योगसङ्ख्या; २८ को अङ्क। वि.