Dictionary

All Word

1001 अट्ठाइस ना. २. गन्दै जाँदा अट्ठाइस सङ्ख्यामा पर्ने; सातको चार गुना हुने।
1002 अट्ठाइसौँ वि. १. गन्ने क्रममा अट्ठाइस चाहिँ सङ्ख्यामा हुने; कुनै बाँडिएका वा बाँडिने वस्तुको बराबरका अट्ठाइसमध्ये एउटा चाहिँ भाग भएको।
1003 अठचालिस ना. १. चालिस र आठको योगसङ्ख्या; ४८ को अङ्क। वि.
1004 अठचालिस ना. २. गन्दै जाँदा सतचालिस पछिको सङ्ख्यामा पर्ने; चालिस र आठका योगसङ्ख्याको।
1005 अठचालिसौँ वि. गन्तीका क्रममा अठचालिस सङ्ख्याको; अठचालिस सङ्ख्यामा पर्ने।
1006 अठचालीस ना. हे. अठचालिस।
1007 अठचालीसौँ वि. हे. अठचालिसौँ।
1008 अठतिस ना. १. तिस र आठको योगसङ्ख्या; ३८ को अङ्क। वि.
1009 अठतिस ना. २. गन्तीका क्रममा सैँतिसपछिका सङ्ख्याको।
1010 अठतिसौँ वि. गन्तीका क्रममा अठतिस सङ्ख्याको; अठतिस सङ्ख्यामा पर्ने।
1011 अठतीस ना. हे. अठतिस।
1012 अठतीसौँ वि. हे. अठतिसौँ।
1013 अठन्नी ना. पहिलेको भारतीय आधा रुपियाँ अर्थात् आठ आनाको सिक्का; बत्तिस पैसाको सिक्का ।
1014 अठपहरी/अठबरी/अठबरे ना. लिम्ब्वानी र खम्ब्वानी मिश्रण भएको भाषा बोल्ने राई जातिको एक शाखा।
1015 अठबा वि. १. अप्ठ्यारो; गाह्रो; मुस्किल। ना.
1016 अठबा वि. २. दोठ्‌याङ; असजिलो स्थिति।
1017 अठसट्ठी ना. १. साठी र आठको योगसङ्ख्या; ६८ को अङ्क। वि.
1018 अठसट्ठी ना. २. गन्तीका क्रममा सतसट्ठीपछिको सङ्ख्यामा पर्ने; साठी र आठका योगसङ्ख्याको।
1019 अठसट्ठिऔँ/अठसट्ठियौँ वि. गन्तीका क्रममा अठसट्ठी सङ्ख्यामा पर्ने; अठसट्ठी सङ्ख्याको।
1020 अठहत्तर ना. १. सत्तरी र आठको योगसङ्ख्या; ७८ को अङ्क। वि.
1021 अठहत्तर ना. २. सतहत्तरपछिको सङ्ख्यामा पर्ने; सत्तरी र आठका योगसङ्ख्याको।
1022 अठार ना. १. दश र आठको योगसङ्ख्या; १८ को अङ्क। वि.
1023 अठार ना. २. गन्तीका क्रममा सत्रपछिको सङ्ख्यामा पर्ने; दश र आठका योगसङ्ख्याको।
1024 अठार पोल ना. बोडीमा आधारित धार्नी प्रणालीकोअनुसार बिसौलीभन्दा कम परिमाणको तौल।
1025 अठारौँ वि. गन्दै लाँदा अठार सङ्ख्यामा पर्ने; अठार सङ्ख्याको।
1026 अठासी ना. १. असी र आठको योगसङ्ख्या; ८८ को अङ्क। वि.
1027 अठासी ना. २. असी र आठका योगसङ्ख्याको; सतासीपछिको सङ्ख्यामा पर्ने।
1028 अठासिऔँ/अठासियौँ वि. अठासी सङ्ख्यामा पर्ने; अठासी सङ्ख्याको।
1029 अठिँगर/अठिङर/अठिङ्गर ना. शरीरको अङ्ग वा हाडको जोर्नी; आङ र पाताको जोर्नी।
1030 अठिया ना. केराको एक जात; अठैँसो।
1031 अठेङ ना. हे. अठ्याङ।
1032 अठेङ मठेङ क्रि.वि. हे. अठ्याङमठ्याङ।
1033 अठेसो ना. झ्याल, ढोका आदिका खापामा खोल्न वा लगाउन हुने गरी जडिएको वस्तु; हातो; मुर्रा।
1034 अठैँसो ना. कमसल खालको केराको एक भेद; अठिया।
1035 अठोट्नु स.क्रि. १. निधो गर्नु; निर्णय गर्नु।
1036 अठोट्नु स.क्रि. २. बन्दोबस्त मिलाउनु; तजबिज गर्नु।
1037 अठोट ना. १. पक्कासँग गरिएको निधो वा निर्णय; ठहर।
1038 अठोट ना. २. तजबिज; तर्जुमा।
1039 अठोट ना. ३. अनुमान; अडकल; लख।
1040 अठोटाइ ना. अठोट्ने भाव, क्रिया वा प्रक्रिया।
1041 अठोटाइनु क.क्रि. अठोट्न लाइनु; अठोट्ने काम गराइनु।
1042 अठोटाउनु प्रे.क्रि. अठोट्न लाउनु; अठोट्ने काम गराउनु।
1043 अठोटिनु स.क्रि. अठोट्ने काम गरिनु; अठोट गरिनु।
1044 अठोत्तरसय वि. एकसय आठ सङ्ख्याको; १०८; धार्मिक दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिने सो सङ्ख्याको। (उदा.- स्वस्थानीको व्रतपूजाअन्तर्गत अठोत्तरसय फूल, अक्षता आदि चढाइन्छ; पाँचसुते अठोत्तरसय बत्ती बाल्नाको ठुलो महिमा छ।)
1045 अठ्याङ ना. १. कामकुरा गर्दै जाँदा पर्न आएको असजिलो अवस्था; अठेङ।
1046 अठ्याङ ना. २. कठिनाइ; मुस्किल।
1047 अठ्याङ ना. ३. कुनै काम गर्ने क्रममा पहिले कुन काम गर्ने भन्ने दोधार; अठेङ।
1048 अठ्याङमठ्याङ क्रि.वि. काम गर्न अप्ठ्यारो वा गोलमाल हुने गरी; गडबड; गोलमाल; दोठ्याङ।
1049 अड्नु अ.क्रि. १. गति बन्द हुनु; जहाँको तहीँ हुनु वा रहनु; रोकिनु; थामिनु।
1050 अड्नु अ.क्रि. २. कुनै कुरामा अडिग रहनु।