Dictionary

All Word

1101 अडेनी ना. हे. अडिनी।
1102 अडेरी ना. लामा लामा काँढा हुने र फैलेर झाडी हुने एक जातको वनस्पति।
1103 अडेस ना. १. कुनै वस्तु, भित्तो, तकिया आदिमा ढल्किएर आड लिने काम; आड लिने वस्तु वा ठाउँ; आडा।
1104 अडेस ना. २. ध्यान गर्दा हात अड्याइने, डल्याँठाका आकारको काठको साधन।
1105 अडेसदार वि. अडेस लाग्न हुने; अडेस लाग्ने वस्तु वा व्यवस्था भएको।
1106 अडेसा ना. अडेस; आड।
1107 अडेसिनु अ.क्रि. आड लिनु; भर पर्नु; अडेसा लाग्नु; ढेप्पिनु।
1108 अडेसो ना. १. हावा आदिले झ्यालढोका बन्द नहोस् भनी खापामा लगाइने फलामे अङ्कुसे वा काठको चुकुल; खापा र चौकोसका बिचमा जडिएको ठ्यौको; झ्यालढोकाको आडा।
1109 अडेसो ना. २. झ्यालढोकालाई बन्द गरिराख्ने चुकुल ।
1110 अडैया वि. आफ्ना कुरामा अडिरहने; अडाहा; अडियल।
1111 अडैनी ना. हे. अडिनी।
1112 अड्कनु अ.क्रि. १. अल्झिएर रोकिनु।
1113 अड्कनु अ.क्रि. २. कुनै बाधाअड्काउ परेर अडिनु।
1114 अड्कनु अ.क्रि. ३. कुनै कुरा प्वाल वा त्यस्तै ठाउँमा घुसेर पसेर निस्कन नसक्नु; थामिनु।
1115 अड्कनु अ.क्रि. ४. खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु।
1116 अड्कल्नु स.क्रि. अन्दाज गर्नु; यो यति, यस्तो वा यत्रो छ भनी लख काट्नु; अनुमान गर्नु।
1117 अड्कलाइ ना. अड्कल गर्ने भाव, क्रिया वा प्रक्रिया; अनुमान गराइ।
1118 अड्कलाइनु क.क्रि. अड्कलाउने काम गरिनु; अड्कल्न लाइनु।
1119 अड्कलाउनु प्रे.क्रि. अड्कल्न लाउनु; अड्कल गर्न लगाउनु; अनुमान गराउनु।
1120 अड्कलिनु क.क्रि. अड्कल गरिनु; अनुमान गरिनु।
1121 अड्काइ ना. अड्कने भाव, क्रिया वा प्रक्रिया।
1122 अड्काइनु क.क्रि. अड्काउने काम होइनु; अड्कन लाइनु।
1123 अड्काउ ना. कुनै कुराको खाँचो; हर्जा वा अड्को; बाधा; भाँजी; अट्काउ।
1124 अड्काउनु स.क्रि. १. चलिरहेको वा चल्ने कामकुरालाई रोक्नु वा बन्द गर्नु; थाम्नु।
1125 अड्काउनु स.क्रि. २. कुनै वस्तु कतै अल्झाउनु वा जोल्ट्याउनु।
1126 अड्काउनु स.क्रि. ३. गर्ज पार्नु; खाँचो पार्नु। प्रे. क्रि.
1127 अड्काउनु स.क्रि. ४. अड्कने पार्नु; अल्झाउनु।
1128 अड्काउपड्काउ ना. १. कुनै काम वा व्यवहारको गतिमा पर्ने बाधा; रोकटोक।
1129 अड्काउपड्काउ ना. २. अड्कोपड्को; हर्जा; गर्ज।
1130 अड्किनु अ.क्रि. १. कुनै चलिरहेको वा चल्ने कुरा रोकिनु वा बन्द हुनु; थामिनु।
1131 अड्किनु अ.क्रि. २. अल्झनु; फस्नु।
1132 अड्किनु अ.क्रि. ३. खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु।
1133 अड्को ना. १. बाधा; अड्काउ; अल्झाइ।
1134 अड्को ना. २. खाँचो; हर्जा वा गर्ज।
1135 अड्को ना. ३. पहेली।
1136 अड्को थाप्नु टु. कुनै कुराको हल गर्नका निम्ति समस्या खडा गर्नु; गाउँखाने कथा भन्नु।
1137 अड्कोपड्को ना. खनखाँचो; अड्काउपड्काउ; आवश्यकता। अड्कोपड्को तेलको धूप (उखान)।
1138 अड्डा ना. १. जागिरे व्यक्तिहरूले आफ्नो अधिकारको तहअनुसार काम गर्ने सरकारी वा गैरसरकारी सङ्गठन वा ठाउँ; कार्यालय।
1139 अड्डा ना. २. मुद्दामामिलाको छिनफान गरी न्यायनिसाफको काम गर्ने कानुनी कार्यालय; अदालत।
1140 अड्डा ना. ३. उही खालका वैध वा अवैध काम गर्ने अम्मली, गफाडी, चोर, डाँकू आदि जम्मा हुने वा रोकिने ठाउँ; अखडा।
1141 अड्डा अदालत ना. देवानी, फौजदारी वा मालसम्बन्धी कार्यालय र अड्डाहरूको समूह; न्यायपालिका वा कार्यपालिकासम्बन्धी कार्यालयहरूको समुदाय; अड्डाखाना।
1142 अड्डाखाना ना. अड्डा वा अड्डाहरू रहेको भवन; अड्डाहरूको समुदाय।
1143 अड्डाजाँच ना. ऐनकानुन, नियम र सवालबमोजिम काम ठिकसँग भएनभएको वा कर्मचारीहरूले सोअनुसार काम गरेनगरेको प्रायः एकाएक छड्के जाँच गरी ऐनसवाल र रीतपूर्वक काम गर्न लगाउने सरकारी अड्डा।
1144 अड्डा प्रमुख ना. अड्डामा काम गर्ने कर्मचारीहरूमा सबैभन्दा माथिल्लो दर्जाको कर्मचारी; अड्डाको हाकिम ।
1145 अड्डा बस्नु/लाग्नु टु. कार्यालय वा अदालतको काम सुरु हुनु।
1146 अड्डावाल वि. अड्डाको मान्छे; कर्मचारी; जागिरे।
1147 अड्डासार ना. सरकारवादी अभियुक्त वा दोषीलाई पक्राउ गरी एक अड्डाले अर्को अड्डालाई सुम्पँदै तोकिएको ठाउँमा पुऱ्याई बुझाउने काम।
1148 अड्डी ना. १. झ्यालढोकाका खापाको खुरा अड्याउने खोबिल्टो; खुराघर।
1149 अड्डी ना. २. सेनाले दखल गरी बसेको ठाउँ।
1150 अड्डी ना. ३. आफ्नो कुरामा विचलित नभई अडिरहने काम; जिद्दी; हठ वा ढिपी।