Dictionary

All Word

1201 अतन्द्रित/अतन्द्रिल वि. २. जागा; सावधान; सतर्क। विप. तन्द्रिल।
1202 अतर्कनीय वि. तर्कद्वारा जान्नबुझ्न नसकिने; तर्कभन्दा परको; अतर्क्य।
1203 अतर्कित वि. १. सोच्तै नसोचेको; तर्कना नै नगरेको; कल्पना नै नगरिएको।
1204 अतर्कित वि. २. आकस्मिक; अचानक आइपरेको।
1205 अतर्क्य वि. तर्क गर्नै नसकिने वा नपर्ने; अन्दाज गर्न नसकिने; अचिन्त्य।
1206 अतल वि. १. पिँध पत्ता लगाउन नसकिने; भुइँ छुन नसकिने किसिमको ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो। ना.
1207 अतल वि. २. पूर्वीय पौराणिक भूगोलअन्तर्गत सप्त पाताल (अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पाताल) मध्ये पहिलो।
1208 अतलस्पर्शी वि. १. पिँधसम्म छुने; पाताल छुने।
1209 अतलस्पर्शी वि. २. ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो; अत्यन्त गहन (उदा.- उहाँको अतलस्पर्शी विद्वत्ताबाट को प्रभावित नहोला!)।
1210 अताराङ्कित वि. ताराको चिह्न नलागेको वा नदिइएको; विशिष्ट तुल्याउन ताराको चिह्न नलगाइएको; ताराको चिह्न नलगाइएको र लिखित रूपमा नै उत्तर दिनुपर्ने (विधायिकाको बैठकमा गरिने प्रश्न)। विप. ताराङ्कित।
1211 अतालिनु अ.क्रि. १. रुँदारुँदै सास फेर्न गाह्रो परी आत्तिएर झन् झन् ठुलो स्वरले रुनु; कहालिएर रुनु।
1212 अतालिनु अ.क्रि. २. रुँदारुँदै सास रोकिएर बेहोसजस्तो हुनु; विह्वल हुनु; अलल्लिनु; अरल्लिनु।
1213 अतालिनु अ.क्रि. ३. बुद्धिभ्रम हुनु; आत्तिनु।
1214 अताले वि. अतालिने स्वभाव भएको; रुँदारुँदै बेहोस जस्तै हुने।
1215 अताल्याइ ना. अतालिने क्रिया, किसिम वा भाव।
1216 अताल्याइनु क.क्रि. अताल्याउने काम गरिनु; अतालिन लाइनु।
1217 अताल्याउनु प्रे.क्रि. अतालिने पार्नु; अत्याउनु।
1218 अतास ना. १. कुनै कुराबाट मन ज्यादै आत्तिने क्रिया; त्यसबाट डराउने वा त्रास मान्ने भाव।
1219 अतास ना. २. ठुलो डर, त्रास वा भय; अत्यास; आतुस।
1220 अतासिनु अ.क्रि. अतास मान्नु; अतासमा पर्नु; आत्तिनु।
1221 अतास्याइ ना. अतासिने भाव, किसिम वा क्रिया।
1222 अतास्याइनु क.क्रि. अतास्याउने काम गरिनु; अतासिन लाउनु।
1223 अतास्याउनु प्रे.क्रि. अत्यास लाग्ने तुल्याउनु; अतासिन लाउनु; अत्त्याउनु।
1224 अति उप. १. नाम र विशेषण शब्दको अगिल्तिर लागी आधिक्य, सीमा उल्लङ्घन, श्रेष्ठता, अतिशयता आदि बुझाउने उपसर्ग (अतिवृष्टि, अतिक्रमण, अतिवृद्ध, अत्याचार इ.)। वि.
1225 अति उप. २. ज्यादा; ज्यादै; औधी; अतिशय; अत्यन्त। (उदा.- राम त अति काम गर्दछ; ऊ अति सिपालु पनि छ।)
1226 अतिकण्ठ्य वि. भाषाशास्त्रअनुसार कण्ठस्थानको फेदबाट उच्चरित हुने (ध्वनि)।
1227 अतिकाल ना. १. निर्धारितभन्दा बढी समय; अबेर; विलम्ब।
1228 अतिकाल ना. २. कुनै मङ्गलकार्य वा संस्कारका निम्ति निर्धारित समय बितेउप्रान्तको समय।
1229 अतिक्रम ना. १. क्रम वा सिलसिलाको नघाइ।
1230 अतिक्रम ना. २. सीमा, मर्यादा वा नियमको उल्लङ्घन गर्ने र तिनका विरुद्ध व्यवहार गर्ने काम; समय बिताउने काम।
1231 अतिक्रमण ना. १. कुनै कुराको स्वीकृत वा निर्धारित सीमा नाघ्ने काम।
1232 अतिक्रमण ना. २. तोकिएको अधिकारका परिधिको उल्लङ्घन।
1233 अतिक्रमण ना. ३. कुनै मुलुकको निर्धारित अन्तर्राष्ट्रिय सिमाना पार गर्ने काम; सम्प्रभुता रहेको भूभाग वा जलसीमा र वायुसीमाउपर अन्य मुलुक वा व्यक्तिद्वारा अवैध प्रवेश; त्यस किसिमको आक्रमण वा हस्तक्षेप।
1234 अतिक्रम्य वि. अतिक्रमण गर्न सकिने।
1235 अतिक्रान्त वि. १. नाघेको।
1236 अतिक्रान्त वि. २. मर्यादा वा सीमाभन्दा पर पुगेको।
1237 अतिक्रान्त वि. ३. बितेको; व्यतीत।
1238 अति गर्नु टु. अचाक्ली गर्नु। (उदा.- कुनै काममा पनि अति गर्नु हुँदैन।) अति गर्नू, अत्याचार नगर्नू (उखान)।
1239 अति गोप्य वि. १. सम्बन्धित व्यक्तिबाहेक अरूले थाहा पाउन नहुने वा थाहा नपाएको।
1240 अति गोप्य वि. २. ज्यादै गोप्य गरी वा लुकाएर राख्नुपर्ने (चिट्ठीपत्र, कागजात आदि)। ना.
1241 अति गोप्य वि. ३. सम्बन्धित व्यक्तिबाहेक अरूले पढ्न निषेध गरिएको कागजातको बन्दी खाममा लेखिने वा छाप लगाइने शब्द ।
1242 अतिचार ना. १. अर्कालाई ज्यादै ठुलो बाधा वा कष्ट पुग्ने गरी मर्यादा वा सीमा नाघेर गरिने कार्य; गर्न नहुने वा गर्न नसुहाउने काम।
1243 अतिचार ना. २. कसैमाथिको ज्यादै ठुलो अन्याय; अत्याचार; ज्यादती।
1244 अतिचार ना. ३. ग्रह आदिको स्वाभाविक गतिभन्दा बढी गति भएको अवस्था। अति गर्नू, अतिचार नगर्नू (उखान)।
1245 अतिचारी वि. अतिचार वा अत्याचार गर्ने; अत्याचारी; अन्यायी।
1246 अतिथि ना. १. तिथि नतोकीकन वा नबोलाईकन आउने पाहुना; अनाहूत।
1247 अतिथि ना. २. कुनै पनि पाहुना; अभ्यागत।
1248 अतिथि ना. ३. आमन्त्रित व्यक्ति।
1249 अतिथि ना. ४. समारोह आदिमा विशेष सम्मानका साथ निम्त्याइएको व्यक्ति।
1250 अतिथि ना. ५. कुनै कार्यालय, कम्पनी आदिबाट खटिएर सम्बन्धित कार्यालय, कम्पनी आदिमा विशेष कार्यवश आइपुगेको व्यक्ति।