Dictionary

All Word

1151 अड्डी लिनु टु. आफ्नो बुँदा नछाड्नु।
1152 अड्याइ ना. अडिने भाव, क्रिया वा प्रक्रिया ।
1153 अड्याइनु क.क्रि. अड्याउने काम गरिनु; अड्न लाइनु।
1154 अड्याउनु स.क्रि. अडिने पार्नु; अड्न लाउनु; थमाउनु।
1155 अढाई वि. सङ्ख्यामा तीनभन्दा आधाले कम वा दुईभन्दा आधाले बढी; साढे दुई ।
1156 अढैया ना. १. अढाई सेर तौलको ढक; दुई सेर र आधाको ढक।
1157 अढैया ना. २. अढाई अङ्कको दुनोट।
1158 अढैया ना. ३. ज्योतिषशास्त्रअनुसार आफ्ना जन्मराशिदेखि अष्टम स्थानमा रहँदासम्म एक राशिमा तिस महिना भोग गर्ने शनिग्रहको दशा।
1159 अणिमा ना. १. योगको अभ्यासद्वारा होइने अणु जस्तै सानोपन; सूक्ष्मता।
1160 अणिमा ना. २. योगका अष्टसिद्धि अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्वमध्ये पहिलो।
1161 अणु ना. १. कुनै पनि तत्त्वको साह्रै सानो र परमाणुभन्दा ठुलो तथा विशेष यन्त्रको सहायताविना देख्न, खण्डित गर्न वा टुक्र्याउन नसकिने, रासायनिक संयोजनमा रहेको खण्ड वा टुक्रा। (यो परमाणुहरू मिलेर बनेको हुन्छ जसको सङ्ख्या र सजावटद्वारा कुनै पनि पदार्थ अन्य पदार्थभन्दा भिन्न हुन्छ।)।
1162 अणु ना. २. बमको केन्द्र भएर रहेको, सृजनात्मक वा ध्वंसात्मक शक्तिका रूपमा परिणत हुने सूक्ष्म कण।
1163 अणु ना. ३. आँखीझ्यालभित्र पसेको प्रकाशमा उडेको देखिने छ परमाणुजत्रो धुलाको सानो कण।
1164 अणु ना. ४. स्वतन्त्र अवस्थामा रहन सक्ने र पदार्थमा रहेका गुणहरूलाई सुरक्षित राख्न सक्ने पदार्थको अति सानो कण वा मात्रा।
1165 अणु जगत् ना. दर्शनशास्त्रअनुसार जगत्लाई समष्टि मानेर त्यसका न्यूनतम एकाइहरूको सूक्ष्मतम वर्गीकरण गरिएको खण्ड वा अंश।
1166 अणु तरङ्ग ना. विद्युत्बाट निक्लने एक प्रकारको ज्यादै हल्का सूक्ष्म तरङ्ग वा लहर (माइक्रोवेभ )।
1167 अणु बम ना. विस्फोटक शक्ति भएका अणुहरूको नाभि (प्लुटोनियम र युरेनियम) को विच्छेदबाट पैदा हुने र प्रयोग गर्दा न्युट्रनबाट आणविक ऊर्जा निस्कने संहारकारी बम; अणुबाट बनाइएको, प्रहार गर्दा आणविक शक्तिले आफ्नो परिधिभित्रका समस्त वस्तुहरूलाई भस्म पार्ने र विकिरणले प्राणीहरूलाई अङ्गभङ्ग तुल्याउने बम।
1168 अणुभार ना. १. अणुको वजन।
1169 अणुभार ना. २. अणुको गुरुत्व।
1170 अणुवाद ना. १. दर्शनमा जीव वा आत्मालाई अणु मान्ने सिद्धान्त; बल्लभाचार्यको मत।
1171 अणुवाद ना. २. पदार्थका अणुहरूलाई नित्य मान्ने सिद्धान्त; वैशेषिक दर्शन; साङ्ख्ययोग, गान्धर्वविद्या तथा जैनहरू र केही वैयाकरणहरूका मतअनुसार शब्दहरू शब्दका अणु अणु मिलेर बनेका हुन्छन् भन्ने सिद्धान्त।
1172 अणुवादी वि. १. अणुवाद मान्ने वा त्यसको अनुयायी।
1173 अणुवादी वि. २. नैयायिक; वैशेषिक दर्शन मान्ने; बल्लभाचार्यको अनुयायी (वैष्णव)।
1174 अणुवीक्षण यन्त्र ना. अणु वा सूक्ष्म पदार्थलाई देख्न सकिने साधन वा उपकरण; सूक्ष्मदर्शक यन्त्र।
1175 अणुव्रत ना. जैन सम्प्रदायमा निर्धारित गृहस्थ धर्मअन्तर्गतका पाँचवटा कार्य (प्राणातिपात, मृषावाद, अदत्तादान, मैथुन र परिग्रह) बाट विरमण या निवृत्तिको अपेक्षा राखिने व्रत। (पातञ्जल योगशास्त्रमा यिनै पाँच कुरालाई 'यम' स्विकारिएको छ।)
1176 अण्ड ना. १. पोथी जीवजन्तुद्वारा उत्पादित प्रजननशील कीटाणुहरू भएको डिम्ब; उक्त डिम्बमा अन्तर्निहित प्रजननशील पदार्थ।
1177 अण्ड ना. २. चराचुरुङ्गी आदिले पार्ने प्रजननशील पदार्थ भएको डिम्ब र त्यसलाई बेर्ने जालोसमेत धारण गर्ने गोलो लाम्चो खोस्टोसमेत भएको वस्तु; अन्डा; डिम्ब; डिम्बा; फुल |
1178 अण्ड ना. ३. वीर्य; शुक्र।
1179 अण्ड ना. ४. जीवजन्तुको भाले जातिको जननेन्द्रियका फेदमा झुन्डिएका छालाका थैलाभित्रका दुई बाटुला गेडा; आँडा; अण्डकोश।
1180 अण्ड ना. ५. ब्रह्माण्ड; विश्व।
1181 अण्डकोष ना. स्तनपायी जीवजन्तुका भाले जातको लिङ्ग वा जननेन्द्रियका मन्तिरको वीर्यवाहक द्विफलक छालाको थैली; आँड।
1182 अण्डच्छेदन ना. अण्डकोषको चिरफार गर्ने काम।
1183 अण्डज वि. अन्डाबाट पैदा हुने; फुलबाट जन्मने (चराचुरुङ्गी, सर्प, माछा इ.)।
1184 अण्डमूल ना. अण्ड वा आँडाको जरा; डिम्ब उत्पन्न हुने पोथी जीवका दुई प्रजनन अवयवमध्ये कुनै एक; अण्ड उत्पत्ति हुने स्त्रीयौनाङ्ग।
1185 अण्डवाहिनी नली ना. स्त्री जातिका पाठेघरको मुखसम्म डिम्बहरू ल्याउने काम गर्ने नली।
1186 अण्डविकार ना. अण्डकोषसम्बन्धी कुनै पनि रोग।
1187 अण्डविच्छेदन ना. अण्डकोष काटेर छुट्ट्याउने क्रिया।
1188 अण्डवृद्धि ना. अण्ड वा अण्डकोष बढ्ने वा सुन्निने कार्य; अण्डकोषमा पानी, बोसो आदि बढ्ने रोग; हन्डे रोग; हाइड्रोसिल ।
1189 अण्डशोथ ना. अण्डकोषको सुजन; अण्डकोष सुन्निने क्रिया।
1190 अण्डस्थिरण ना. अण्डकोषलाई निश्चल गराउने क्रिया।
1191 अण्डस्थूलन ना. अण्डकोषमा पानीको मात्रा बढी भएर फुल्ने क्रिया।
1192 अण्डा ना. हे. अन्डा।
1193 अण्डाकार/अण्डाकृति वि. चराचुरुङ्गीका फुलको जस्तै आकार भएको; अन्डाको बान्की परेको; गोलाइ मिलेको लाम्चिलो।
1194 अण्डाशय ना. भाले जीवको अण्ड रहने ठाउँ।
1195 अण्डे वि. १. अण्डकोष सुन्निएको; ठुला अण्ड भएको।
1196 अण्डे वि. २. आँडे।
1197 अत: क्रि.वि. यस कारणले; यसैले; यसनिम्ति; यसउसले।
1198 अतः एव क्रि.वि. कारण जनाउने वा तथ्यहरू बताउने वाक्य वा वाक्यखण्डपछि सो कारणको फल, असर वा तथ्यको निचोड दिने क्रममा प्रयोग गरिने, जोडसमेत बुझाउने शब्द; यसै कारण; यसै कारणले; यसैले।
1199 अतथ्य वि. झुटो; अयथार्थ; तथ्यभन्दा विपरीत। विप. तथ्य।
1200 अतन्द्रित/अतन्द्रिल वि. १. कुनै पनि ताना नलिने; नउँघ्ने; अल्छी नगर्ने।