Dictionary

All Word

1251 अतिथि कक्ष ना. अतिथिका लागि बनाइएको कोठा।
1252 अतिथि गृह ना. अतिथिका लागि बनाइएको घर; पाहुनाघर।
1253 अतिथित्व ना. अतिथिको गुण, पद वा आसन।
1254 अतिथि निवास ना. पाहुनाघर।
1255 अतिथि सत्कार ना. अतिथिको सेवा वा हेरचाह।
1256 अतिथि सदन ना. पाहुनाघर।
1257 अतिथि सेवा ना. अतिथिको सेवा; अतिथि सत्कार।
1258 अतिदेय वि. तोकिएको समयभित्र काम नसक्ता बुझाउनुपर्ने रकम नबुझाउँदा दिनुपर्ने; निर्धारित म्याद वा समय गुज्रेपछि पनि नियमले विशेष शुल्क तिरी कुनै काम सम्पन्न गर्न वा कुनै रकम बुझाउन छुट दिइएको अवस्थामा दिनुपर्ने (शुल्क इ.)।
1259 अतिदेश ना. १. विस्तारित प्रयोग।
1260 अतिदेश ना. २. एउटाको गुण अर्कोमा सार्ने काम।
1261 अतिदेश ना. ३. एउटामा लागु भएर पनि अर्कामा सादृश्यद्वारा लागु हुन सक्ने नियम (व्याकरणमा, दर्शनमा इ)।
1262 अतिधृति ना. १. प्रत्येक पाउमा उन्नाइसवटा अक्षर हुने एक प्रकारको छन्दको भेद।
1263 अतिधृति ना. २. वास्तु तथा मूर्तिकलामा सय इन्च बराबरको नापोलाई बुझाउन प्रयोग हुने शब्द।
1264 अतिनूतनाश्मयुग ना. आजभन्दा एक करोड चालिस लाख वर्ष पहिले प्रारम्भ भएको युग; शिवालिक पर्वत सृष्टि भएको युग।
1265 अतिप्रजनन ना. १. जन्माइको ठुलो क्रम वा दर; जनसङ्ख्याको अत्यासलाग्दो वृद्धि।
1266 अतिप्रजनन ना. २. मृत्युदरभन्दा बढी भएको जन्मदर।
1267 अतिप्रसङ्ग ना. १. कुनै कुराबारे सन्दर्भ अर्थात् आवश्यकताभन्दा बढी हुने चर्चा।
1268 अतिप्रसङ्ग ना. २. उचितभन्दा धेर मात्रामा गरिने मैथुन।
1269 अतिबला ना. सुठुनीका जस्ता हरिया र चिल्ला पात हुने, गुन्ठुनिएको लहरो भुईंमा लत्रिएर बढ्ने, सेता र पहेँला रङका ससाना फूल फुल्ने र औषधिका निम्ति प्रयोग हुने एक जातको लहरो।
1270 अतिमूत्र ना. पटक पटक पिसाब लागिरहने एक रोग; बहुमूत्र।
1271 अतियथार्थवाद ना. प्रथम विश्वयुद्धपछि यथार्थवादका विरुद्ध सञ्चालित, बाहिरी इन्द्रियका सामान्य आधारबाट प्रमाणित गर्न नसकिने र साधारण यथार्थभन्दा पनि गूढ तथ्यलाई तत्क्षणका अवचेतन मनका विशृङ्खल र स्वचालित अभिव्यक्तिमा जोड दिइने एक आन्दोलन वा त्यसअनुसारको सिद्धान्त; अधियथार्थवाद।
1272 अतिरञ्जक वि. १. कुनै कुरालाई चाहिनेभन्दा बढी वर्णन गर्ने; बढाईचढाई फर्माएर बयान गर्ने।
1273 अतिरञ्जक वि. २. कुरा गर्दा फूलजडी भर्ने।
1274 अतिरञ्जन/अतिरञ्जना ना. १. चाहिनेभन्दा बढी बयान; ज्यादै फर्माएर वा बढाएर तारिफ गर्ने काम।
1275 अतिरञ्जन/अतिरञ्जना ना. २. उडन्ता वा तिलस्मी किसिमले कुनै घटना वा पात्र आदिको वर्णन गर्ने काम।
1276 अतिरञ्जित वि. अतिरञ्जन गरिएको; वास्तवमा भएभन्दा बढाईचढाई बयान गरिएको।
1277 अतिरथी ना. रथीहरूमा सबभन्दा ठुलो पद; नेपाली सैनिकमा अङ्ग्रेजी सेनाको फिल्डमार्सल तह बराबरको पदवी।
1278 अतिरिक्त वि. १. भएकामा अरू थप।
1279 अतिरिक्त वि. २. चाहिँदोभन्दा बढ्ता; फाल्तु।
1280 अतिरिक्त वि. ३. उब्रिएको; उब्रने। ना. यो.
1281 अतिरिक्त वि. ४. बाहेक। क्रि.वि.
1282 अतिरिक्त वि. ५. बेसीमा; बढीमा।
1283 अतिरिक्त आय ना. नियमित आम्दानीभन्दा बेसी आम्दानी ।
1284 अतिरिक्त कर ना. सामान्य करभन्दा बढी कर।
1285 अतिरिक्त क्रियाकलाप ना. शिक्षणसंस्थामा विद्यार्थीका लागि निर्धारित पाठ्यवस्तुभन्दा बाहिरको क्रियाकलाप (खेलकुद, नाटक, वादविवाद इ.)।
1286 अतिरिक्त न्यायाधीश ना. काममा तैनाथ मुख्य न्यायाधीशको मातहतमा नियुक्त थप न्यायाधीश ।
1287 अतिरिक्त पत्र ना. प्रमुख पत्रसँगै थपिएको अर्को पत्र।
1288 अतिरिक्त बजेट ना. सामान्य बजेटदेखि भिन्न थप बजेट; विकास बजेट ।
1289 अतिरिक्त भार ना. सामान्य काम, खर्च आदिभन्दा बढी पर्न गई हुने बोझ।
1290 अतिरिक्त लाभ ना. सामान्यभन्दा धेर मात्रामा प्राप्त हुन आएको लाभ वा लाभांश।
1291 अतिरिक्त व्यय ना. निर्धारितभन्दा धेर खर्च; सामान्यभन्दा धेर खर्च।
1292 अतिरिक्त हुलाक ना. सरकारबाट स्वीकृति प्राप्त गरी स्थानीय जनसहयोगबाट सञ्चालित हुलाक; छोटी हुलाकभन्दा तल्लो तहको हुलाक।
1293 अतिरिक्ताङ्क ना. १. नियमित समयमा प्रकाशित हुने पत्रपत्रिकाको अङ्कबाहेक खास अवसरमा निकालिने थप अङ्क।
1294 अतिरिक्ताङ्क ना. २. पत्रपत्रिका आदिले खास दिन वा अवसरमा थपेर निकालेको अतिरिक्त पृष्ठ (जस्तो -शनिवासरीय अतिरिक्ताङ्क)।
1295 अतिरुचिरा ना. जगण, भगण, सगण र जगणद्वारा बन्ने बाह्र अक्षर भएको र चौथो अक्षरमा यति भएको वार्णिक छन्द।
1296 अतिरेक ना. १. आवश्यकताभन्दा बढी मात्रामा भएको स्थिति।
1297 अतिरेक ना. २. हुनुपर्नेभन्दा बढी भएको अवस्था।
1298 अतिरेक ना. ३. अतिरिक्त प्रचुरता; आधिक्य; पउल (भावातिरेक, हर्षातिरेक इ.)।
1299 अतिवादी वि. १. कुनै कुरा, सिद्धान्त वा काममा पराकाष्ठामा पुग्ने; उग्र।
1300 अतिवादी वि. २. ज्यादै क्रान्तिकारी; उग्रपन्थी; उग्रवादी; चरमपन्थी।