Dictionary

All Word

94751 हौवा ना. २. मनमा त्रास पैदा गराउने काल्पनिक वस्तु ।
94752 हौसनु अ.क्रि. उत्साहित हुनु; रौसनु।
94753 हौसला ना. १. कुनै सन्तोष तथा प्रसन्नता पाउन चाहिने हिम्मत वा साहस; उत्साह आँट।
94754 हौसला ना. २. सामर्थ्य; शक्ति।
94755 हौसला ना. ३. आकाङ्क्षा; अभिलाषा।
94756 हौसाइ ना. हौसने भाव, क्रिया वा प्रक्रिया ।
94757 हौसाइनु अ.क्रि. हौसने होइनु।
94758 हौसाउनु स.क्रि. १. उक्साउनु; रौसाउनु। अ.क्रि.
94759 हौसाउनु स.क्रि. २. हौसिनु।
94760 हौसिनु अ.क्रि. उत्साहित हुनु; काम गर्न तम्सिनु; सुरिनु।
94761 हौस्याइ ना. हौसिने तथा हौस्याउने भाव, क्रिया वा प्रक्रिया ।
94762 हौस्याइनु क.क्रि. हौसला दिइनु।
94763 हौस्याउनु प्रे. क्रि. हौसला दिनु; उत्साहित पार्नु; सुऱ्याउनु।
94764 ह्नेदिक ना. यो. १. समीप; निकट; नगिच।
94765 ह्नेदिक ना. यो. २. अगाडि; अधि; अघिबाट ।
94766 ह्याइनु क.क्रि. ह्याउने काम गरिनु।
94767 ह्याउ ना. १. आत्मबल; मानसिक बल।
94768 ह्याउ ना. २. साहस; हिम्मत; आँट ।
94769 ह्याउनु स.क्रि. १. अपमान गर्नु; हेला गर्नु; तुच्छ ठान्नु।
94770 ह्याउनु स.क्रि. २. बेवास्ता गर्नु; हेप्नु।
94771 ह्याकुलो ना. छातीको अगिल्लो उठेको भाग; छाती।
94772 ह्याङ्गर ना. १. हवाईजहाज आदि राख्ने घर; विमानशाला।
94773 ह्याङ्गर ना. २. कोट आदि झुन्ड्याउने काठ वा तारको साधन।
94774 ह्युम ना. लामाहरूको धर्मग्रन्थ।
94775 ह्युमपाइप ना. खहरे, कुलो आदिको पानी सडकको वार पार गराउन राखिने सिमेन्टको ढ्वाङ ।
94776 ह्रद ना. १. प्राकृतिक रूपले पानी जमेको ठाउँ, ठुलो तलाउ; दह (जस्तो- नागहृद)।
94777 ह्रद ना. २. ध्वनि; नाद।
94778 ह्रद ना. ३. किरण ।
94779 ह्रस्व वि. १. छोटो कदको; पुड्को; गान्टे।
94780 ह्रस्व वि. २. लामो नभएको; अपेक्षाकृत छोटो।
94781 ह्रस्व वि. ३. एक मात्राको वा एक मात्राकालमा उच्चरित हुने; लघु (अ इ उ ऋ स्वर )।
94782 ह्रस्वदीर्घ ना. ह्रस्व र दीर्घ; ह्रस्वदीर्घसम्बन्धी वर्णविन्यास ।
94783 ह्रस्वीभवन ना. दीर्घ स्वर ह्रस्व स्वरमा परिवर्तित हुने प्रक्रिया ।
94784 ह्रास ना. १. कुनै व्यक्ति वा वस्तुको गुण, अस्तित्व, मात्रा आदि क्रमशः घट्तै जाने क्रिया वा स्थिति; न्यूनता; कमी।
94785 ह्रास ना. २. विनाश; क्षय; क्षीणता।
94786 ह्रासोन्मुख वि. ह्रास हुन थालेको; घट्दै गएको; पतनोन्मुख।
94787 ह्लाद ना. प्रसन्नता; खुसीयाली; आह्लाद।
94788 ह्लादक वि. प्रसन्न गराउने; खुसी तुल्याउने; आह्लादक।
94789 ह्लासा ना. तिब्बत स्वशासित क्षेत्रको राजधानी; ल्हासा।
94790 ह्वाँ ना. चर्को रूपमा रुँदा मुखबाट निस्कने आवाज।
94791 ह्वाँ ह्वाँ क्रि.वि. डाँको छोडेर रुने गरी।
94792 ह्वाइ ना. तामाङ जातिमा प्रचलित धार्मिक जात्रा र चाडपर्वमा गाइने प्रायः मानवसृष्टिसँग सम्बन्धित विषय भएको लोकगीत ।
94793 ह्वार्र क्रि.वि. १. दाउरा; बत्ती आदि बल्दा एकैबाजि ज्वाला उठ्ने गरी; हुर्र।
94794 ह्वार्र क्रि.वि. २. निकै जोडले पानी पर्ने किसिमसित।
94795 ह्वार्रहह्वार्र क्रि.वि. लगातार हवार भएर।
94796 ह्वाङह्वाङ क्रि.वि. १. बाघ, सिंह आदि गवा ठुलो स्वर गरी कुकुर भुक्ने किसिमसित।
94797 ह्वाङह्वाङ क्रि.वि. २. ठुलो खोलो कराएको आवाज सुनिने गरी । ना.
94798 ह्वाङह्वाङ क्रि.वि. ३. त्यस्तो गर्जाइ, भुकाइ कराइको आवाज ।
94799 ह्वाङह्वाङी/ह्वाङह्वाङ्ती क्रि.वि. १. ह्वाङवाङको ठुलो आवाजका साथमा।
94800 ह्वाङह्वाङी/ह्वाङह्वाङ्ती क्रि.वि. २. घर, कोठा, दुलो आदि खाली वा खुला हुने गरी; छर्लङ्ङ देखिने चालसित; ड्वाङड्वाङती।