Dictionary

All Word

94501 हृद्गत वि. २. आन्तरिक; भित्री।
94502 हृद्य वि. १. अति मन परेको; प्यारो।
94503 हृद्य वि. २. हृदयसम्बन्धी; हार्दिक ।
94504 हृद्य वि. ३. सुन्दर; मनोहर।
94505 हृद्य वि. ४. मिठो ; स्वादिष्ठ।
94506 हृषीकेश ना. १. इन्द्रियहरूका स्वामी मानिने विष्णु।२. श्रीकृष्णको एक नाम।
94507 हृषीकेश ना. ३. भारतको हरिद्वारनजिकै उत्तरपूर्वमा रहेको एक प्रसिद्ध तीर्थ ।
94508 हृष्ट वि. खुसी भएको; प्रसन्न; हर्षित ।
94509 हृष्टपुष्ट वि. १. बलियो र मोटो; मोटोघाटो।
94510 हृष्टपुष्ट वि. २. प्रसन्न र स्वस्थ।
94511 हे वि.बो. कसैलाई बोलाउँदा नामको अगाडि लगाइने अव्यय; सम्बोधनसूचक शब्द; ए।
94512 हेँगा ना. रोपाइँका बेलामा गोरुद्वारा तानेर खेतको हिलो सम्याउने काठको बाक्लो र लाम्चो फलेक; लिँडुल्को ।
94513 हेँडिक ना. १. बन्धकी राखिएको जग्गा वा वस्तु।
94514 हेँडिक ना. २. एउटाले भोगबन्धकी खाइरहेको जग्गा, अर्काले रुपियाँ तिरी ल्याएको पछिको तमसुकमा भिडिने पहिलो तमसुकको कागत ।
94515 हेँहेँ ना. हीँहीँ।
94516 हेइ ना. भैँसीलाई बोलाउँदा भनिने शब्द ।
94517 हेका/ हेक्का ना. १. स्मरणशक्ति; स्मृति; सम्झना; याद।
94518 हेका/ हेक्का ना. २. हृदय; मन।
94519 हेगुवा ना. ऐँसेलुको एक बोट, मयलका जत्रा र अलि फुसा पात हुने बोट।
94520 हेङ्गा ना. माछाको एक जात।
94521 हेट ना. १. तलको ठाउँ; छिंडी।
94522 हेट ना. २. पर्वतको फेदी; खुँज; कछार ।
94523 हेटान पहाडको फेदी; खुँज।
94524 हेटौँडा ना. १. पर्वतको पुछारको ठाउँ।
94525 हेटौँडा ना. २. नारायणी अञ्चलको क प्रसिद्ध औद्योगिक क्षेत्र ।
94526 हेड वि. १. प्रधान; मुख्य। ना.
94527 हेड वि. २. टाउको; शिर।
94528 हेड आफिस ना. प्रधान कार्यालय ।
94529 हेड क्लर्क ना. मुख्य कारिन्दा।
94530 हेड क्वाटर ना. सेना वा सैनिक सङ्गठनको केन्द्रीय कार्यालय ।
94531 हेड गुरु / पण्डित ना. मूल गुरु; प्रधान अध्यापक (पहिले-पहिले संस्कृत पाठशालामा प्रचलित )।
94532 हेड मास्टर ना. प्रधान अध्यापक।
94533 हेड लाइट ना. मोटर, रेल आदिमा अगिल्तिर जडिएको बत्ती; अग्रदीप।
94534 हेतु ना. १. कारण; प्रयोजन।
94535 हेतु ना. २. लक्ष्य; उद्देश्य; अभिप्राय।
94536 हेतु ना. ३. कारणलाई नै कार्यका रूपमा वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
94537 हेतु ना. ४. तर्कशास्त्रअनुसार कुनै सिद्धान्त स्थिर हुने युक्ति; साधन।
94538 हेतुवाद ना. १. प्रत्येक कुराको हेतु खोज्ने वा तर्क गर्ने नैयायिक मत।
94539 हेतुवाद ना. २. नास्तिकवाद।
94540 हेतुवाद ना. ३. तर्क; विवाद ।
94541 हेतुवादी वि. हेतुवादको अनुयायी।
94542 हेत्वाभास ना. निष्कर्षमा कारण नभए पनि कारण जस्तै देखिने स्थिति; कारणहीन तथ्यमा कारणको आभास आउने एक नैयायिक सिद्धान्त ।
94543 हेत्वापह्नुति ना. साहित्यमा उमपेयका निषेधको कारण देखाएर उपमानको प्रस्थापन गरिँदा हुने अपहनुति अलङ्कारको एक भेद।
94544 हेप्नु स.क्रि. १. कसैको डर, धाक, अदप आदि नमान्नु; अटेऱ्याइँ गर्नु।
94545 हेप्नु स.क्रि. २. बल, बुद्धि अवस्था आदिमा अरूलाई आफूभन्दा तलको ठान्नु; अपमान गर्नु; हियाउनु।
94546 हेप्नु स.क्रि. ३. थिचोमिचो गर्नु; दबाउनु।
94547 हेप्नु स.क्रि. ४. बेवास्ता गर्नु; हेला गर्नु।
94548 हेपाइ ना. हेप्ने भाव, क्रिया वा प्रक्रिया।
94549 हेपाइनु क.क्रि. हेप्न लाइनु।
94550 हेपाउनु प्रे. क्रि. हेप्न लाउनु।