Dictionary

All Word

94401 हुर्दुराउनु अ.क्रि. ३. चटारिनु; हुर्दुरिनु।
94402 हुर्दुरिनु क.क्रि. हुर्दुराउने काम गरिनु।
94403 हुर्दुरे वि. हुर्दुराउने; हडबडे; हतपते।
94404 हुर्दुऱ्याइ ना. हुर्दुरिने भाव, क्रिया वा प्रक्रिया।
94405 हुर्मत ना. १. इज्जत; प्रतिष्ठा; आबरु।
94406 हुर्मत ना. २. मान; गौरव।
94407 हुर्मतहारा वि. हुर्मत नभएको; बेइज्जती; नामर्द; हुतीहारा।
94408 हुऱ्याइ ना. १. हुर्रिने भाव, क्रिया वा प्रक्रिया । [हुऱ्याउ+याइ]
94409 हुऱ्याइ ना. २. ना. हुऱ्याउने भाव, क्रिया वा प्रक्रिया ।
94410 हुऱ्याइनु क.क्रि. वेगसित फालिनु।
94411 हुऱ्याउनु स.क्रि. वेगसित फ्याँक्नु; हुर्र मिल्काउनु; हुत्त्याउनु; हुच्चनु।
94412 हुर्हुर क्रि.वि. ज्वालाका राँको निकालेर आगो दने गरी।
94413 हुर्हुरे ना. एउटै भेट्नामा मिलेका पाँचपाँचवटा पात हुने, लामालामा खैरा रङका केशर भएका ससाना फूल फुल्ने र तोरीका जस्ता कोसा फल्ने एक बुटी; जलब्राह्मी।
94414 हुलाइ ना. हुल्ने भाव, क्रिया वा प्रक्रिया ।
94415 हुलाइनु क.क्रि. हुल्न लाइनु।
94416 हुलाउ ना. हुल्ने वा भर्ना हुने काम; प्रवेश ।
94417 हुलाउनु प्रे. क्रि. हुल्न लाउनु।
94418 हुलाक ना. १. चिठीपत्र र पार्सल आदि लिने, ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा; डाँक।
94419 हुलाक ना. २. डाँकबाट आवतजावत गर्ने सामग्री; चिठीपत्र पार्सल आदि।
94420 हुलाक अड्डा ना. हुलाकसम्बन्धी काम गर्ने अड्डा; पोस्ट-आफिस।
94421 हुलाक गोस्वारा ना. देशभरको हुलाक - अड्डालाई सञ्चालन गर्ने केन्द्रीय हुलाक अड्डा; गोस्वाराहुलाक।
94422 हुलाक घर ना. हुलाक रहेको घर; डाँकघर; हुलाकअड्डा।
94423 हुलाक टिकट ना. डाँकसम्बन्धी मामिलाका लागि सरकारबाट जारी गरिएको टिकट ।
94424 हुलाक पत्र ना. हुलाकबाट आउने जाने चिठी।
94425 हुलाक महसुल ना. डाँकमहसुल ।
94426 हुलाक वस्तु ना. हुलाकका चिठीपत्र र पार्सल आदि।
94427 हुलाक सार ना. १. सरकारी तहमा एक अड्डाले अर्को अड्डालाई जिम्मा लगाउँदै मोफसलबाट सरहदमा र सरहदबाट कुनै तोकिएको ठाउँमा चिजबिच, मानिस आदि पुऱ्याउने काम।
94428 हुलाक सार ना. २. दुनियाँदारी तहमा एक जिल्लाबाट कुनै वस्तु अर्को जिल्ला वा ठाउँमा पठाउँदा बिचबिचमा पर्ने जिमिदार वा गाउँको मुखियाछेउ जिम्मा लगाउँदै सो वस्तु तोकेको ठाउँमा पुयाउने काम।
94429 हुलाकी वि. १. हुलाकको; डाँकसम्बन्धी। ना.
94430 हुलाकी वि. २. हुलाकमा आएका चिठीपत्र ओसारपसार तथा वितरण गर्ने कर्मचारी।
94431 हुलाक घर ना. हुलाक - अड्डा।
94432 हुलिया ना. १. मानिस वा वस्तुको चिनारी गराउने रूप, रङ्ग, आकृति, चिह्न आदिको विवरण।
94433 हुलिया ना. २. रूप; आकृति; बनोट।
94434 हुलिया ना. ३. विवरण।
94435 हुलिया ना. ४. खोलुवा कैफियत।
94436 हुलुक्क क्रि.वि. खाएको वस्तु घाँटीबाट बाहिर निस्कने गरी; वमन गर्ने वा छादने चालमा।
94437 हुल्नु स.क्रि. १. भित्र पसाल्नु; छिराउनु; अँचेट्नु।
94438 हुल्नु स.क्रि. २. कोच्नु; घुसार्नु।
94439 हुल ना. धेरै मानिसहरूको समूह; प्राणीहरूको समूह; जमात।
94440 हुलकुल ना. दङ्गा र विद्रोह; हुल उठाएर गरिने विद्रोह; आतङ्क।
94441 हुलचाल ना. हुलदङ्गा; हुलमुल।
94442 हुलदङ्गा ना. धेरै मानिसका बिचको झगडा; साम्प्रदायिक कलह; उपद्रव; मारपिट; लुटमार।
94443 हुलमूल ना. धेरै मानिसको भिड; भिडभाड; ठेलमठेल।
94444 हुलहाल ना. हुलमुल।
94445 हुलहुज्जत ना. धेरै जना वा जमातै मिलेर गरिएको दङ्गा; हुलदङ्गा।
94446 हुल्याहा वि. १. हुलदङ्गा मच्चाउने; उपद्रो गर्ने; बिथोल्ने।
94447 हुल्याहा वि. २. हुलदङ्गा गर्न दल बाँधेर हिँड्ने।
94448 हुल्लड ना. १. हुल्दङ्गा; होहल्ला | वि.
94449 हुल्लड ना. २. हुल्याहा।
94450 हुल्लडबाज वि. हुल्लड मच्चाउने; हुल्याहा।