Dictionary

All Word

94301 हुनामी ना. हुनुपर्ने कुरा; भवितव्य; नभइनछोड्ने कामकुरो।
94302 हुनिया ना. प्रायः हिमालका फेदीतिर रहने र घरजम नगर्ने एक फिरन्ता जाति ।
94303 हुनिविघ्न वि. हुनसम्मको।
94304 हुनिहार ना. सम्भावित कुरो वा घटना; हुनेहुनामी; भवितव्यता।
94305 हुनी ना. हुनुपर्ने कामकुरो; हुनुहुनामी।
94306 हुनु अ.क्रि. १. विद्यमान रहनु; मौजुद रहनु।
94307 हुनु अ.क्रि. २. बन्नु; निर्माण गरिनु।
94308 हुनु अ.क्रि. ३. रूप वा स्थिति बदलिनु; एक रूपबाट अर्को रूपमा परिवर्तन देखिनु।
94309 हुनु अ.क्रि. ४. कुनै घटना वा व्यवहार प्रत्यक्ष रूपमा आउनु।
94310 हुनु अ.क्रि. ५. रोग, व्याधि आदिले सताउनु।
94311 हुनु अ.क्रि. ६. ठिक समय आउनु; कुनै प्रयत्नको परिणाम निस्कनु।
94312 हुनु अ.क्रि. ७. अनुमति, अनुकूलता, स्वीकृति; स्वभाव आदिको भाव जनाउनु।
94313 हुनुहुनामी ना. सम्भावित कामकुरो वा घटना; भइछाड्ने कुरा; भवितव्यता।
94314 हुने ना. १. हुनुपर्ने वा भएको।
94315 हुने ना. २. सम्पन्न।
94316 हुने ना. ३. राम्रो खानपिन भएको।
94317 हुने कुरो ना. १. मिल्दो कुरो उचित बात।
94318 हुने कुरो ना. २. भवितव्यता।
94319 हुनेखाने वि. हुँदोखाँदो; सम्पन्न; धनी।
94320 हुनेहार ना. सम्भावित कुरो वा घटना; हुनेहुनामी; भवितव्य।
94321 हुनेहुनामी ना. हुनुहुनामी |
94322 हुन्डर ना. १. हुलदङ्गा; हुलहुज्जत; होहल्ला।
94323 हुन्डर ना. २. ठुलो हावा; आँधी; तुफान।
94324 हुन्डरी वि. १. हुन्डर मच्चाउने; उपद्रवी; उपद्रो गर्ने।
94325 हुन्डरी वि. २. हडबडसँग काम गर्ने। ना.
94326 हुन्डरी वि. ३. हुन्डर।
94327 हुन्डी ना. १. धनसम्पत्ति लेनदेन गर्ने कुनै सङ्घ वा संस्थाद्वारा अन्यत्र रहेका आफ्ना वा अरू सङ्घसंस्थालाई 'कुनै वस्तु वा रुपियाँपैसा फलानालाई दिनू' भनी लेखिएको पत्र।
94328 हुन्डी ना. २. त्यसरी पठाइएको धनमाल।
94329 हुन्डो ना. पानी राख्ने ढकनी भएको तामाको ठुलो गाग्रो वा घ्याम्पो; रोँचा; रोँचे।
94330 हुन्न क्रि.वि. १. भमरो; माहुरी; झिँगा आदि भन्कँदा सुनिने गरी; भमरा आदि कराउने चालले। ना.
94331 हुन्न क्रि.वि. २. भमरा, माहुरी, झिङ्गा आदिको भुनभुनाहट।
94332 हुन्यौलो वि. पछि असल हुने ठानिएको; होनहार।
94333 हुप १ ना. लुगाफाटोको सप्को अल्झाउन वा कपडाको छेउ अड्याउन प्रयोग गरिने धातुबाट निर्मित अङ्कुसे साधन; सेफ्टी पिन।
94334 हुप २ ना. वातविकारको प्रभावले एक्कासि पिठिउँ चस्केर दुख्ने व्यथा; झस्को।
94335 हुपहारा वि. आँट नभएको; काँथर (हुपहारा छोरो; रूपहारा छोरी- उखान)।
94336 हुप्प क्रि.वि. १. कुनै घाउचोट आदिको कारणले उक्सने वा सुनिने गरी।
94337 हुप्प क्रि.वि. २. घमन्ड वा रिसले फुल्ने चालले।
94338 हुबहु क्रि.वि. सकलीजस्तो; उस्तै; दुरुस्त; काटीकुटी।
94339 हुमाउ चरो ना. लामालामा धेरै प्वाँख हुने, उक्त प्वाँको कल्की बनाई राजामहाराजाहरूका शिरपेचमा लगाइने, सानो जिउ भएको सेतो वा पहेँलो एक जातको चरो।
94340 हुमे ना. होम गर्ने ब्राह्मण; पुरोहित; पुरेत।
94341 हुमेडुमे ना. पुरेत र दमाईं।
94342 हुमेलो ना. घरायसी कामकाजमा वा विवाह आदिमा भेला भएका मानिसहरूको भिड; हुलमूल।
94343 हुम् ना. १. सम्झना, दुबिधा, आशङ्का, रिस, घृणा आदि मानसिक भाव जनाउने शब्द।
94344 हुम् ना. २. तन्त्रशास्त्रमा मन्त्रको अघिल्तिर वा पछिल्तिर प्रयोग गरेर भूतप्रेत आदिको लागो निवारण गर्ने बीजमन्त्र |
94345 हुम्ला ना. कर्णाली अञ्चलको उत्तरपश्चिम भेगमा पर्ने एक जिल्ला।
94346 हुरहुर क्रि.वि. १. दन्केर आगो बल्ने गरी; ह्वारह्वार।
94347 हुरहुर क्रि.वि. २. हावा चल्ने गरी।
94348 हुरहुर क्रि.वि. ३. धेरै मानिसहरू एकैसाथ पस्ने वा निस्कने गरी।
94349 हुरहुरती क्रि.वि. अझै हुरहुर हुने गरी।
94350 हुरहुराइ ना. हुरहुराउने भाव, क्रिया वा प्रक्रिया ।