Dictionary

All Word

94151 हिस्सा विभाजन ना. अंशभाग गर्ने काम; बाँडफाँड ।
94152 हिस्सिनु अ.क्रि. १. चाहेको वस्तु नपाएर निराश हुनु; हिस्स पर्नु; जिल्लिनु।
94153 हिस्सिनु अ.क्रि. २. खिसिक्क हुनु; ङिच्च पर्नु।
94154 हिस्सी ना. हिसी ; सौन्दर्य।
94155 हिस्सी परेको वि. छाँटकाँट मिलेको; ज्यादै सुन्दर (अनुहार, रूप आदि)।
94156 हिस्सेदार वि. १. कुनै किसिमको सम्पत्ति वा व्यवसायमा हिस्सा भएको; भागबन्डाको हकदार; अंसियार। ना.
94157 हिस्सेदार वि. २. त्यस्तो हिस्सा वा हक भएको व्यक्ति।
94158 हिस्सेदारी ना. १. १ हिस्सेदारको हक; हिस्सा ; भाग; अंश।
94159 हिस्सेदारी ना. २. साझा; गोस्वारा।
94160 हिस्स्याइ ना. १. हिस्सिने भाव, क्रिया वा प्रक्रिया |[ हिस्स्याउ + आइ]
94161 हिस्स्याइ ना. २. हिस्स्याउने भाव, क्रिया वा प्रक्रिया |
94162 हिस्स्याइनु क.क्रि. हिस्स पारिनु; जिल्ल्याइनु।
94163 हिस्स्याउनु स.क्रि. १. चाहनाको वस्तु नदिएर वा अवरोध खडा गरेर निराश पार्नु हिस्स पार्नु।
94164 हिस्स्याउनु स.क्रि. २. खिसिक्क तुल्याउनु; ङिच्च पार्नु।
94165 हीँ वि.बो. १. लाचारी वा लज्जाको भाव व्यक्त गर्दा मुखबाट निस्कने शब्द। क्रि.वि.
94166 हीँ वि.बो. २. कमजोरी व्यक्त गर्ने चालले; दीनतापूर्वक रुने गरी।
94167 हीँ वि.बो. ३. हार स्वीकार गरेर लजाउँदै।
94168 हीँहीँ ना. १. लाचारी प्रकट गर्ने वा अनकनाएको भाव जनाउने शब्द; हेँ हेँ। क्रि.वि.
94169 हीँहीँ ना. २. केटाकेटी रुँदा निस्कने शब्द जसरी।
94170 हीँहीँ ना. ३. विनम्र भएर खुसामद गर्दा प्रयोग गरिने शब्द झैँ ।
94171 हीन वि. १. अधम; क्षुद्र; नीच।
94172 हीन वि. २. कम; घटी।
94173 हीन वि. ३. निन्दा गर्न योग्य; गर्हणीय।
94174 हीन वि. ४. गरिब; दीन।
94175 हीन वि. ५. पद, मार्ग, स्थान आदिबाट च्युत; भ्रष्ट।
94176 हीन वि. ६. नाम पदका पछि गाँसिएर नभएको, रहित, तुच्छ आदि अर्थ बुझाउने शब्द (जस्तो- पुत्रहीन, भाग्यहीन, मतिहीन आदि)।
94177 हीनता ना. हीन हुनाको भाव, गुण वा अवस्था; कमी; न्यूनता।
94178 हीनताग्रन्थि ना. आफूलाई हीन वा कमजोर सम्झने मनोरोग; हीनताबोध ।
94179 हीनताबोध ना. आफूलाई हीन सम्झने वा आफू सानो हुँ भन्ठान्ने मानसिक भावना; हीन भावनाको बोध; हीनताग्रन्थि।
94180 हीनताभास ना. हीनताको प्रतीति; हीनत्वबोध ।
94181 हीनत्व ना. आफूलाई हीन वा कमजोर मान्ने प्रवृत्ति; हीनता।
94182 हीनबुद्धि / हीनमति वि. बुद्धि नभएको; मतिहीन; मूर्ख ।
94183 हीनयान ना. कर्मकाण्डपद्धति नमान्ने बौद्धधर्मीहरूको एक सम्प्रदाय; बौद्ध सम्प्रदायका हीनयान, महायान र वज्रयान तीन सम्प्रदायमध्ये एक।
94184 हीरक ना. हीरा।
94185 हीरक जयन्ती ना. कुनै विशेष व्यक्ति, संस्था, कार्य आदिको जन्म भएको साठी वर्षमा प्रवेश हुँदा मनाइने विशेष उत्सव ।
94186 हीरा ना. हे. हिरा।
94187 हीही ना. १. घोडा कराएको आबाज; हिनहिनाहट।
94188 हीही ना. २. हल्का हाँसोमा सुनिने शब्द ।
94189 हुँ वि.बो. कसैलाई तर्साउन वा हप्काउन बोलिने शब्द; हाँ।
94190 हुँगिया ना. दन्त्यकथामा डुँगियासँग लोली मिलाउन प्रयोग गरिएको एक कल्पित रुख।
94191 हुँडल्नु स.क्रि. १. तरल वा लेदो पदार्थ एक जिउ हुने गरी चलाउनु; घोल्नु।
94192 हुँडल्नु स.क्रि. २. रोटी पकाउन पानी मिसिएको पिठोफेट्न; फाउनु।
94193 हुँडल्नु स.क्रि. ३. हुँडलो मच्चाउनु; झगडा उठाउनु; राडो मच्चाउनु।
94194 हुँडलहाँडल ना. कुनै वस्तु हुँडल्ने र चलाउने काम; तलमाथि र वरपर पार्ने काम।
94195 हुँडलाइ ना. हँडल्ने भाव, क्रिया वा प्रक्रिया।
94196 हुँडलिनु अ.क्रि. १. तरल वा लेदो पदार्थ चल्नु; घोलिनु।
94197 हुँडलिनु अ.क्रि. २. मिसिनु। क.क्रि.
94198 हुँडलिनु अ.क्रि. ३. हँडल्ने काम गरिनु; फेटिनु।
94199 हुँडलो ना. धेरै जनाका बिचको मनोमालिन्य; राडो; रडाको; खिचलो।
94200 हँडल्याइ ना. हँडलिने भाव, क्रिया वा प्रक्रिया ।