Dictionary

All Word

94001 हिम ना. ४. कुइरो; हुस्सु।
94002 हिम ना. ५. हिमालय पर्वत। वि.
94003 हिम ना. ६. ठन्डा; शीतल।
94004 हिमकण ना. हिउँ वा तुसाराको सानो कण; शीतविन्दु |
94005 हिमकर ना. चन्द्रमा।
94006 हिमकल्प ना. पुरातत्त्वशास्त्रका अनुसार हिमयुगको समस्त भाग; आजभन्दा लगभग दश लाख वर्षपूर्वको समय; पूर्वहिमानीको अन्तिम समयमा प्रारम्भ भएर हिमान्युत्तर समयभन्दा पूर्वको समय।
94007 हिमचिम ना. चिनाजानी; जानपहिचान; बसाउठी।
94008 हिमचुली ना. हिमशिखर; हिउँचुली।
94009 हिमताल ना. हिमाली क्षेत्रमा भएका हिउँका ताल।
94010 हिमनद ना. हिउँले बनेको नदी; हिउँ बग्ने खोलो।
94011 हिमनदी ना. चुचुरामा हिउँको भार धेरै भई पहाडको सतहदेखि नै खसेर तलतिर बग्न थालेको हिउँ; हिमनद; अति चिसो पानी हुने नदी।
94012 हिमपात ना. पानी पर्ने प्रदेशमा ज्यादै जाडो भएर हिउँ बस काम; जाडो याममा लेकतिर हुने हिउँको पतन |
94013 हिममलेवा ना. नेपालको लेकाली भेगमा पाइने मलेवा चरो।
94014 हिममानव ना. हिमालमा बस्ने, मनुष्यका आकारको प्राणी; यति सोक्पा; याँठे।
94015 हिमयुग ना. पुरातत्त्वशास्त्रका अनुसार हिमकल्पका विभिन्न हिमानी (प्रथम, प्रथम अन्तर, द्वितीय, द्वितीय अन्तर,तृतीय, तृतीय अन्तर र चतुर्थ) समयमध्ये कुनै एक समय; सम्पूर्ण हिमानीसमय।
94016 हिमरेखा ना. हिउँ नपग्लिई सधैँ जमिरहने भूमिको सीमारेखा।
94017 हिमवान् ना. १. हिमालय पर्वत। वि.
94018 हिमवान् ना. २. हिउँ भएको।
94019 हिमशिखर ना. हिमचुली; हिउँचुली; हिमालय।
94020 हिमशिला ना. हिउँको ढिका; बरफ ।
94021 हिमशृङ्खला ना. हिमालय पर्वतका पङ्क्ति; हिमालयका श्रेणी।
94022 हिमशैल ना. हिमालय पर्वत।
94023 हिमांशु ना. १. चन्द्रमा।
94024 हिमांशु ना. २. कपुर।
94025 हिमाइत ना. १. पक्षपात; हिमायत।
94026 हिमाइत ना. २. बेवास्ता गर्ने भाव; उपेक्षा।
94027 हिमाइती वि. १. पक्षपाती हिमायती।
94028 हिमाइती वि. २. उपेक्षा वा बेवास्ता गर्ने।
94029 हिमाइते वि. हिमाइती।
94030 हिमागर ना. हिमक्षेत्रमा हिमनदीले बनाएको खाडल।
94031 हिमाङ्क ना. १. पानी जम्ने तापक्रम।
94032 हिमाङ्क ना. २. चन्द्रमा।
94033 हिमाङ्क ना. ३. कपुर।
94034 हिमाचल ना. हिमालय पर्वत।
94035 हिमाच्छादित वि. हिउँले ढाकेको; हिउँ नै हिउँ भएको।
94036 हिमाद्रि ना. हिमाल; हिमालय पर्वत; हिमाचल।
94037 हिमानी ना. १. हिउँको थुप्रो; हिउँको रास।
94038 हिमानी ना. २. हिमयुग।
94039 हिमानी माटो ना. हिमनदीको प्रभावबाट बनेको माटो; हिमनदीले सोहोरेर ल्याएको माटो।
94040 हिमान्युत्तर ना. पुरातत्त्वशास्त्रका अनुसार हिमयुगपछिको समय; इसाभन्दा दश हजार वर्षपूर्वको समय; नवाश्मयुग वा आधुनिक युग प्रारम्भ भएको समय।
94041 हिमायत ना. १. बेवास्ता गर्ने काम; उपेक्षाभाव।
94042 हिमायत ना. २. पक्षपात; तरफदारी।
94043 हिमायती वि. १. पक्षपात गर्ने; पक्ष लिने।
94044 हिमायती वि. २. अटेर; उपद्रवी।
94045 हिमाल ना. हिमालय।
94046 हिमाल चुली ना. १. हिउँचुली।
94047 हिमाल चुली ना. २. नेपालको गोरखा र लमजुङ जिल्लाको सिमानामा रहेको ७,८९३ मिटर अग्लो पर्वत।
94048 हिमाल चेरी ना. विभिन्न आकारका धेरै पात हुने; घोगाजस्तो भएर फुल्ने एक सदाबहार रुख।
94049 हिमालय ना. नेपालको उत्तरी सीमाक्षेत्रमा वारपार पसारिएको; टाकुराहरू सधैँजसो हिउँले ढाकिरहने; उँचो पर्वतमाला; हिमशृङ्खला।
94050 हिमालय पर्वत ना. खरीमाटो वा खरीढुङ्गाको युगमा सृष्टि भएको पर्वत; आजभन्दा लगभग तेह्र करोड पचास लाख वर्षपहिले सृष्टि भएको पहाड; हिमालय |