Dictionary

All Word

94451 हुल्लडबाजी ना. हुल्लडबाजहरूद्वारा गरिने उपद्रव।
94452 हुल्ला ना. १. हुल मिलेर गरिने उपद्रव; हुलदङ्गा।
94453 हुल्ला ना. २. हुल; जमात।
94454 हुस्स क्रि.वि. १. धुवाँजस्तो कुहिरो फैलने गरी।
94455 हुस्स क्रि.वि. २. फुल्ने वा उक्सने किसिमले।
94456 हुस्स क्रि.वि. ३. दुध, पानी आदि उम्लने गरी।
94457 हुस्सिनु अ.क्रि. हुस्स फुल्नु; सुन्निनु; उक्सिनु।
94458 हुस्सु १ ना. धुवाँजस्तो पातलो कुहिरो।
94459 हुस्सु २ वि. १. होस नभएको; सुद्धी नभएको।
94460 हुस्सु २ वि. २. मूर्ख; बेबकुफ ।
94461 हुस्सुदण्ड ना. होस नपुऱ्याई काम गरेका कारणले हुने दण्ड, बेकुफी दण्ड।
94462 हुस्से ना. बिहान भुइँमै लाग्ने बाक्लो कुहिरो; हुस्सु।
94463 हुस्स्याइ ना. १. हुस्सिने भाव, क्रिया वा प्रक्रिया। [हुस्स्याउ+आइ]
94464 हुस्स्याइ ना. २. हुस्स्याउने भाव, क्रिया वा प्रक्रिया |
94465 हुस्स्याइनु क. क्रि. हुस्सिने पारिनु।
94466 हुस्स्याउनु प्रे. क्रि. हुस्सिने पार्नु; हुस्सिन लाउनु।
94467 हू ना. हे. हु।
94468 हूण / हून ना. १. कैयन्पल्ट भारतको पश्चिमोत्तर सीमामा आक्रमण गर्ने, प्राचीन एक म्लेच्छ जाति।
94469 हूण / हून ना. २. सम्भवतः हूणकै देशमा प्रचलित स्वर्णमुद्रा ।
94470 हूल ना. हे. हुल।
94471 हृत वि. १. हरण गरिएको; खोसिएको।
94472 हृत वि. २. चालै नपाइने गरी झिकिएको; चोरिएको।
94473 हृत वि. ३. मुग्ध पारिएको; मोहित।
94474 हृति ना. हरण गर्ने क्रिया वा भाव; हरण; खोसाइ।
94475 हृत्कम्प ना. हृदयको कम्पन; मुटुको धुकधुकी वा चाल ।
94476 हृत्केन्द्र ना. हृदयको मध्य भाग; हृदय।
94477 हृत्तन्त्री ना. हृदयरूपी तन्त्री वा वीणा; हृदयमा बज्ने तार।
94478 हृदय ना. १. प्रायः सबै प्राणीको शरीरमा छातीभित्र बायाँतिर हुने, स्पन्दनद्वारा शरीरभरिका नाडीहरूमा शुद्ध रगत फिँजाउने मांसकोश; मुटु।
94479 हृदय ना. २. अन्त॒रात्मा; अन्तःकरण; चित्त; मन।
94480 हृदय ना. ३. असल र खराब छुट्ट्याउने शक्ति; विवेक।
94481 हृदय ना. ४. कुनै वस्तुको सारतत्त्व वा भित्री रहस्य।
94482 हृदय ना. ५. ज्यादै प्यारो व्यक्ति।
94483 हृदय ना. ६. कोमल भावना; भावुकता।
94484 हृदयग्राही वि. हृदयलाई आकर्षित गर्ने वा वशमा पार्ने; रुचिकर तथा सुन्दर।
94485 हृदयङ्गम वि. १. हृदयमा राम्रोसँग घुसेको वा बोध भएको।
94486 हृदयङ्गम वि. २. मर्मलाई छुने; घतलाग्दो; मर्मस्पर्शी ।
94487 हृदयपटल ना. मनको पाटो; भित्री मन ।
94488 हृदयविदारक वि. हृदयलाई छियाछिया पार्ने; मुटु फुट्लाजस्तो; ज्यादै दुःखलाग्दो; दया, करुणा र शोक पैदा गर्ने।
94489 हृदयवेधी वि. हृदयलाई वेधन गर्ने; छेड्ने।
94490 हृदयस्पर्शी वि. १. हृदयलाई स्पर्श गर्ने; मुटु छुने।
94491 हृदयस्पर्शी वि. २. मनलाई द्रवि तुल्याउने; मुटु पगाल्ने।
94492 हृदयहारी वि. मनलाई मोहित पार्ने वा लोभ्याउने; मनोहर।
94493 हृदयहीन वि. मनमा कोमलता नभएको; निष्ठुर; निर्दय।
94494 हृदयालु वि. सहृदय; भावुक; स्नेही।
94495 हृदयेश / हृदयेश्वर ना. १. प्रेमपात्र; प्रियतम।
94496 हृदयेश / हृदयेश्वर ना. २. पति; स्वामी।
94497 हृदयेश्वरी ना. हृदयकी मालिक्नी; पत्नी; प्रियतमा।
94498 हृदाकाश ना. हृदयरूपी आकाश; हृदय।
94499 हृद् ना. हृदय; मन।
94500 हृद्गत वि. १. हृदयमा रहेको; मनमा गढेको।