Dictionary

All Word

94701 होमाउनु प्रे. क्रि. होम गराउनु।
94702 होमियोप्याथ ना. होमियोप्याथी चिकित्साप्रणालीद्वारा उपचार गनेर् व्यक्ति।
94703 होमियोप्याथिक वि. होमियोप्याथीसम्बन्धी; होमियोप्याथीको।
94704 होमियोप्याथी ना. रोगका उस्तै लक्षणहरू उब्जाउने पदार्थद्वारा नै कुनै रोगको निदान गर्ने सिद्धान्तमा आधारित एक पाश्चात्य चिकित्सा प्रणाली ।
94705 होमे वि. १. होम गर्ने; हवन गर्ने। ना.
94706 होमे वि. २. होम गर्ने ब्राह्मणलाई निन्दा गरी भनिने शब्द।
94707 होमे वि. ३. पुरोहित; ब्राह्मण।
94708 होम्नु स.क्रि. १. यज्ञको अग्निकुण्डमा विधिपूर्वक मन्त्र उच्चारण गरी घिउ; चरु आदिको आहुति दिनु; होम गर्नु; हवन गर्नु।
94709 होम्नु स.क्रि. २. कसैलाई खतरनाक काममा अल्झाउनु; झोस्नु।
94710 होरा ना. १. अहोरात्रको चौबिसौँ भाग; एक घण्टाको समय।
94711 होरा ना. २. ज्योतिषशास्त्रका अनुसार जन्मकुण्डलीको ग्रहगति हेरेर शुभाशुभ फल बताउने विद्या, जातकशास्त्र ।
94712 होरा ना. ३. जन्मपत्रिका; लग्नकुण्डली।
94713 होरा ना. ४. कुनै राशि वा लग्नको आधा भाग।
94714 होरा ना. ५. खेतबारी जोत्दा छेउ वा टुङ्गोमा पुगेपछि गोरु फर्काएर अर्को सियामा लगाउन हलीले भन्ने आज्ञावाचक शब्द ।
94715 होरी ना. फागु; होली; होलिकोत्सव।
94716 होलिका ना. १. फागुन शुक्ल पूर्णिमाका दिन दहन गरिने चीर।
94717 होलिका ना. २. होली; फागु।
94718 होली १. फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ छ्यापेर वा अबिर दली आनन्दका साथ मनाइने उत्सव; फागु; होरी |
94719 होली २. फागुका अवसरमा गाइने गीत वा त्यसको लय।
94720 होलो वि. १. श्रम, भार, पैसा आदि कम्ती पर्ने; सजिलो; सरल।
94721 होलो वि. २. भिडभाड नभएको; घुइँचो नभएको।
94722 होलो वि. ३. सजिलैसित कुनै वस्तु छिर्ने वा फुक्ने; खुकुलो।
94723 होलोखुकुलो वि. सजिलो र सन्चसुबिस्ताको।
94724 होलोमोलो ना. होलोखुकुलो।
94725 होल्डर ना. १. नीब जडेर मसीमा चोबी लेख्ने कलम ।
94726 होल्डर ना. २. तारसँग सम्बन्ध गराई बत्ती बाल्न बिजुलीको चिम अड्याउने साधन।
94727 होल्डाल ना. यात्रा गर्दा वा परदेश जाँदा काममा ल्याइने बिछ्याउना, ओढ्ने आदि हाली गुन्टाजस्तो बनाएर बाँधिने ओछ्यानका छाँटको लामो थैलो।
94728 होस ना. १. चेतना; ज्ञान; सुद्धी।
94729 होस ना. २. सम्झना; स्मरण; याद।
94730 होस ना. ३. अक्कल; बुद्धि; समझ ।
94731 होसहवास ना. होस र अक्कल; बुद्धि र सुद्धी।
94732 होसियार वि. १. होस वा चेतना भएको; सचेत; सजग; सावधान ।
94733 होसियार वि. २. समझदार; बुद्धिमान्
94734 होसियार वि. ३. चलाख; धूर्त।
94735 होसियारी ना. १. होसियार हुनाको भाव, गुण वा अवस्था; सावधानी; सचेतता।
94736 होसियारी ना. २. चतुऱ्याइँ, चलाखी।
94737 होसियारी ना. ३. समझदारी; बुद्धिमानी।
94738 होस्टे ना. धेरै जना मिलेर कुनै गह्रौँ वस्तु उचाल्दा, तान्दा वा ठेल्दा एकसाथ बल लगाउन हौसला दिने बोली; गुहार; सहायता।
94739 होस्टेहैँसे ना. समान सहायता; एकनासको बल।
94740 होल्याङ वि. होस वा रङ्गढङ्ग नभएको; सुद्धबुद्धि हराएको; हुस्सु।
94741 होस्ल्याङे वि. होस्ल्याङ; हुस्सु।
94742 होहल्ला ना. भएनभएका कामकुरा वा घटनाको व्यापक हल्ला; हल्लीखल्ली; खलबली।
94743 होहो ना. बहकावट; लहैलहै; लैलै।
94744 होहोरे ना. अर्काको लहैलहै; उलामाला।
94745 हौआ ना. हौवा।
94746 हौज ना. नुहाउन वा बोटबिरुवा सिँच्नका निम्ति पानी जम्मा गरिराख्ने कुण्ड ।
94747 हौडा ना. १. ठुलो कोलाहल; होहल्ला।
94748 हौडा ना. २. अफबाह; हल्ला ।
94749 हौदा ना. आरामसँग मानिस बस्नका लागि हात्तीका पिठ्यूँमा कसिने आसन।
94750 हौवा ना. १. निराधार वा तथ्यहीन कुरो; उडन्ते हल्ला ।