Dictionary

All Word

1051 अड्नु अ.क्रि. ३. अड्डी वा अडान लिनु।
1052 अड्नु अ.क्रि. ४. गाईभैँसी आदि बाली हुने क्षणमा निश्चल रहनु।
1053 अड ना. ढिपी; जिद्दी; टेक ।
1054 अडकल ना. कुनै व्यवहार, घटना आदि यस्तो भयो होला भन्ने सोचाइ; अनुमान; अन्दाज; अन्जाम; अड्कल।
1055 अडकलगीता ना. तथ्यद्वारा सिद्ध नभई खालि अन्दाजका भरमा गरिएको वा भनिएको कुरो; खालि अनुमान; फोस्रो कल्पना।
1056 अडकलपच्चु वि. १. अडकलबाजी गर्ने; अडकलगीता गाउने। ना.
1057 अडकलपच्चु वि. २. त्यस्तो व्यक्ति।
1058 अडकलपच्चु वि. ३. कोरा कल्पनाका आधारमा लगाइएको अन्दाज; कपोलकल्पित कुरो; पछि काम बिग्रिने बढी सम्भावना हुने कोरा अनुमान; बेप्रमाणको लख।
1059 अडकलबाज वि. १. अन्दाज वा अनुमान लगाउने; अडकल गर्न सिपालु।
1060 अडकलबाज वि. २. तथ्यतर्फ ज्यादा ध्यान नदिने; निराधार कुरा गर्न खप्पिस; अन्दाजैअन्दाजका भरमा कुनै कामकुराबारे धारणा बनाउने; डिङ हाँक्ने वा गुड्डी हाँक्ने; अन्दाजबाज।
1061 अडकलबाजी ना. १. अन्दाज; अनुमान।
1062 अडकलबाजी ना. २. प्रायः तथ्यमा आधारित नरहेको स्थिति।
1063 अडकलबाजी ना. ३. कुनै कामकुरामा चाहिनेभन्दा बढी अन्दाज लगाउने बानी। (उदा.- विज्ञानका क्षेत्रमा कोरा अडकलबाजीले काम चल्दैन।)
1064 अडग वि. नडग्ने; आफ्नो स्थान वा कुरामा टेक लिने; अटल ।
1065 अडङ्गा ना. १. कुनै कामकुरामा यो वा त्यो मिल्दैन भनी दिइएको बाधा वा बखेडा। (उदा.- राम जुनसुकै बखत पनि काममा खालि अडङ्गा हाल्छ।) वि.
1066 अडङ्गा ना. २. त्यस्तो अडङ्गा वा अड्को हाल्ने (व्यक्ति; उदा.- राम त अडङ्गा छ है।)
1067 अडबड ना. १. अप्ठेरो स्थिति; बाधाजनक अवस्था; दोठ्याङ। वि.
1068 अडबड ना. २. सतह नमिलेको; उबडखाबड भएको; सम्म नपरेको।
1069 अडबाङ्गे वि. १. कतै पनि नमिल्दो; अडभङ्गे।
1070 अडबाङ्गे वि. २. अर्धङ्गी।
1071 अडबाङ्गो वि. १. अमिल्दो स्वभावको; मिलनसार नभएको।
1072 अडबाङ्गो वि. २. अर्धसिल्ली; अर्धङ्गी।
1073 अडबेखडबे वि. अग्लोहोचो परी सतह नमिलेको; खाल्टाखुल्टी परेको (जमिन, ठाउँ आदि)।
1074 अडभङ्गे वि. १. अप्ठ्यारो।
1075 अडभङ्गे वि. २. कुरा नमिल्ने; अमिल्दो; मिलनसार नभएको; अडबाङ्गे।
1076 अडभङ्ग्याहा वि. अर्कासित अमिल्दो; अप्ठ्यारो स्वभाव भएको।
1077 अडाइ ना. अड्ने भाव, क्रिया वा प्रक्रिया ।
1078 अडाइनु क.क्रि. अडाउने काम गरिनु; अड्न लाइनु।
1079 अडाउ वि. धेरै समयसम्म टिक्ने; टिकाउ; खपाउ।
1080 अडाउनु स.क्रि. १. कुनै गतिमा भएको वा खस्ने चिजलाई कुनै आधारमा रोक्नु; थाम्नु। प्रे. क्रि.
1081 अडाउनु स.क्रि. २. अडान लिने पार्नु; अड्याउनु; टिकाउनु।
1082 अडान ना. १. आफ्नो कुरामा दृढ हुने काम; जिद्दी; दृढ।
1083 अडान ना. २. अड्ने वा बिसाउने ठाउँ।
1084 अडान ना. ३. यति; विश्राम।
1085 अडान लिनु टु. आफ्नो कुरामा टिकिरहनु; डेग नचल्नु।
1086 अडाहा वि. १. कुरा उचित वा अनुचित जेजस्तो भए पनि अडान लिइरहने; आफ्नो कुरा नछाड्ने; अड्डी लिने; जिद्दीवाल।
1087 अडाहा वि. २. हिँड्दाहिँड्दै वा काम गर्दागर्दै टक्क रोकिने बानी भएको; अडैया; अडियल।
1088 अडिग वि. १. डेग नचल्ने; नचलमलाउने वा नहल्लिने।
1089 अडिग वि. २. आफ्नो कुरा नछाड्ने वा त्यसमा अडान लिने; दृढ।
1090 अडिनी ना. राजदरबार वा राणाहरूका दरबारका भान्सेहरूकी नाइकेनी; अडेनी; अडैनी।
1091 अडिनु अ.क्रि. १. अड्ने काम गरिनु; रोकिनु; थामिनु।
1092 अडिनु अ.क्रि. २. आखिरी पर्नु; खाँचो पर्नु; गर्ज पर्नु।
1093 अडिनु अ.क्रि. ३. अड्डी लिनु; हठी हुनु।
1094 अडिनु अ.क्रि. ४. बसेको, पसेको आदि ठाउँबाट बाहिर ननिस्कनु; अड्कनु।
1095 अडिनु अ.क्रि. ५. नचल्नु; नहल्लनु; राम्ररी गाडिनु।
1096 अडिन्चे ना. ससाना केटाकेटीलाई लाग्ने रुन्चे रोग। (पेट बोकेका वा भरखर बच्चा पाएका आइमाईले बालकलाई छोएमा अडिन्चे रोग लाग्छ भन्ने भनाइ थियो।)।
1097 अडियल वि. १. जेजस्तो भए पनि आफ्ना कुरामा अडिरहने; अड्डी लिने; जिद्दीवाल।
1098 अडियल वि. २. हिँड्दाहिँड्दै बिचमा अडिने वा रोकिने स्वभाव भएको (घोडा); अडाहा।
1099 अडिलो वि. १. टिक्ने; आड दिने; दह्रिलो।
1100 अडिलो वि. २. अडीअडी हिँड्ने स्वभावको; हिँड्दाहिँड्दै अड्ने (घोडा); अडाहा; अडियल।