Dictionary

All Word

851 अजिङ्गरे वि. १. अजिङ्गरसम्बन्धी; अजिङ्गरको।
852 अजिङ्गरे वि. २. ज्यादै ठुलो; अजङको।
853 अजिङ्गरे वि. ३. धेरै खाने; खन्चुवा।
854 अजिङ्गरे वि. ४. धेरै सुत्ने; सुताहा।
855 अजिटन ना. सेनामा कमान्डिङ अफिसरको सहायक अधिकृत; ऐटनपति।
856 अजिटनी ना. अजिटनको पद वा दर्जा।
857 अजित वि. १. कसैले जित्न नसकेको; अजेय। ना.
858 अजित वि. २. विष्णु।
859 अजित वि. ३. शिव।
860 अजिब वि. अनौठो; आश्चर्यलाग्दो; गजबको; अद्भुत।
861 अजिमा ना. १. बुढी बज्यै।
862 अजिमा ना. २. नेवारी संस्कृतिअन्तर्गत बालरोग पन्छाउनका निम्ति पूजा गरिने, काठमाडौँको स्वयम्भू स्तूपको देब्रेपट्टि रहेको मन्दिरकी देवी; शैवमार्गीहरूका बिच मातङ्गी नामले प्रख्यात भएकी देवी।
863 अजिमाना ना. कट नछुट्ट्याइएको जाँड।
864 अजिर/अजिरा वि. १. अटेर; जिराहा; हेपाहा।
865 अजिर/अजिरा वि. २. धिङ्न्याहा।
866 अजिर्न ना. हे. अजीर्ण।
867 अजिर्निनु अ.क्रि. अजीर्ण हुनु; धेरै खानाले पच्न नसक्नु।
868 अजिर्न्याइ ना. अजिर्न पार्ने भाव, क्रिया वा प्रक्रिया ।
869 अजिर्न्याइनु स.क्रि. अजिर्न पारिनु।
870 अजिर्न्याउनु स.क्रि. अजिर्न होउन्जेल खुवाउनु; पेट ढाडिउन्जेल खुवाउनु; अजिर्न पार्नु।
871 अजीर्ण ना. १. खाएको कुरो नपच्दा हुन जाने पेटको रोग; अपच। वि.
872 अजीर्ण ना. २. नपचेको; अपच।
873 अजीर्ण ना. ३. जीर्ण नभएको।
874 अजीव वि. १. जीव नभएको।
875 अजीव वि. २. प्राण गइसकेको; मरेको; मृतक; मुर्दा। ना.
876 अजीव वि. ३. मृत्यु; काल।
877 अजीवकल्प ना. भूगर्भशास्त्रअनुसार जीवको सृष्टि हुनुभन्दा पहिलेको युग।
878 अजुर वि. १. अमिल्दो; बेमेलेको।
879 अजुर वि. २. नजुर्ने; नजुरेको। ना.
880 अजुर वि. २. ज्योतिषशास्त्रअनुसार नजुर्ने वा उपयुक्त नठहरिने क्रिया वा स्थिति। (उदा.- जुरअजुर हेरेर मात्र बिहा छिन्ने चलन छ। )।
881 अजेय वि. जित्न नसकिने।
882 अजोग्गे वि. अयोग्य; योग्य नभएको। विप. जोग्गे।
883 अजोड वि. १. जोडा नभएको; बिजोडा; अजोर।
884 अजोड वि. २. जोडा लाग्न नसकिने; बेजोड; अनुपम; अद्वितीय।
885 अजोड वि. ३. ज्यादै ठुलो; भयानक।
886 अजोड वि. ४. ज्यादा; धेर।
887 अजोडी वि. अजोड; अजोरी।
888 अजोर वि. हे. अजोड; बेजोड।
889 अजोरी वि. १. जोडा नभएको; बेजोड।
890 अजोरी वि. २. अद्वितीय।
891 अजोरी वि. ३. प्रतिद्वन्दी नभएको। (उदा.- तिमी त अजोरी मान्छे रहेछौ, कसैले पनि तिम्रो मुकाबिला गर्नै सकेन।)।
892 अज्यौली ना. झगडातगडा गर्न थापिएको खोचे वा निहुँ; अर्घेली; अर्घेल्याइँ; अझ्यौली।
893 अज्ञ वि. १. नजान्ने; नबुझ्ने; अनजान।
894 अज्ञ वि. २. नसम्झने; नासमझ; मूर्ख। विप. विज्ञ।
895 अज्ञता ना. १. नजान्नेपन; अनजानपन।
896 अज्ञता ना. २. नासमझ; मूर्खता; अज्ञान।
897 अज्ञात वि. १. नजानेको।
898 अज्ञात वि. २. नचिनेको; अपरिचित।
899 अज्ञात वि. ३. प्रकट नभएको; अप्रकट।
900 अज्ञात वि. ४. नदेखिएको।