Dictionary

All Word

701 अच् ना. संस्कृतका 'अ' देखि 'औ' सम्मका स्वरहरूको सङ्क्षिप्तीकृत पारिभाषिक संज्ञा; स्वरवर्ण।
702 अचकच क्रि.वि. निर्णयमा पुग्न नसकेर; अकमक।
703 अचकचाइ ना. अचकचाउने भाव, क्रिया वा प्रक्रिया ।
704 अचकचाइनु अ.क्रि. अकमकाइनु।
705 अचकचाउनु अ.क्रि. निर्णय लिन नसक्नु; अकमकाउनु।
706 अचकन ना. पाँच कल्ली भएको, दुई ठाउँमा मात्र तुना लगाइने लामो कोटजस्तो लबेदा; एक किसिमको लामो दौरा।
707 अचकल्टो वि. १. पूरा नभएको; अधुरो।
708 अचकल्टो वि. २. आधा पाकेको; कट्मिरो।
709 अचकल्टो वि. ३. पूरा परिपक्व नभएको; अर्धशिक्षित।
710 अचकल्टो वि. ४. पूरा काम दिन नसक्ने; अधबेस्रो (अचकल्टो काम; अचकल्टो ठिटो; अचकल्टो पढाइ इ.)।
711 अचकाली क्रि.वि. / ना. हे. अचाक्ली।
712 अचम्म ना. नचिताएको कुरो; उदेकलाग्दो कुरो; छक्क पराइ; गजब; आश्चर्य।
713 अचर वि. नचल्ने; गतिरहित; स्थावर; जड (चर-अचर सृष्टि; चराचर जगत्)।
714 अचल वि. १. नचल्ने; नडग्ने; चलाउन नसकिने।
715 अचल वि. २. जड; स्थावर; स्थिर।
716 अचल वि. ३. निश्चल; दृढ। ना.
717 अचल वि. ४. पर्वत; पहाड; डाँडो (उदयाचल, अस्ताचल, हिमाचल इ.)।
718 अचल जायजेथा/सम्पत्ति ना. एक ठाउँबाट अर्का ठाउँमा लैजान वा सारनतारन गर्न नसकिने घर, जग्गाजमिन आदि जायजेथा।
719 अचला ना. १. पृथ्वी; धरती।
720 अचला ना. २. बौद्ध धर्मका दशभूमि वा त्रयोदशभूमिमध्येको आठौँ भूमि। वि.
721 अचला ना. ३. नचल्ने; स्थिर।
722 अचाइ१ ना. अचार ।
723 अचाइ२ ना. आचमन गर्ने भाव, क्रिया वा प्रक्रिया।
724 अचाइनु क.क्रि. अचाउने काम गरिनु।
725 अचाउनु स.क्रि. हत्केलामा पानी राखी सुरुप्प सुरुप्प खानु; छुवाछुत वा आशौचबाट शुद्ध हुनाका निम्ति यसरी पानी खानु; कुनै देवकार्य र पितृकार्यजस्ता धार्मिक कार्यका सिलसिलामा हत्केलामा केही पानी राखी मन्त्रको उच्चारणपूर्वक सुरुप्प सुरुप्प खानु।
726 अचाक्ली क्रि.वि. १. हुनुपर्नेभन्दा ज्यादै बढी; मर्यादा नाघेर; अत्यन्तै; चौपट्टै; अचकाली। ना.
727 अचाक्ली क्रि.वि. २. अत्यधिकता; ज्यास्ती; अति गर्ने काम।
728 अचाक्ली क्रि.वि. ३. अन्याय; अत्याचार; थिचोमिचो।
729 अचाडु वि. १. कसैसित नमिल्ने; छुच्चो; छुल्याहा; निहुँखोजाहा।
730 अचाडु वि. २. अमिल्दो; नसुहाउने।
731 अचानक क्रि.वि. पूर्वसूचनाविना; एक्कासि; अपर्झट; अकस्मात्; एकाएक।
732 अचानु/अचानो ना. १. पशु आदि काट्ता हतियारको धार नबिग्रियोस् भनी काटिने पशुको गर्धनमुनि जमिनमा राखिने काठको ठेउको।
733 अचानु/अचानो ना. २. मासु आदि काट्ता वा थुँग्दा राखिने काठको ठेउको; थुँगनी।
734 अचानु/अचानो ना. ३. पशु आदि मार हान्दा अचानाले बेहोर्नु परे जस्तै चोट बेहोर्नु पर्ने स्थिति; त्यस प्रकारको सङ्कट। (उदा.- रामले श्यामसित बदला लिन मलाई अचानु बनायो।) अचानाको चोट खुकुरीले जान्दैन (उखान)।
735 अचार ना. मुला, करेला, गोलभेँडा आदि तरकारी, तिल, सिलाम आदि दानादार पदार्थ, निबुवा, कागती, लप्सी, आँप आदि अम्ल पदार्थ आदिलाई काटी, थिची वा पिँधी नुन, खोर्सानी र अमिलो तथा मरमसला र तेल हाली साँधिएको, पकाइएको वा सूर्यपाक गरिएको, भोजनलाई विशेष स्वादिलो बनाउन चाटिने वा खाइने पदार्थ।
736 अचार पार्नु टु. १. अचार बनाउनु।
737 अचार पार्नु टु. २. किचीमिची तुल्याउनु। (उदा.- धेरै नजिस्क्या, तँलाई अचार पारिदिउँला। )।
738 अचिनारु वि. चिनजान नभएको; अपरिचित।
739 अचिन्तनीय वि. १. मनले चिताउन नहुने वा नसकिने; अचिन्त्य।
740 अचिन्तनीय वि. २. मन र बुद्धिभन्दा परको; अज्ञेय।
741 अचिन्तित वि. १. नचिताएको; नसोचेको।
742 अचिन्तित वि. २. अप्रत्याशित।
743 अचुक वि. नचुक्ने; कहिले पनि खेर नजाने; भुल नगर्ने; विफल नहुने; अमोघ (अचुक निसाना, अचुक औषधी इ.)।
744 अचेत वि. चेतना नभएको; होस गुमेको; सुद्धी हराएको; बेहोस।
745 अचेतन वि. १. ज्ञान नभएको; होस नभएको। वि.
746 अचेतन वि. २. चेतन र अर्धचेतनपछिको, सचेत अवस्थामा थाहै नपाइने तर मानवीय क्रियाकलापलाई निर्दिष्ट गर्ने (मन)।
747 अचेल क्रि.वि. वर्तमान समयमा; हालसाल; हिजोआज; आजभोलि।
748 अचेलभरि क्रि.वि. हिजोआजको समयमा; आजकाल; आजभोलि।
749 अचैतन्य वि. १. चेतनारहित; ज्ञान नभएको; जड।
750 अचैतन्य वि. २. तर्कसम्मत नभएको। ना.