Dictionary

All Word

651 अङ्गभङ्ग ना. ३. कुटपिट आदिद्वारा ठुलै चोटपटक लागी भएको शरीरको कुनै भागको खती।
652 अङ्गभङ्गको खत ना. कसैलाई कुटपिट गरी लगाएको चोट वा खत; अङ्गभङ्गका कारणबाट भएको घाउ वा दाग; गम्भीर चोट।
653 अङ्गभङ्गी ना. दर्शकलाई मोहित पार्न पात्रद्वारा गरिने अभिनय; आँखा, मुख, हात आदि नचाएर नायिकाद्वारा प्रकट गरिने हाउभाउ।
654 अङ्गरक्षक ना. १. कसैका जिउज्यानको रक्षा गर्ने व्यक्ति।
655 अङ्गरक्षक ना. २. उच्च पदमा रहेका विशेष महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षाका निम्ति सधैँ साथमा रहने गरी तैनाथ गरिएको प्रहरी वा सैनिक; यस्ता प्रहरी वा सैनिकको समूह; आठपहरिया।
656 अङ्गरक्षक ना. ३. बालकहरूको हेरविचार गर्ने ददा।
657 अङ्गरक्षा ना. शरीरको रक्षा; जिउज्यानको सुरक्षा; शरीरका अङ्गहरूको हिफाजत।
658 अङ्गराग ना. विशेषतः प्राचीन र मध्यकालीन समाजमा प्रचलित, शरीरमा घसिने सुगन्धित द्रव्य।
659 अङ्गवाक्य ना. मिश्र वाक्यभित्र रहेको, अर्थ बुझाउन अर्को वाक्यको अपेक्षा राख्ने, पूरक वा कारकको रूपमा रहेको उपवाक्य। (जस्तै- 'जसको किताब हो उसैलाई देऊ।' यो मिश्र वाक्यमा 'उसैलाई देऊ' अङ्गी वाक्यको अधीनमा रहेकाले 'जसको किताब हो' उपवाक्य अङ्गवाक्य बनेको छ। )
660 अङ्गविकार ना. शरीरको बनावटमा भएको दोष; जिउका अवयवहरूमा भएको विकृति (कुँजो, डुँडो, अन्धो आदि); शरीरका अवयवमा हुने घटबढ वा बाङ्गोटिङ्गो अवस्था।
661 अङ्गविक्षेप ना. १. दुखाइ वा संवेदनाले हातगोडा फ्याँक्ने काम।
662 अङ्गविक्षेप ना. २. नाचगानमा भावप्रदर्शन गर्न हातगोडा आदि अङ्गहरू नचाउने कार्य; हातगोडाको हाउभाउ।
663 अङ्गविद्या ना. सामुद्रिक शास्त्रका अनुसार शरीरका अङ्गप्रत्यङ्गको गठन वा तिनमा रहेका विभिन्न चिह्न वा हातगोडाका रेखाहरू हेरेर भएको वा पछि हुने कुरा बताउने शास्त्र; हस्तरेखा हेरेर शुभाशुभ फल पत्ता लगाउने विद्या।
664 अङ्गा ना. शरीरका माथिल्ला भागका अङ्गमा लगाइने लबेदा, भोटो आदि वस्त्र।
665 अङ्गाङ्गी भाव ना. अङ्गीको र अङ्गी बन्न चाहिने अङ्गहरूको आपसी सम्बन्ध; गौण र मुख्यको परस्पर सम्बन्ध।
666 अङ्गार ना. हे. अँगार।
667 अङ्गारे वि. हे. अँगारे।
668 अङ्गालो ना. हे. अँगालो।
669 अङ्गिका ना. आइमाईले आङमा लगाउने पोसाक; चोलो।
670 अङ्गी ना. १. प्रधान वा मुख्य अङ्ग; अरू अङ्ग आश्रित हुने कुनै प्रणाली वा संरचनाको मुख्य अङ्ग। वि.
671 अङ्गी ना. २. देहधारी; अङ्गहरू भएको।
672 अङ्गी ना. ३. मुख्य।
673 अङ्गी रस ना. साहित्यिक कृतिमा पाइने मूल वा केन्द्रीय रस; अन्य सहकारी रसका साथमा आउने प्रधान रस।
674 अङ्गीकरण ना. १. कुनै वस्तु, सल्लाह वा नीति आदिमा प्रदान गरिने स्वीकृति; सहमति; समर्थन; मन्जुरी |
675 अङ्गीकरण ना. २. जिम्मेदारी अभिभारा।
676 अङ्गीकार ना. १. स्वीकार; मन्जुरी।
677 अङ्गीकार ना. २. कबोल; प्रतिज्ञा। (उदा.- उसले अङ्गीकार गरेको कुरा नपुऱ्याई छाड्दैन। )।
678 अङ्गीकार ना. ३. आइमाईले आङमा लगाउने पोसाक; चोलो।
679 अङ्गीकृत वि. १. अँगालिएको; स्विकारिएको; अङ्ग तुल्याइएको।
680 अङ्गीकृत वि. २. जन्मसिद्ध नभई निर्धारित कानुनी प्रक्रियाअन्तर्गत प्राप्त गरिएको (अङ्गीकृत नागरिक, अङ्गीकृत नागरिकता आदि)।
681 अङ्गी वाक्य ना. व्याकरणमा मिश्र वाक्यअन्तर्गत अङ्गवाक्यलाई आफूमा मिलाउने मुख्य उपवाक्य। ( हिजो मलाई श्यामले 'तँलाई म कोट दिन्छु' भन्यो- यस मिश्र वाक्यमा 'तँलाई कोट दिन्छु' भन्ने अङ्गवाक्य 'श्यामले भन्यो' मुख्य वाक्यको अङ्ग बनेकाले 'श्यामले भन्यो' अङ्गीवाक्य हो।)
682 अङ्गुठो ना. बुढी औँलो; औँठो ।
683 अङ्गुर१ ना. १. पातलो मिही चिल्लो बोक्रा भएको, ससाना सेता फूल फुल्ने, फिक्का पहेँलो रङ हुने दानादार झुप्पे फल फल्ने एक जातको लहरो;
684 अङ्गुर१ ना. २. त्यसै खाइने वा रसबाट द्राक्षासव, चिनी, रक्सी आदि बनाइने, त्यसैको फल।
685 अङ्गुर२ ना. अङभर; जिम्मेदारी; जिम्मा; अभिभारा। (उदा.- गर्न नसकिने कामको अङ्गुर बोक्नु हुँदैन।)
686 अङ्गुल ना. १. हात वा खुट्टाको औँलो।
687 अङ्गुल ना. २. पुष्ट जौका आठवटा दाना मिलाएर नाप्ता ढाकिने नापोको परिमाण; एक औँलाको चौडाइको नापो; अमल।
688 अङ्गुलि ना. औँलो; अमल।
689 अङ्गुलि त्राण ना. १. ताँदोको चोट जोगाउन हातका औँलामा लाइने खोल।
690 अङ्गुलि त्राण ना. २. अम्तर्नु; लक्खु।
691 अङ्गुलि त्राण ना. ३. सितार बजाउँदा औँलामा लाइने तारको उपकरण; नक्खी।
692 अङ्गुलि निर्देश ना. १. औँलो ठड्याउने काम।
693 अङ्गुलि निर्देश ना. २. औँल्याइ।
694 अङ्गुलिमाल ना. बुद्धकालीन एक क्रूर व्यक्ति (मान्छेका औँला काटेर माला लगाउने व्यक्ति, जो पछि बुद्धको शरण पऱ्यो। )।
695 अङ्गुलि मुद्रा ना. नाउँ खोपेको औँठी; छापेमुद्रो।
696 अङ्गुष्ठ ना. बुढी औँलो; औँठो।
697 अङ्ग्रेज ना. संयुक्त अधिराज्य बेलायतका निवासी वा अङ्गीकृत नागरिक; बेलायती मूलका गोरा जाति।
698 अङ्ग्रेजी वि. १. संयुक्त अधिराज्य बेलायतसित सम्बन्धित वा सोको विशेषता भएको।
699 अङ्ग्रेजी वि. २. अङ्ग्रेजको भाषासित सम्बन्धित। ना.
700 अङ्ग्रेजी वि. ३. बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र पहिले संयुक्त अधिराज्य बेलायतद्वारा अधीन तुल्याइएका क्षेत्रहरूमा बोलिने भाषा; इङ्लिस।