Dictionary

All Word

801 अजबगजब ना. अचम्म; आश्चर्य; गजब। अजब नेपाल, गजब काश्मीर ( उखान )।
802 अजमाइ ना. अजमाउने भाव, क्रिया वा प्रक्रिया।
803 अजमाइनु क.क्रि. अजमाउने काम गरिनु; अजमाइस गरिनु।
804 अजमाइस ना. १. के कस्तो होला वा हुन्छ हुँदैन भनी जाँची पर्गेली हेर्ने काम।
805 अजमाइस ना. २. जाँच; परीक्षा; परीक्षण।
806 अजमाइस ना. ३. पारख; परख।
807 अजमाइस ना. ४. प्रयोग वा कल्पना।
808 अजमाउनु स.क्रि. १. उपयोग वा प्रयोग गरी हेर्नु; परीक्षा वा जाँच गरी हेर्नु; परीक्षण गर्नु।
809 अजमाउनु स.क्रि. २. पारख वा परख गर्नु।
810 अजमाउनु स.क्रि. ३. ठिक बेठिक वा हुने नहुने जाँच्नु या पर्गेल्नु।
811 अजमाउनु स.क्रि. ४. मनमा गढ्नु; कल्पना गर्नु; मनमा सोच्नु।
812 अजमोदा ना. धनियाँका छाँटको पात हुने, मसिना झुप्पाकार फूल फुल्ने, ज्वानु जस्तै फल हुने एक झार; जङ्गली ज्वानु।
813 अजम्मर वि. कहिल्यै बुढो नहुने र नमर्ने; धेरै समयसम्म रहने।
814 अजम्मरी ना. १. रङ्गीबिरङ्गी, ताजा छँदा पनि सुकेको जस्तो देखिने र पानीमा परे फेरि कोपिलाजस्तो हुने फूल फुल्ने एक बोट; त्यस्तो फूल।
815 अजम्मरी ना. २. अजम्मर हुनाको भाव वा अवस्था। वि.
816 अजम्मरी ना. ३. कहिल्यै बुढो नहुने र नमर्ने; सधैँ रहिरहने; अमर।
817 अजम्मरी ना. ४. कहिल्यै नमर्ने ओखती हुने (बुटी)।
818 अजम्मरे वि. अजम्मरी।
819 अजय वि. १. जित्न नसकिने; विजय गर्न नसकिने; अजेय | (उदा.- अजय छ हाम्रो झन्डा, अजय छ हाम्रो देश )। ना.
820 अजय वि. २. पराजय; हार।
821 अजयपाल ना. १. सङ्गीतमा भैरव रागको छोरो; शुद्ध स्वर लाग्ने एक राग।
822 अजयपाल ना. २. काभ्राका जस्तै पात हुने, हरियो फूल फुल्ने, खैरो रङको फल फल्ने एक वृक्ष वा त्यसकै फल; जमालगोटा।
823 अजर वि. १. कहिल्यै बुढो वा पुरानो नहुने; नाश नहुने | ना.
824 अजर वि. २. देवता।
825 अजशृङ्गी ना. पर्वत-प्रदेशमा उम्रिने, ठुलो रुख र रातो फूल हुने, डोलो, लामो र बटारिएको फल फल्ने रुख; त्यसकै फूल वा फल।
826 अजस्र क्रि.वि. लगातार; नटुटीकन; निरन्तर; सधैँ।
827 अजहत्स्वार्था/अजहल्लक्षणा ना. लक्षणाका दुई भेदमध्ये कुनै शब्दले आफ्नो वाच्य अर्थलाई नछाडीकन सोही अर्थसित सम्बन्धित, भिन्न वा अतिरिक्त लक्ष्य अर्थसमेत बुझाउने एक भेद (जस्तो- 'बिरालाबाट दुध जोगाऊ' यहाँ वाच्य अर्थ बिरालाका साथै दुध खाने अन्य जीवातबाट दुध जोगाउने अर्थ लक्षित छ); उपादानलक्षणा।
828 अजा ना. १. ईश्वरीय माया; प्रकृति।
829 अजा ना. २. दुर्गा।
830 अजा ना. ३. बाख्री।
831 अजात वि. १. तल्लो जातको; सानो जातको; जात काडिएको; जातिच्युत भएको; पतित; कुजात।
832 अजात वि. २. नजन्मिएको; जन्म नभएको; उत्पन्न नभएको। ना.
833 अजात वि. ३. सानो वा तल्लो जात।
834 अजातशत्रु वि. १. शत्रु हुँदै नभएको; शत्रु पैदा नभएको।
835 अजातशत्रु वि. २. कसैसँग पनि शत्रुता वा वैरभाव नगर्ने। ना.
836 अजातशत्रु वि. ३. महाभारतमा वर्णित पाँच पाण्डवमध्येका जेठा युधिष्ठिरको नाम।
837 अजातशत्रु वि. ४. राजगृह (मगध) का राजा बिम्बिसारका छोराको नाम (उनी गौतम बुद्धका समकालीन थिए)।
838 अजाति वि. १. जातबाट पतन भएको वा निकालिएको; पुरानो परम्पराअनुसार भात, पानी आदि काडिएको।
839 अजाति वि. २. तथाकथित सानो जातको; अछुत जात भनी ठानिएको।
840 अजाति वि. ३. अर्कै जातको; कुनै जातिसित सम्बन्ध नभएको।
841 अजान वि. १. ज्ञान नभएको; नजान्ने; अबोध; अनभिज्ञ; अबुझ; नासमझ।
842 अजान वि. २. सुधो; सिधा; अनजान।
843 अजायब वि. १. अचम्मको; विलक्षण; अनौठो; अद्भुत।
844 अजायब वि. २. असाधारण।
845 अजायब घर ना. अनेक प्रकारका पुरातात्त्विक, कलाकौशलसम्बन्धी र अन्य महत्त्वपूर्ण तथा अनौठा वस्तुहरू सङ्ग्रह गरी संरक्षणका साथै जनसाधारणलाई देखाउनका निम्ति राखिएको भवन वा कक्ष; अद्भुत वस्तुको सङ्ग्रहालय; कौतुकागार; म्युजियम। (उदा.- यो मान्छे त कस्तो अचम्मको रहेछ, अजायबघरमा लगेर राख्नुपर्ने जस्तो!)।
846 अजारबजार ना. ठुलो डाँको गरी गरिने बिलौना; आलापविलाप; विलाप। (उदा.- प्रिया ! म मरेँ भने तिमी अजारबजार गरी नरोए। )।
847 अजिङ्गर ना. १. विष नहुने तर सासले तानेर निली खाने, ज्यादै ठुलो किसिमको, उष्णकटिबन्धप्रदेशमा हुने सर्प। वि.
848 अजिङ्गर ना. २. अजिङ्गर जस्तै ज्यादा चलमलाउन नसक्ने किसिमको; ज्यादै ठुलो; अजङको।
849 अजिङ्गर ना. ३. अजिङ्गर जस्तै ज्यादै खाने वा सुत्ने।
850 अजिङ्गर ना. ४. अल्छी; अकर्मण्य। अजिङ्गरको आहारा दैवले जुराउँछ /पुऱ्याउँछ ( उखान)।