Dictionary

All Word

501 अग्र वि. २. अगाडिको भाग; सामुन्नेको हिस्सा।
502 अग्रगामी वि. १. कुनै यात्रा, कार्यक्रम, अभियान आदिमा नाइके वा अगुवा भई हिँड्ने।
503 अग्रगामी वि. २. कुनै युग वा समाजको यथास्थितिसँग असन्तुष्ट भई त्यसमा आमूल परिवर्तनका निम्ति अग्रसर हुने।
504 अग्रज ना. १. अगाडि जन्मेको व्यक्ति।
505 अग्रज ना. २. दाजु।
506 अग्रजिह्वा ना. जिब्राको अघिल्लो भाग।
507 अग्रणी वि. १. कुनै पनि काम वा विचारमा अगुवा।
508 अग्रणी वि. २. मुख्य; प्रधान।
509 अग्रदूत ना. अगि आउने विचार, विषय वा व्यक्तिको सन्देश ल्याउने व्यक्ति; कुनै पनि कुरामा अरूभन्दा अगि बढेको व्यक्ति।
510 अग्रपङ्क्ति ना. १. पहिलो पाँती।
511 अग्रपङ्क्ति ना. २. विशिष्ट व्यक्ति वा वस्तुमध्ये एक; अब्बल दर्जा।
512 अग्रलेख ना. १. समाचारपत्रमा छापिने मुख्य लेख।
513 अग्रलेख ना. २. गोष्ठी, कार्यशाला आदिमा छलफलका निम्ति प्रस्तुत गरिने पत्र।
514 अग्रवर्ती वि. अगाडि रहेको; अगिल्तिर रहेको; अघिल्ला पङ्क्तिमा पर्ने।
515 अग्रसर वि. कुनै पनि कामकुरामा अगि सर्ने; कुनै पनि कुरामा अगि बढ्ने वा चासो लिने।
516 अग्रस्वर ना. उच्चारणमा जिब्राको अग्रभाग सक्रिय भएको स्वरवर्ण।
517 अग्रहायण ना. मङ्सिर महिना।
518 अग्रहार ना. १. प्राचीन समयमा गुरुकुलबाट शिक्षा पाई आउने विद्वान् ब्राह्मणलाई जीविकाका निम्ति चलनअनुसार दिइने गरेको जमिन वा जनपद।
519 अग्रहार ना. २. राजाद्वारा ब्राह्मणलाई जीविकोपार्जनका लागि दिइएको जग्गा; कुशबिर्ता।
520 अग्राख/अग्राठ ना. १. सालको काठ।
521 अग्राख/अग्राठ ना. २. कुनै पनि काठको भित्रको चुरो। ( उदा.- काठको बाकलभित्र पलाँस र पलाँसभित्र अग्राख हुन्छ भन्ने चाल नपाउने तँ केको सिकर्मी ! )। वि.
522 अग्राख/अग्राठ ना. ३. बलियो (काठपात आदि)।
523 अग्राख/अग्राठ ना. ४. शक्तिशाली (मान्छे) आदि।
524 अग्राशन ना. खानुभन्दा पहिले देवता र पितृलाई चढाइने खानेकुरा; औसानी; बल।
525 अग्रासन ना. कुनै अनुष्ठान, सभा वा गोष्ठीमा आमन्त्रित व्यक्तिहरूमध्ये मुख्य व्यक्तिलाई प्रदान गरिने आसन; उच्चतम आसन।
526 अग्राह्य वि. १. लिन नहुने; स्वीकार गर्न नहुने वा नसकिने।
527 अग्राह्य वि. २. त्याज्य; उपेक्षायोग्य।
528 अग्रिम वि. १. अगिल्लो; अगाडिको; पहिलो | ना.
529 अग्रिम वि. २. कुनै काम गर्ने वा काम गर्न जिम्मा लिएको व्यक्तिले काम आरम्भ नहुँदै पाउने केही रकम; पेस्की; बैना।
530 अग्रिम देय ना. कुनै कामकाजमा खटिने व्यक्तिलाई सरकारी वा गैरसरकारी कार्यालयद्वारा पछि हिसाब मिलाउने गरी पहिले नै दिइने नगदी वा जिन्सी; पेस्की; बैना; अग्रिम |
531 अग्रिम धन ना. अग्रिम देय; पेस्की।
532 अग्रिम रकम ना. अग्रिम धन।
533 अग्लाइ ना. अग्लोपन; उचाइ |
534 अग्लिनु अ.क्रि. अग्लो हुँदै जानु; उचाइ बढ्नु; उच्चो हुनु।
535 अग्लो वि. खुट्टा वा फेद पत्तालतिर र टुप्पो वा टाउको अकासतिर गरी उभिएका दुई वा दुईभन्दा धेर प्राणी, पर्वत, वस्तु आदिमा सबैभन्दा लामो; अल्गो; अल्को।
536 अग्ल्याइ ना. अग्लिने किसिम, क्रिया वा भाव।
537 अग्ल्याइनु क.क्रि. अग्लो पारिनु; उच्चो पारिनु।
538 अग्ल्याउनु प्रे.क्रि. अग्लो पार्नु; चुच्चो वा चुली पार्नु।
539 अग्ल्याउनु स.क्रि. १. ढोका, झ्याल आदिलाई आग्लो, चुकुल आदिले बन्द गर्नु।
540 अग्ल्याउनु स.क्रि. २. कुनै काम हुन नदिन भाँजी हाल्नु; अवरोध तेर्स्याउनु।
541 अघच वि. हे. अगच।
542 अघटित वि. १. घटना नभएको।
543 अघटित वि. २. पहिले नभएको; अभूतपूर्व।
544 अघा ना. गाईभैँसीहरूलाई पघार लाउनुभन्दा अगाडि दुहिएको दुध; अगार; अघार।
545 अघाइ ना. अघाउने किसिम, क्रिया वा भाव।
546 अघाइनु अ.क्रि. अघाएको हुनु वा होइनु।
547 अघाउँजी क्रि.वि. १. पेट टन्न होउन्जेल; खान मन लागेसम्म; अघाउन्जेल।
548 अघाउँजी क्रि.वि. २. धित मरुन्जेल; सन्तुष्ट होइन्जेल।
549 अघाउनु अ.क्रि. १. खाएर वा पिएर तृप्त हुनु; टम्म हुनु; अगाउनु।
550 अघाउनु अ.क्रि. २. कुनै कुराबाट अमन हुनु; वाक्क हुनु; कुनै कुराबाट विरक्त हुनु।