Dictionary

All Word

451 अगोचर वि. कुनै पनि इन्द्रियले ग्रहण गर्न नसक्ने; इन्द्रियको विषय नभएको; देख्न, सुन्न, चाट्न, सुँघ्न, छाम्न र सोच्न वा जान्न नसकिने; इन्द्रियातीत।
452 अगोड ना. हौदाको अगिल्लो भागलाई नहल्लिने गरी कस्न दुईतिरबाट बाँध्ने डोरी |
453 अगोलित वि. गोलाकार नभएको; गोलित वा वर्तुलित नभएको।
454 अगौटे वि. १. अगि लाग्ने वा पाक्ने (बाली)। ना.
455 अगौटे वि. २. त्यस्तो बाली (घैया, सठिया इ.)।
456 अग्घोर क्रि.वि. ज्यादै; चौपट्टै; निकै; अत्यन्त।
457 अग्नि ना. १. कुनै पदार्थ जलेर ताप, प्रकाश वा ज्वाला पैदा हुने पुञ्ज; द्रुत रूपले हुने प्रज्वलन कार्य वा प्रक्रिया; आगो।
458 अग्नि ना. २. मुख्य रूपले पाचनक्रिया सञ्चालन गर्ने शारीरिक शक्ति।
459 अग्नि ना. ३. तीनको सङ्ख्या बुझाउने शब्द।
460 अग्नि ना. ४. आग्नेय कोणका स्वामी मानिएका अधिदेवता।
461 अग्निकवच ना. १. आगोले नडढाउने वस्तु।
462 अग्निकवच ना. २. आगाबाट बच्न लगाइने वस्त्र।
463 अग्निकवच ना. ३. तन्त्रशास्त्रअनुसार शरीरको रक्षा गर्न विभिन्न अङ्ग छोई कल्पना गरिने विभिन्न नामका मन्त्र।
464 अग्निकाण्ड ना. आगाले गर्ने विनाश; आगलागी।
465 अग्निकुण्ड ना. यज्ञ आदिमा हवन गर्नका निम्ति आगो बाल्न बनाइएको खाडल; यज्ञवेदीको अगेनु।
466 अग्निकुमार ना. १. प्रायः बालबालिकाहरूको पाचनशक्ति बढाउने आयुर्वेदिक औषधी।
467 अग्निकुमार ना. २. कार्तिकेय; कुमार।
468 अग्निकोण ना. आग्नेय दिशा।
469 अग्निचक्र ना. १. आगाका ज्वालाको भुमरी।
470 अग्निचक्र ना. २. योगशास्त्रअनुसार त्रिकोणाकार आधार भएको मणिपुर।
471 अग्निचरो ना. भँगेराजस्तो आकारको, मिठो आवाज भएको एक प्रकारको चरो; तोपचरो।
472 अग्निज्वाला ना. आगाको राँको।
473 अग्निदीपन ना. आयुर्वेदअनुसार पाचनशक्ति बढाउने वा भोक जगाउने एक प्रकारको खास औषधी।
474 अग्निपरीक्षा ना. १. आगामा पसेर आफ्नो निर्दोषपना साबित गर्ने प्राचीन प्रथा। ( उदा.- सीताले अग्निपरीक्षाद्वारा आफ्नो सतीत्व प्रमाणित गरिन्।)
475 अग्निपरीक्षा ना. २. अत्यन्त कठिन वा ज्यान जोखिममा पर्ने किसिमको कुनै जाँच।
476 अग्निपाक वि. १. आगामा पकाइएको। ना.
477 अग्निपाक वि. २. कुनै वस्तुलाई आगामा पाक गर्ने प्रक्रिया |
478 अग्निपुराण ना. अठार पुराणमध्ये एक; आठौँ महापुराण।
479 अग्निपूजक वि. अग्निलाई नै इष्टदेवता मानी पूजा गर्ने (हिन्दू, पारसी आदि)।
480 अग्निबाण ना. १. पुराणअनुसार आगो उत्पन्न गरी शत्रुलाई ध्वस्त पार्ने एक दिव्य अस्त्र।
481 अग्निबाण ना. २. ज्योतिषशास्त्रअनुसार महिनामा शुक्लपक्षका द्वितीया र एकादशी तथा कृष्णपक्षका पञ्चमी र चतुर्दशी तिथिमा पर्ने अग्निभयको योग।
482 अग्निमान्द्य ना. जठराग्नि मन्द हुने रोग; खाइएको वस्तु अपच हुने रोग; पाचनशक्ति कम हुने रोग।
483 अग्निमोचक ना. दुर्घटनामा प्रयोग गर्न ठुलठुला भवनमा राखिने, आगो निभाउने यन्त्र।
484 अग्निरेखा ना. १. डढेलाबाट जोगाउनका निम्ति जङ्गल खण्ड- खण्डमा विभाजित हुने गरी बिच बिचमा बनाइएका चौडा बाटा |
485 अग्निरेखा ना. २. डढेलामा झैँ बिच बिचमा रहेको आगाको पङ्क्ति।
486 अग्निरोहिणी ना. १. राता राता फोका निस्किने र जलन एवम् छटपटी पैदा गराउने एक रोग।
487 अग्निरोहिणी ना. २. प्लेग।
488 अग्निवर्द्धक वि. खाएको वस्तु पचाउने; पाचनशक्ति बढाउने; जठराग्निलाई सक्रिय पार्ने।
489 अग्निशर्मा वि. ज्यादै रिसाहा; अत्यन्त क्रोधी। (उदा.- तिमी त अग्निशर्मा नै रहेछौ!)।
490 अग्निशाला ना. यज्ञकुण्डका लागि निर्मित घर।
491 अग्निशिखा ना. १. आगाको लप्को; बल्दै गरेको आगाको ज्वाला।
492 अग्निशिखा ना. २. खोर्सानी।
493 अग्निसंस्कार ना. १. धर्मशास्त्रअनुसार यज्ञादिमा गरिने अग्निको सोह्र संस्कार।
494 अग्निसंस्कार ना. २. हिन्दू संस्कारअन्तर्गत गरिने मरेका व्यक्तिको दाहसंस्कार।
495 अग्निस्थापना ना. १. यज्ञकर्ममा वैदिक विधिपूर्वक अग्निको स्थापना गर्ने काम; तत्सम्बन्धी अनुष्ठान वा सो अनुष्ठान सम्पन्न गर्ने विधि।
496 अग्निस्थापना ना. २. त्यसरी अग्निको स्थापना गर्ने विधि लेखिएको पुस्तक।
497 अग्निहोत्र ना. वैदिक प्रक्रियाअनुसार अग्निस्थापना गरी नियमित रूपले बिहानबेलुका होम गर्ने क्रिया; त्यस्ता प्रकारले अग्निलाई अखण्ड राख्न गरिने नित्य हवन।
498 अग्निहोत्री ना. अग्निहोत्रसम्बन्धी कार्य गर्ने व्यक्ति वा सो काम गर्ने अधिकार भएको व्यक्ति।
499 अग्न्यस्त्र ना. पुराण आदिमा वर्णन गरेअनुसार आगाको ज्वाला ओकल्ने प्राचीन अस्त्र।
500 अग्र वि. १. मुख्य; पहिलो; प्रधान। ना.