Dictionary

All Word

351 अखण्डित वि. खण्डन नभएको; खण्डित नभएको।
352 अखण्डित प्रतीतपत्र ना. एक ब्याङ्कले अर्को ब्याङ्कका नाउँमा फलाना आयातकर्ताको यति रुपियाँले खामेसम्मको चेक, ड्राफ्ट वा हुन्डी स्वीकार गर्नू तथा निकासीकर्तालाई रकमको भुक्तानी दिनू भनी लेखिएको, निकासीकर्ताद्वारा प्रतीतपत्र खोलिएको ब्याङ्कको कबुलियतसमेत गाभिएको हुने र निकासीकर्ताको अग्रिम अनुमतिविना खण्डन वा खारेजी हुन नसक्ने पत्र।
353 अखने ना. दाइँको पराल तान्ने काम गरिने अङ्कुसे लट्ठी।
354 अखबार ना. दैनिक, साप्ताहिक आदि निश्चित समयमा निस्किने खबरका साथै सम्पादकीय, टिप्पणी, लेख, विज्ञापन आदि छापिएको कागत; खबरकागत; समाचारपत्र।
355 अखबारी वि. १. अखबारसम्बन्धी।
356 अखबारी वि. २. अखबारमा दिइएको वा भएको।
357 अखाडा ना. हे. अखडा।
358 अखाद्य वि. १. खान नहुने। ना.
359 अखाद्य वि. २. खान नहुने वस्तु।
360 अखाद्य वि. ३. खाँदा शरीरलाई अहित गर्ने वस्तु; कुखाद्य।
361 अखानु/अखानो वि. १. अमिल्दो; सङ्कटमा पारिएको; अकारण उल्झनको स्थितिमा पारिएको। (उदा.- काम बिगार्ने व्यक्ति अखानु हुनु स्वाभाविक छ। )। ना.
362 अखानु/अखानो वि. २. त्यस्तो स्थितिमा परेको व्यक्ति; अभियोज्य व्यक्ति।
363 अखिल वि. प्रत्येकको; सबैलाई समेट्ने; सम्पूर्ण; समग्र; सारा (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल महिला सङ्घ इ.)।
364 अख्तियार ना. १. नियमकानुनद्वारा दिइएको अधिकार; हक; अक्तियार।
365 अख्तियार ना. २. अधिकार क्षेत्र।
366 अख्तियार ना. ३. प्रभुत्व; सामर्थ्य |
367 अख्तियार दुरुपयोग अनुसन्धान आयोग ना. नेपालको संविधान, २०३२ अनुसार राष्ट्रसेवकहरूले आफ्ना अधिकारहरूको नाजायज र अनियमित प्रयोग गरेमा कारबाई गर्नका निम्ति गठन भएको एक संवैधानिक निकाय।
368 अख्तियारनामा ना. कसैलाई आफ्ना तर्फबाट काम गर्नू भनी लेखिदिएको कागत; अधिकारपत्र; वारिसनामा।
369 अख्तियारवाला वि. १. कुनै काम गर्न अधिकार पाएको; नियमकानुनअनुसार लिखित रूपमा अख्तियार पाउने। ना.
370 अख्तियारवाला वि. २. त्यस्तो अख्तियार पाएको व्यक्ति।
371 अख्तियारी वि. १. अख्तियार प्राप्त गरेको; अख्तियारमा रहेको; अख्तियारभित्रको। ना.
372 अख्तियारी वि. २. अख्तियार हुनाको भाव वा अवस्था।
373 अख्तियारे वि. अख्तियार प्राप्त गरेको (व्यक्ति); अख्तियारवाला।
374 अख्रनु अ.क्रि. चिसो वा भिजेको वस्तु सुक्नु; थोरै सुक्नु।
375 अख्रक्क वि. १. भिजीवरी सुकेर दह्रो भएको (कपडा, छाला इ.)। क्रि.वि.
376 अख्रक्क वि. २. त्यसरी दह्रो हुने गरी।
377 अख्राइ ना. अख्रने भाव, क्रिया वा प्रक्रिया।
378 अख्राइनु क.क्रि. अख्रिने पारिनु।
379 अख्राउनु प्रे.क्रि. अख्रन लाउनु; अख्रने पार्नु।
380 अख्राहट ना. अख्राइ।
381 अख्रिनु अ.क्रि. १. अख्रनु।
382 अख्रिनु अ.क्रि. २. अख्रने हुनु।
383 अख्य्राइ ना. अख्रिने भाव, क्रिया वा प्रक्रिया।
384 अख्य्राइनु क.क्रि. अख्रिने पारिनु।
385 अख्य्राउनु प्रे.क्रि. अख्रिने पार्नु।
386 अख्य्राहट ना. अख्य्राइ।
387 अगकल्चो वि. हे. अधकल्चो।
388 अगच वि. १. अक्कर; जान वा हिँड्न अप्ठेरो; अघच। ना.
389 अगच वि. २. त्यस्तो अप्ठेरो ठाउँ वा स्थिति।
390 अगचिलो वि. अगच पर्ने; अप्ठेरो हुने।
391 अगडमबगडम वि. १. धेरै सङ्ख्यामा भएकाले वा तुच्छ भएकाले अनुल्लेखनीय; ह्यानत्यान; फस्याङफुसुङ; फासफुसे। ना.
392 अगडमबगडम वि. २. त्यस्तो अनुल्लेखनीय वस्तु।
393 अगणनीय वि. १. अगण्य; गन्न नसकिने; गनिनसक्नु; असङ्ख्य; बेगन्ती; अनगन्ती।
394 अगणनीय वि. २. गणना गर्न लायक नभएको; तुच्छ; छुद्र।
395 अगणित वि. १. नगनिएको।
396 अगणित वि. २. गन्न नसकिने; धेरै; प्रशस्त।
397 अगण्य वि. हे. अगणनीय।
398 अगति ना. १. नराम्रो गति; दुर्गति।
399 अगति ना. २. नर्क। (उदा.- त्यस दुष्टको त मुख हेऱ्यो भने पनि अगति परिन्छ।) वि.
400 अगति ना. ३. गतिरहित।