Dictionary

All Word

101 अंसियारी वि. अंसियारसम्बन्धी; अंसियारको।
102 अंस्याहा ना. कुनै संस्थान, निगम, कम्पनी वा कारोबारको अधिकृत पुँजीमा निश्चित हिस्सा भएको व्यक्ति; उक्त हिस्साको नाताले हुन आउने हक र दायित्व भएको व्यक्ति।
103 अउ निपा. कसैलाई हातको हाउभाउसहित सम्बोधन गर्दा वा बोलाउँदा प्रयोग गरिने आह्वान सङ्केत; ए (उदा.- अउ, कान्छा ! कहिले आइस्?)।
104 अॠणी वि. ॠण नभएको; रिन तिरिसकेको; ॠणमुक्त; उॠण। विप. ॠणी।
105 अकट ना. १. गरी वा नगरीकन परिआएको अप्ठ्यारो अवस्था।
106 अकट ना. २. पूरा नगरी नहुने खाँचो। ( उदा.- मलाई पैसाको अकट पऱ्यो।)।
107 अकटविकट वि. गर्न वा सँभाल्न गाह्रो पर्ने; साह्रोगाह्रो; गाह्रोसाँघुरो; अप्ठ्यारो।
108 अकटिलो वि. अप्ठ्यारो परेको; असजिलो।
109 अकड ना. हे. अकट; अक्कड।
110 अकडम-बकडम ना. हे. अगडमबगडम।
111 अकडाइ ना. अकडिने भाव, क्रिया वा प्रक्रिया।
112 अकडाइनु क.क्रि. अकडमा पारिनु; अकड्याइनु।
113 अकडाउनु अ.क्रि. १. अकडिने हुनु। प्रे.क्रि.
114 अकडाउनु अ.क्रि. २. अकडमा पार्नु; अकडिन लाउनु; अकड्याउनु।
115 अकडिनु अ.क्रि. १. आफ्ना कामकुरामा डटेर अडान लिनु; ढिपी गर्ने हुनु।
116 अकडिनु अ.क्रि. २. अड्भाङ्गे भएर बस्नु; ठर्रिनु।
117 अकडिनु अ.क्रि. ३. कठ्याङ्ग्रिनु; कक्रिनु।
118 अकडी वि. अकड लिने; ढिपीवाल।
119 अकड्याइ ना. अकडिने भाव, क्रिया वा प्रक्रिया।
120 अकड्याइनु क.क्रि. अकडिन लाइनु; डटाइनु।
121 अकड्याउनु प्रे.क्रि. अकडिने पार्नु; अकडिन लाउनु।
122 अकण्टक वि. १. काँडा नभएको।
123 अकण्टक वि. २. कुनै बाधाविरोध वा डर आदि नभएको।
124 अकण्टक वि. ३. अजातशत्रु; शत्रुरहित।
125 अकथनीय वि. वर्णन गर्न वा भन्न नसकिने; बाहिर प्रकट गर्न नसकिने; अकथ्य।
126 अकथित वि. नभनिएको; वर्णन नगरिएको; अनुक्त।
127 अकथ्य वि. हे. अकथनीय।
128 अकपट वि. १. धुर्त्याइँ नभएको; जालझेल नजान्ने वा नगर्ने; खुला वा सफा मन भएको।
129 अकपट वि. २. हक्की।
130 अकबर ना. मध्यकालीन भारतका मुगलवंशी एक प्रसिद्ध सम्राट् (शासन- वि. सं. १६१२- १६६२)।
131 अकबरी वि. १. अकबरको जस्तो अर्थात् उम्दा; असल; उत्तम वा उत्कृष्ट।
132 अकबरी वि. २. नम्बरी (सुन)। अकबरी सुनलाई कसी लाउनु पर्दैन (उखान)।
133 अकबरे वि. १. डल्लो खालको र ज्यादै पिरो (खोर्सानी); राँगे; अब्बरे। ना.
134 अकबरे वि. २. सोही जातको खोर्सानी।
135 अकबाल ना. १. ऐश्वर्य।
136 अकबाल ना. २. प्रताप।
137 अकबाल ना. ३. चकचकी। (उदा.- लङ्काको अकबाल सुनौँ त पहिले कस्तो छ तेस्को तखत्। -भानुभक्त।)
138 अकमक ना. १. आनेकाने; दोमन।
139 अकमक ना. २. दोधार; द्विविधा।
140 अकमकाइ ना. अकमकाउने भाव, क्रिया वा प्रक्रिया।
141 अकमकाइनु अ.क्रि. अकमकाउने काम हुनु; अकमक्क परिनु।
142 अकमकाउनु अ.क्रि. अकमक्क पर्ने स्थिति हुनु; यसो भनूँ कि उसो भनूँ भएर अलमलिनु।
143 अकमकिनु अ.क्रि. अकमक्क पर्नु; किंकर्तव्यविमूढ हुनु।
144 अकमक्क क्रि.वि. १. जिल्ल; जिल्लाराम। क्रि.वि.
145 अकमक्क क्रि.वि. २. दोधारमा परेर; जिल्लाराम भएर।
146 अकमक्याइँ ना. अकमकाइ।
147 अकमक्याइनु क.क्रि. अकमकिने गराइनु, अकमक्क पारिनु।
148 अकमक्याउनु प्रे.क्रि. अकमकिने गराउनु; अकमक्क पार्नु।
149 अकम्पित वि. १. नकाम्ने; स्थिर नहल्लिएको; नडगेको।
150 अकम्पित वि. २. नडराएको।