Dictionary

All Word

83351 शाहीघोषणा ना. राजा वा बादशाहबाट शासनक्षेत्रमा दिइने विशिष्ट वक्तव्य।
83352 शाही परिवार ना. राजपरिवार।
83353 शाहीरक्षक ना. अङ्गरक्षक।
83354 शाही सम्बोधन ना. राजाबाट देशवासीका नाममा गरिने सम्बोधन भाषण।
83355 शाही सूचना ना. राजाबाट जारी गरिने सूचना।
83356 शाही सेना ना. नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्नुपूर्वको नेपाली सेनाको नाम।
83357 शाही स्वीकृति ना. संसद्बाट पास भएका विधेयकलाई राजाबाट लालमोहर लगाउने काम।
83358 शिंशपा ना. कालो, सेतो र पहेँलो तीन प्रकारको हुने र काठबाट फर्निचरहरू बनाइने एक रुख; सिसौ।
83359 शिक्षक ना. शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति; अध्यापक; गुरु; मास्टर।
83360 शिक्षक शिक्षण ना. विद्यार्थी वा जिज्ञासुलाई शिक्षा दिने नयाँ तरिकाको ज्ञान वा सिकाइ; शिक्षकतालिम।
83361 शिक्षक शिक्षण केन्द्र ना. शिक्षकहरूलाई शिक्षणविधि सिकाउने ठाउँ; शिक्षकहरूका निम्तिको शिक्षालय।
83362 शिक्षण ना. १. शिक्षा दिने वा ज्ञानार्जन गराउने काम; अध्यापन।
83363 शिक्षण ना. २. कुनै विषय सिक्नेसिकाउने काम; तालिम।
83364 शिक्षण विज्ञान ना. शिक्षण दिने विधि वा परिपाटीको विवेचना गरिएको शास्त्र। शिक्षण विधि- ना. विद्यार्थीलाई शिक्षा दिने तरिका वा परिपाटी।
83365 शिक्षणशास्त्र ना. शिक्षणपद्धतिसँग सम्बन्धित शास्त्र।
83366 शिक्षण समिति ना. कुनै विषयको शिक्षण व्यवस्था तथा समुचित सञ्चालनका निम्ति बनेको समिति (जस्तो- नेपाली शिक्षण समिति; इतिहास शिक्षण समिति, संस्कृत शिक्षण समिति इ.)।
83367 शिक्षण संस्था ना. छात्रछात्राहरूलाई व्यवस्थित रूपमा शिक्षा दिने वा पठनपाठन गराउने एक वा धेरै शिक्षालय।
83368 शिक्षणीय वि. शिक्षा दिन योग्य; सिकाउन उचित; सिकाउनुपर्ने।
83369 शिक्षा ना. १. विद्यालय, महाविद्यालय आदिमा र घरैमा पनि नियमित रूपले अध्ययन गर्नेगराउने वा पढाइको चाँजोपाँचो मिलाउने काम; ज्ञान दिने वा लिने काम; विद्या।
83370 शिक्षा ना. २. सिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध।
83371 शिक्षा ना. ३. कुनै कुराको उचित तालिम वा अर्तीउपदेश।
83372 शिक्षा ना. ४. वेदका छ अङ्गमध्ये मन्त्रहरूको उच्चारणविधिको निरूपण गरिएको अंश वा खण्ड।
83373 शिक्षादिवस ना. नेपालमा प्रतिवर्ष भाद्र २३ गते शैक्षिक क्षेत्रमा उत्सव मनाइने दिन।
83374 शिक्षादीक्षा ना. व्यक्तिको मानसिक र चारित्रिक विकास तथा सद्गुणका निम्ति दिइने अर्तीउपदेश।
83375 शिक्षाध्यक्ष ना. त्रिभुवन विश्वविद्यालयको सङ्गठनअनुसार शैक्षिक मामलाको दायित्व वहन गर्ने तथा पाठ्यक्रम, अनुसन्धान, विद्यार्थी कल्याण र संयोजन आफ्ना मातहतमा रहेको एक उच्च पद; रेक्टर।
83376 शिक्षापद्धति ना. शिक्षा दिने ढाँचा वा काइदा; शिक्षण-प्रणाली।
83377 शिक्षा परिषद् ना. १. शिक्षाको प्रचारप्रसार तथा अभिवृद्धिका निम्ति संलग्न वा सङ्गठित संस्था।
83378 शिक्षा परिषद् ना. २. कुनै शिक्षणसंस्थाको पाठ्यक्रम, शिक्षणव्यवस्था आदिको निर्णय वा तर्जुमा गर्न बनेको, शिक्षाविद्हरूको समिति।
83379 शिक्षाप्रणाली ना. शिक्षा दिने प्रणाली वा काइदा; शिक्षापद्धति।
83380 शिक्षाप्रद वि. शिक्षा दिने वा पाइने; ज्ञानबर्द्धक।
83381 शिक्षा मन्त्रालय ना. देशको शिक्षाक्षेत्र तथा शैक्षिक सङ्गठनका तहमा आवश्यक क्रियाकलापको संयोजन, नीतिनिर्धारण, व्यवस्थापन आदि मूलभूत कार्य गर्ने मन्त्रालय।
83382 शिक्षामन्त्री ना. शिक्षामन्त्रालयको कार्यभार वहन गरेको वा त्यसको समुचितव्यवस्था मिलाउने मन्त्री।
83383 शिक्षायोजना ना. १. शिक्षाका आवश्यक साधन जुटाउने तथा समुचित उपाय, व्यवस्था आदि गर्ने पूर्वनिश्चित रूपरेखासहितको योजना।
83384 शिक्षायोजना ना. २. नेपालमा राष्ट्रिय शिक्षायोजनाअन्तर्गत सक्षम जनशक्ति तयार पार्ने तथा व्यवसायमूलक पद्धतिमा जोड दिने उद्देश्यले चलाइएको शैक्षिक योजना।
83385 शिक्षार्थी ना. शिक्षा लिने वा पढ्ने व्यक्ति; विद्यार्थी; छात्र।
83386 शिक्षा समुदाय ना. शिक्षार्थीहरूको समूह।
83387 शिक्षालय ना. शिक्षार्थीहरूले शिक्षा प्राप्त गर्ने ठाउँ वा भवन; शिक्षा दिने वा पढाउने संस्था; विद्यालय।
83388 शिक्षाविद् वि. शिक्षाको ज्ञाता; विद्वान्।
83389 शिक्षाविधान ना. देशमा शिक्षाको समुचित विकास तथा शैक्षिक संस्थाहरूको संयोजित सङ्गठनका निम्ति आवश्यक उद्देश्य, नीति, कार्यक्रम, विधि, पद्धति आदि उल्लेख भएको नियमविनियम; शिक्षासवाल।
83390 शिक्षा विभाग ना. शिक्षासम्बन्धी विषयमा आफ्ना मातहतको व्यवस्था मिलाउने वा रेखदेख गर्ने सरकारी विभाग।
83391 शिक्षिका ना. स्त्रीशिक्षक; अध्यापिका; गुरुआमा।
83392 शिक्षित वि. १. शिक्षा प्राप्त गरेको; पढेलेखेको वा बुझेको। शास्त्रीय।
83393 शिक्षित वि. २. विधिवत् व्यावहारिक कुरा वा शास्त्रीय कुराको ज्ञान हासिल गरेको।
83394 शिक्षित वि. ३. जान्नेसुन्ने; विद्वान्; पण्डित।
83395 शिखण्ड ना. १. मुजुरको पुच्छर; मयूरपुच्छ।
83396 शिखण्ड ना. २. शिखा; टुपी।
83397 शिखण्डी ना. १. मुजुर वा त्यसको प्वाँख।
83398 शिखण्डी ना. २. कुखुरो।
83399 शिखण्डी ना. ३. बाण।
83400 शिखण्डी ना. ४. मूलरूपमा कन्या भए तापनि पुत्ररूपमा घोषित र भीष्म पितामहका मृत्युको कारण हुने, महाभारतप्रसिद्ध दुरपद राजाको छोरो।