Dictionary

All Word

90901 सेम ना. आगो बाल्ने कामका लागि तयार गरिएका काठका टुक्रा; दाउरा।
90902 सेमिनार कुनै विषयका बारेमा सामूहिक रूपले गरिने छलफल; विचार- सङ्गोष्ठी।
90903 सेयर ना. कुनै साझा व्यापारमा लगाइएका सम्पत्तिको भाग वा हिस्सा; साझेदारी।
90904 सेयर धनी ना. सेयरको मालिक; साझेदार।
90905 सेयर होल्डर ना. सेयर लिने व्यक्ति; सेयरधनी; साझेदार।
90906 सेर्नु स.क्रि. काट्ने हतियारले चट्ट नछिनाई बिस्तारै धसेर काट्नु; रेट्नु।
90907 सेर ना. पुरानो प्रणालीको तौलमा मनको चालीसौँ भाग; असी तोला तौलको परिमाण।
90908 सेर ना. १. सिंह।
90909 सेर ना. २. वीर पुरुष; बहादुर मानिस।
90910 सेर ना. दुई पङ्क्तिमा कुनै भावको पूर्णता आउने गरी लेखिने एक प्रकारको फारसी वा उर्दू कविता।
90911 सेर ना. नेपालको पश्चिमी भेकमा मही फटाई बनाइने एक प्रकारको रोटी।
90912 सेरबानी ना. घाँटी टम्म हुने र फेर घुँडासम्म आउने, ओभरकोटका छाँटको बाहिरी पोसाक।
90913 सेरा ना. १. सिमसार परेको र फाँटिलो खेत; चिस्यान जमिन।
90914 सेरा ना. २. राजारजौटाहरूले आफैँ रोपाइँ गरी धान कमाउने खेत; राजाको खेती।
90915 सेरा ना. ३. ठुलो खेत; माणी खेत।
90916 सेरा वि. धनको जगरसेठ; ठुलो धनी।
90917 सेराइ ना. सेर्ने क्रिया वा प्रक्रिया।
90918 सेराइनु क.क्रि. सेर्न लाइनु; सेरिने तुल्याइनु।
90919 सेराउनु प्र.क्रि. सेर्न लाउनु; रेटाउनु।
90920 सेरालो ना. सेराको रेखदेख गर्ने प्रमुख कर्मचारी; कम्तिया।
90921 सेराहट ना. १. सेराइ।
90922 सेराहट ना. २. शोषण; ठगी।
90923 सेराहा वि. १. सेर्ने काम गर्ने।
90924 सेराहा वि. २. शोषक; ठग।
90925 सेरिनु क.क्रि. सेर्ने काम गरिनु; रेटिनु।
90926 सेरेन्जा ना. गजाले रेटेर बजाइने, चारवटा तार हुने, सारङ्गीजस्तो तारबाजा।
90927 सेरोफेरो ना. १. कुनै जग्गाजमिन, घरघडेरी आदिका हाताभित्र पर्ने सबै ठाउँ; कुनै जग्गा, जमिनको वरिपरिको भाग। क्रि.वि.
90928 सेरोफेरो ना. २. सर्वत्र; चारैतिर।
90929 सेर्पा ना. हिमाली वर्गको एक नेपाली जाति; स्यार्बा।
90930 सेर्पाली ना. १. सेर्पा जातिले गाउने गीत; लोकगीतको एक भाका।
90931 सेर्पाली ना. २. सेर्पा जातिको भाषा। वि.
90932 सेर्पाली ना. ३. सेर्पासम्बन्धी; सेर्पाको।
90933 सेर्बानी ना. सेरबानी कोट।
90934 सेर्मा ना. १. पाखो जमिनमा लाग्ने सरकारी पोत; जग्गाको तिरो।
90935 सेर्मा ना. २. लिम्बू जातिको एक थर।
90936 सेल्नु स.क्रि. छेड्नु; छेडेर उन्नु; सेला पार्नु।
90937 सेल ना. धानका चामलको पिठोमा दाउन र गुलियो मिलाई पानीमा रयालेर ताई आदिमा तातेको घिउतेलमा रिङ आकारको पारेर बनाइने रोटी; घुमाउने रोटी; जेब्रे।
90938 सेला ना. सेलेर सुकाएको वा सुकाउन झुन्ड्याएको मासु।
90939 सेलाइ ना. १. सेल्ने वा उन्ने क्रियाप्रक्रिया। [सेलाउ+आइ]
90940 सेलाइ ना. २. सेलाउने वा चिसो हुने किसिम, क्रिया वा भाव।
90941 सेलाइनु अ.क्रि. १. सेलाउने हुनु; चिसिनु। क.क्रि.
90942 सेलाइनु अ.क्रि. २. सेलिनु; उनिनु।
90943 सेलाउनु अ.क्रि. १. तातो वस्तु चिसो हुनु; ठन्डा हुनु।
90944 सेलाउनु अ.क्रि. २. जोस, प्रतिभा, उत्साह आदि कुरा घट्दै जानु। स.क्रि.
90945 सेलाउनु अ.क्रि. ३. तातो वस्तु चिसो पार्नु।
90946 सेलाउनु अ.क्रि. ४. देवताको निर्माल्य जल, पुष्प, मूर्ति आदि वस्तु पवित्र ठाउँमा लगेर विसर्जन गर्नु।
90947 सेलाउनु अ.क्रि. ५. मृतकको शव जलाउनु; दाहसंस्कार गर्नु। प्रे. क्रि. [सेल्+आउ+नु] सेल्न लगाउनु।
90948 सेलिया ना. नाच्ने आइमाईले लाउने पुरानो किसिमको एक गहना; सेलियापगरी।
90949 सेलिया पगरी ना. सेलिया।
90950 सेली ना. १. पगरीका वरिपरि लगाइने सुनको सिक्री वा मोतीको लहर; तोडा।