Dictionary

All Word

11351 ओकलदोकल ना. केटाकेटीले खेल्ने एक खेल र त्यस खेलमा गाइने गीत ।
11352 ओकलाइ ना. ओकल्ने किसिम, क्रिया वा भाव।
11353 ओकलाउनु प्रे. क्रि. ओकल्न लाउनु; ओकल्ने बनाउनु ।
11354 ओकलिनु क. क्रि. ओकलाइमा पर्नु ।
11355 ओकार ना. १. 'ओ' स्वरवर्णलाई बुझाउने शब्द; 'ओ' अक्षर ।
11356 ओकार ना. २. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमाथि लाग्ने 'ओ' को चिह्न; लखकानो (ाे) ।
11357 ओक्रापा ना. बढीमा दुई फिटजति लम्बाइको, भुवादार जिउ, रातो ढाड, कालो पेट भएको र पुच्छर खण्ड खण्ड परेजस्तो हुने मांसाहारी समूहमा पर्ने (दाँत र नङ्ग्रा दह्रा भएको) तर शाकाहारी एक जन्तु ।
11358 ओखती ना. १. रोग निको पार्नलाई प्रयोग गरिने वस्तु वा सामान; औषधी ।
11359 ओखती ना. २. उपचार; उपाय ।
11360 ओखती मुलो ना. १. औषधीमा वा औषधीका रूपमा प्रयोग हुने जडीबुटी ।
11361 ओखती मुलो ना. २. विभिन्न प्रकारका औषधी; औषधीहरूको समुदाय ।
11362 ओखती मुलो ना. ३. उपचार।
11363 ओखर ना. लाम्चा पात हुने, आरुजस्तो फल फल्ने र जमानेमान्द्राका जस्ता लामा लामा मञ्जरी लाग्ने, हाडे दानाभित्र गुलियो खाद्य पदार्थ हुने ठुलो जातको रुख; हाडे र दाँते गरी दुई प्रकारको हुने त्यसैको फल ।
11364 ओखरपाङ्ग्रे ना. १. गुरुङ जातिमा बिहे हुँदा कन्याका तर्फबाट वरलाई दिइने ओखर तथा पाङग्रो ।
11365 ओखरपाङ्ग्रे ना. २. आपसमा नमिल्ने व्यक्ति वा वस्तु ।
11366 ओखरपाङ्ग्रे ना. ३. मिलापका निम्ति प्रतिकूल स्थिति । वि.
11367 ओखरपाङ्ग्रे ना. ४. असजिलो ।
11368 ओखरपाङ्ग्रे ना. ५. बेमेलको ।
11369 ओखरपाङ्ग्रो फिर्ता ना. गुरुङजातिको पारपाचुके।
11370 ओखल ना. चिउरा, धान आदि कुट्न खोपिल्टो पारी बनाइएको काठ वा ढुङ्गाको साधन; उर्गल ।
11371 ओखलढुङ्गा ना. १. पूर्वी नेपालको सगरमाथा अञ्चलमा पर्ने एक जिल्ला ।
11372 ओखलढुङ्गा ना. २. त्यस जिल्लाको सदर मुकाम ।
11373 ओखली ना. सानो ओखल ।
11374 ओखली मुसली ना. १. कुट्नका लागि धान आदि हालिने ओखल र कुट्ने मुसल; ओखल र मुस्ली।
11375 ओखली मुसली ना. २. कुट्ने धन्दा; ढिकीजाँतो ।
11376 ओगट्नु स.क्रि. १. कुनै ठाउँलाई अरू कोही आउनुभन्दा पहिले नै छेकथुन गरिराख्नु; अरू कसैलाई नदिईकन कुनै वस्तुलाई कब्जामा लिइराख्नु; रोक्नु; छेक्नु; ओकट्नु ।
11377 ओगट्नु स.क्रि. २. कुनै व्यक्ति वा प्राणीविशेषलाई अलमल्याएर अन्त जान वा अरूको हुन नदिनु ।
11378 ओगट्नु स.क्रि. ३. कुनै वस्तु वा व्यक्तिले आफूभरिको ठाउँ लिनु ।
11379 ओगटाइ ना. ओगट्ने किसिम, क्रिया वा भाव।
11380 ओगटाउनु प्रे. क्रि. ओगट्न लाउनु ।
11381 ओगटिनु क. क्रि. ओगटाइमा पर्नु ।
11382 ओछाइ ना. ओछाउने भाव, क्रिया वा प्रक्रिया ।
11383 ओछाइनु अ.क्रि. ओछाउने काम होइनु ।
11384 ओछाउनु अ.क्रि. कुनै कामकुरा गर्न अल्छी मान्नु; गरूँ कि नगरूँ भने झैँ गरी दोमन हुनु; कामकुरा गर्न जाँगर मरेर आउनु; हतोत्साह हुनु; अल्छी बन्नु ।
11385 ओछिनु अ.क्रि. १. ज्यादै सानो वा तुच्छजस्तो बनेर गोडामन्तिर पर्नु; पाउ पर्नु; शरण पर्नु ।
11386 ओछिनु अ.क्रि. २. व्यक्ति वा वस्तुका मुनितिर पर्नु ।
11387 ओछिनु अ.क्रि. ३. ओछ्यान बन्नु; बिछिनु; फिँजिनु; पसारिनु ।
11388 ओछिनु अ.क्रि. ४. फैलिएर छरिनु ।
11389 ओछिनु अ.क्रि. ५. युद्ध आदिमा मारिनु; सोत्रिनु ।
11390 ओछो वि. कुनै महत्त्व नभएको; सानो विचारको; नगण्य किसिमको; तुच्छ ।
11391 ओछ्‌याइ ना. ओछ्‌याउने भाव, क्रिया वा प्रक्रिया ।
11392 ओछ्‌याइनु क. क्रि. ओछ्‌याउने काम गरिनु ।
11393 ओछ्‌याउनु स.क्रि. १. सुकुल, गुन्द्री वा अन्य ओछ्‌याउने जमिन, खाट आदिमा बिछ्‌याउनु; ओछ्‌यान फिँजाउनु; पसार्नु ।
11394 ओछ्‌याउनु स.क्रि. २. युद्ध आदिमा धेरै मानिसलाई धमाधम मारेर सोतर पार्नु ।
11395 ओछ्‌याउने ना. १. सुबिस्तासाथ बस्न वा सुत्नका निम्ति बनाइएको वस्तु (सुकुल, गुन्द्री, डसना इ.); ओछ्‌यान; बिछ्‌यौना । वि.
11396 ओछ्‌याउने ना. २. बिछ्‌याउने; ओछ्‌याइने ।
11397 ओछ्‌यान ना. १. खाट, भुइँ आदिमा बस्न वा सुत्नका लागि फैलाइने वस्तु (गुन्द्री, दरी, डसना, गलैँचा इ.) ।
11398 ओछ्‌यान ना. २. उक्त वस्तुहरूमध्ये खास गरी डसना; बिछौना ।
11399 ओज ना. १. व्यक्तिको व्यक्तित्व बढाउने शक्ति; बल; प्रताप; तेज; स्फूर्ति ।
11400 ओज ना. २. प्रकाश ।