Dictionary

All Word

14301 कापालिक ना. ४. कपालसम्बन्धी; खप्परसम्बन्धी।
14302 कापिनु अ.क्रि. १. कापमा पर्नु; चेपिनु; च्याप्टिनु।
14303 कापिनु अ.क्रि. २. दुई वस्तु वा समस्याका बिचमा अल्झिनु।
14304 कापी ना. १. धर्को भएको वा नभएको लेख्नका निम्ति प्रयोग हुने खाली कागतको पुस्तिका।
14305 कापी ना. २. पुस्तक, चित्र आदिको प्रति वा सङ्ख्या।
14306 कापी ना. ३. प्रतिलिपि; सरौट; नक्कल।
14307 कापी ना. ४. छाप्ने, छापिने आदि कामका निम्ति दिइने हस्तलेख।
14308 कापीराइट ना. लेखक, सङ्गीतकार वा कलाकारलाई कानुनले दिएको त्यो अधिकार जसअनुसार साहित्य, सङ्गीत वा कलाविषयक कुनै पनि कृति वा कार्यको प्रकाशन, उत्पादन र बिक्रीमा खास अवधिसम्मका लागि कानुनी सुरक्षा प्रदान गरिएको हुन्छ; लेखकाधिकार; स्वत्वाधिकार; प्रतिलिप्यधिकार; सर्वाधिकार। यसको अन्तर्राष्ट्रिय चिह्न यस्तो (।) हुन्छ।
14309 कापुरुष ना. काँतर पुरुष; नीच वा तुच्छ व्यक्ति; पानीआन्द्रे मान्छे।
14310 कापे ना. १. पढ्दा वा पाठ गर्दा किताब राख्न सजिलो हुने गरी बनाइएको काठको एक प्रकारको चेपुवा खटिया। वि.
14311 कापे ना. २. कापो परेको; काप भएको।
14312 काफर वि. हे. काँतर।
14313 काफल ना. लाम्चा पात हुने, गुच्छा गुच्छा राता साना फल फल्ने एक वृक्ष; त्यसैको गर्मी महिनामा फल्ने फल।
14314 काफलचरी ना. काफल पाक्ने बेलामा 'काफल पाक्यो' भनेर कराई हिँड्ने एक चरो
14315 काफल पाक्यो ना. काफलचरीले काफल पाक्ने समयमा बोल्ने र त्यस्तै सुनिने स्वर।
14316 काफिर ना. १. ईश्वरको अस्तित्व नमान्ने मानिस।
14317 काफिर ना. २. मुसलमानी धर्म नमान्ने मानिस। ३ दक्षिण अफ्रिकाका बान्टुभाषी जाति।
14318 काफिर ना. ४. अफगानिस्तानको सरहदमा बस्ने एक जाति। वि.
14319 काफिर ना. ५. नास्तिक।
14320 काफिर ना. ६. दुष्ट।
14321 काफिर ना. ७. निर्दय।
14322 काफी १ ना. चाहिएजति; यथेष्ट; मनग्य; पर्याप्त; प्रशस्त।
14323 काफी २ ना. १. खनायोका जस्ता झुप्पैझुप्पा राता रङका फल र चिउलीका जस्ता ठुलठुला पात हुने उष्णप्रदेशीय बिरुवा।
14324 काफी २ ना. २. त्यसैका साना साना बीजलाई यान्त्रिक प्रक्रियाद्वारा धुलो बनाएर तयार पारिने गाढा खैरो रङको र सुगन्धले युक्त एक प्रसिद्ध पेय पदार्थ; कफी।
14325 काबिल वि. खास खास विषयको ज्ञाता; पढेलेखेको र योग्य; विद्वान्; पण्डित; शिक्षित।
14326 काबु ना. १. कुनै व्यक्तिको नियन्त्रण वा अधीनमा रहने काम; अधीनता; नियन्त्रण; वश; हैकम। वि.
14327 काबु ना. २. कायल; साबित।
14328 काबु ना. ३. चेतबाबा भएको; पछुतो मानेर कान समात्ने।
14329 काबुज ना. बट्टाई चरालाई राखिने पिँजडा।
14330 काबुल ना. १. उत्तरपूर्वी भागमा पर्ने अफगानिस्तानको राजधानी।
14331 काबुल ना. २. सिन्धुनदीमा गएर मिसिने अफगानिस्तानको एक नदी।
14332 काबुली वि. काबुल प्रदेशको; काबुलसँग सम्बन्धित।
14333 काबुली चना ना. सेतो रङको ठुलो दाना हुने एक प्रकारको चना।
14334 काबू ना. हे. काबु ।
14335 काब्रो ना. हे. काभ्रो।
14336 काभ्रे ना. १. नेपालको बाग्मती अञ्चलमा रहेको, काठमाडौँ उपत्यकाको पूर्व-दक्षिणमा पर्ने एक जिल्ला (काभ्रेपलान्चोक)।
14337 काभ्रे ना. २. काभ्रोसम्बन्धी; काभ्रो हुने वा पाइने; काभ्राको।
14338 काभ्रे चरो ना. फुस्रो रङको ज्यादै सानो एक चरो।
14339 काभ्रेपलान्चोक ना. हाल क्रमशः 'काभ्रे' नाउँले मात्र चिनिन थालेको, पहिले पूर्व १ नम्बरअन्तर्गतका काभ्रेपलान्चोक सिन्धुपाल्चोकमध्ये एक जिल्ला।
14340 काभ्रे माछो ना. एक प्रकारको माछोविशेष।
14341 काभ्रो ना. १. लाम्चा पात हुने, सेतो वा हरियो फूल फुल्ने, सेता बाटुला फल लाग्ने हाँगाभरि पातले झ्याम्मिएको एक वृक्ष।
14342 काभ्रो ना. २. अमिलो खालको तरकारी र अचार बनाएर खाइने तथा आयुर्वेदमा ठन्डा गुण हुने र रक्तदोष, मूर्च्छा, रिँगटा आदिमा फाइदा गर्ने भनी बताइएको त्यसकै फूल वा कोसा; काब्रो।
14343 काम्नु अ.क्रि. डर, अत्यास आदिले जिउ थरथर हल्लनु; कम्प छुट्नु; डगमगाउनु; कम्पित हुनु; थरथराउनु; डग्नु; थर्र हुनु; काँप्नु ।
14344 काम १ ना. काम्ने वा कामेको अवस्था; कँपाइ; कम्प (जस्तो- कामजरो)।
14345 काम २ ना. १. कुनै कुरा, उद्योग वा प्रयोजनका लागि हातखुट्टा आदि शारीरिक अङ्ग चलाएर गरिने कार्य; मन वा बुद्धि खियाउने प्रक्रिया वा स्थिति; दशनङ्ग्रा खियाइ।
14346 काम २ ना. २. कुनै पनि कार्य वा क्रिया (उद्योगधन्दा, इलम-व्यवसाय, पठनपाठन इ.)।
14347 काम २ ना. ३. गर्नुपर्ने कर्म, कार्य, व्यापार।
14348 कामकाज ना. काम र काज; उद्योगधन्दा, इलम; व्यवसाय; रोजगार।
14349 कामकाजी वि. कुनै नोकरी, पेसा वा काममा लागेको; रोजगार समातेको; इलमी।
14350 काम कारबाई/कारबाही ना. कुनै काम, उद्योगधन्दा वा व्यवसायका लागि गरिने चाँजोपाँजो; बरबन्दोबस्त; कारोबार।