Dictionary

All Word

14751 कालीकुत्तिम वि. १. ज्यादा कालो; गाढा कालो।
14752 कालीकुत्तिम वि. २. ज्यादै मैलो; थोत्रोपुरानो।
14753 कालीकोट ना. नेपालको कर्णाली अञ्चलमा रहेको एक जिल्ला।
14754 कालीकोप्ची ना. कालो वर्ण, गहिरा आँखा र घोप्टे हेराइ भएकी आइमाईलाई गाली गर्दा प्रयोग गरिने शब्द।
14755 कालीखोले ना. १. काली खोलावरपरका बासिन्दा।
14756 कालीखोले ना. २. खोलाको छेउछाउ बसेर मिठा स्वरले गाउने एक प्रकारको चरो।
14757 काली ज्यामिर ना. गाढा पहेँलो तथा रातो बोक्रा हुने एक जातको अमिलो फल।
14758 काली ढकायो ना. डाँठको टुप्पामा प्रायः तीनवटा पात हुने, घोगा रूपमा पहेँलो फूल फुल्ने र बाँकोको जस्तो कन्द हुने एक बुटी वा त्यसैको कन्द।
14759 काली तोप ना. प्राचीन कालको एक प्रसिद्ध तोपको नाम।
14760 कालीदह ना. १. ज्यादै गहिरो हुनाको कारणले पानी कालो देखिने दह; भयङ्करको दह; काली रह। वि.
14761 कालीदह ना. २. असाध्यै मौलाएको; सप्रिएको। (उदा.- यो साल बारीमा कालीदह मकै भएको छ। )
14762 कालीन वि. १. कुनै काल वा समयसँग सम्बन्धित; खास समयको; कालिक (महाभारतकालीन, राणाकालीन इ.)।
14763 कालीन वि. २. ऋतु वा यामअनुकूल। (उदा. - शरत्कालीन आकाश स्वच्छ र निर्मल देखिन्छ)।
14764 कालीनाथ्रो ना. मङ्सिरमा पाक्ने, कालो नाथ्रो भएको एक प्रकारको धान; पहेँलो मार्सी; कालो काठे।
14765 काली निउरो ना. कालो, मोटो र कमलो डाँठ हुने र तरकारी खाइने एक जातको निउरो।
14766 कालीपोके ना. अन्नपातलाई नै कालो तुल्याइदिने, बालीबिरुवामा लाग्ने एक रोग; गहुँ आदिका डाँठपात र बालामा अँगारको धुलोजस्तो काला काला पोका लाग्ने रोगविशेष।
14767 कालीबम्बई ना. बम्बई आँपको एक प्रकार; असल जातको आँप।
14768 कालीबिराली ना. ओखतीमुलोका निम्ति प्रयोग गरिने कालो रङको बिरालो।
14769 कालीबुढी ना. हुकुमको मिस्सी आफ्नो तासले खाएमा कालीबुढी बोकिन्छ भन्ने गरी चार जना मिलेर खेलिने तासको खेल।
14770 कालीबोक्सी ना. काली र नजाती स्वास्नीमान्छेलाई गाली गर्दा प्रयोग गरिने अपमानबोधक शब्द।
14771 कालीभीर ना. माथिबाट हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भीर; कहालीलाग्दो भीर।
14772 कालीमकै ना. केराको बुँगाजस्तो छोटो घोगा लाग्ने, दानाभित्र कालो पिठोजस्तो पदार्थ हुने एक जातको मकै।
14773 कालीमाटी ना. १. जमिनमनि रहेको कालो, नरम र मलिलो माटो; खेतीमा मलका रूपमा प्रयोग गरिने माटो।
14774 कालीमाटी ना. २. काठमाडौँ उपत्यकाको टेकुदोभाननजिक रहेको एक ठाउँ।
14775 कालीमाल ना. परदेश वा प्रवास; परदेश जाँदा बाटामा पर्ने वास।
14776 कालीमुन्टे ना. १. खेततिर पाइने, टुप्पामा कालो एक प्रकारको घाँस; कालीमुन्टो; वनमारा।
14777 कालीमुन्टे ना. २. मुन्टो मात्र कालो भई बाँकी जिउ सबै अरू नै रङको हुने बाख्रो। वि.
14778 कालीमुन्टे ना. ३. कालो मुन्टो भएको।
14779 कालीरह ना. हे. कालीदह।
14780 कालीलहरो ना. गाईबस्तुलाई खुवाइने एक प्रकारको जङ्गली घाँस।
14781 कालीसिन्की ना. कालो कालो सिन्का हुने एक झार; कान छेडेपछि प्वाल नटालियोस् भनेर लगाइने सानो सिन्को; कानसिन्की; दमकन्ने।
14782 कालु वि. 'कालो' शब्दको सङ्क्षिप्त रूप।
14783 कालु पाँडे ना. पृथ्वीनारायण शाहका समयमा गोर्खा राज्यको काजी भएका र र कीर्तिपुरसँग पहिलो युद्धमा दिवङ्गत भएका इतिहासप्रसिद्ध एक व्यक्ति।
14784 कालुष्य ना. १. कलुष वा मलिन हुनुको भाव; मलिनता; फोहोर।
14785 कालुष्य ना. २. वैमनस्य।
14786 कालू ना. स्नेहका साथ बोलाउँदा प्रयोग गरिने शब्द।
14787 कालो ना. १. प्रकाश वा सेतोको विपरीत रङ; मोसो, गाजल, अँगार, गोल आदिको जस्तो रङ्ग।
14788 कालो ना. २. प्रकाश नभएको स्थिति; अन्धकार।
14789 कालो ना. ३. निग्रो जाति।
14790 कालो ना. ४. दोष, कलङ्क; खोट।
14791 कालो ना. ५. पाप; कल्मष। वि.
14792 कालो ना. ६. उज्यालो नभएको; अँध्यारो; मैलो वा धमिलो।
14793 कालो ना. ७. कृष्ण वर्णको; कल्साउँदो; साँवलो; गाजले।
14794 कालो ना. ८. मन सफा नभएको; रिसाएको; नजाती; दुष्ट।
14795 कालो ना. ९. आशा नभएको; पत्तो नपाइने (कालो भविष्य, कालो भावना इ.)।
14796 कालो अङेरी ना. कालो कालो खालको अङेरीविशेष।
14797 कालो अरिङ्गाल ना. एक जातको कालो रङको अरिङ्गाल।
14798 कालो उखु ना. गाढा कलेजी वा कालो रङको, औषधीका लागि पनि काम लाग्ने राम्रो खालको उखु।
14799 कालो कपास ना. कालो कालो भुवा हुने एक जातको कपास।
14800 कालो कर्तुत ना. अरूको कुभलोका लागि गरिने निन्दनीय कार्य; स्वार्थसिद्धिका लागि गरिने नियमविरुद्ध काम; छलकपट; षड्यन्त्र।