Dictionary

All Word

3701 अप्रतिदेय वि. २. फिर्ता गर्नु नपर्ने (ॠण)। ना.
3702 अप्रतिदेय वि. ३. दान ।
3703 अप्रतिद्वन्द्व वि. १. आफ्नो बराबरीको कोही नभएको; जोडा नभएको; प्रतिद्वन्द्वी नभएको ।
3704 अप्रतिद्वन्द्व वि. २. कसैले जित्न नसक्ने; अजेय। ना.
3705 अप्रतिद्वन्द्व वि. ३. प्रतिद्वन्द्व वा पारस्परिक भिडन्त नभएको अवस्था ।
3706 अप्रतिबन्ध वि. १. रोकटोक नभएको; प्रतिबन्ध नलागेको; स्वच्छन्द। ना.
3707 अप्रतिबन्ध वि. २. प्रतिबन्धको अभाव वा अनुपस्थिति ।
3708 अप्रतिभ वि. १. प्रतिभा नभएको; निर्बुद्धि; हतप्रभ ।
3709 अप्रतिभ वि. २. फुर्ती नभएको; सुस्त।
3710 अप्रतिभ वि. ३. जाँगर नभएको; आलस्ययुक्त।
3711 अप्रतिम वि. जोडा नभएको; अद्वितीय; अनुपम ।
3712 अप्रतिष्ठा ना. १. प्रतिष्ठाको अभाव; अनादर; तिरस्कार; हेला ।
3713 अप्रतिष्ठा ना. २. अपयश; अकीर्ति।
3714 अप्रतिष्ठित वि. प्रतिष्ठा नभएको; मानमर्यादा नभएको; असम्मानित; अमर्यादित।
3715 अप्रतीत वि. १. अप्रसन्न; बेखुसी ।
3716 अप्रतीत वि. २. नसम्झिने; नबुझिने; अस्पष्ट ।
3717 अप्रतीतता ना. कुनै पदको नयाँ अर्थ भए तापनि कहिलेकाहीँ मात्र चलेको हुँदा त्यो अर्थ सबैले बुझ्न नसकिने भएमा हुने एक प्रकारको पददोष ।
3718 अप्रत्यक्ष वि. १. प्रत्यक्ष नभएको; साक्षात्कार नभएको; परोक्ष।
3719 अप्रत्यक्ष वि. २. अदृष्ट; अगोचर।
3720 अप्रत्यक्ष वि. ३. थाहा नहुने किसिमले भएको; सोझो ढङ्गले नभएको।
3721 अप्रत्यक्ष कर ना. प्रत्यक्ष रूपबाट नलिएर उपभोग्य वस्तुहरूको उत्पादक वा आयातकर्ताहरूबाटै लिइने कर।
3722 अप्रत्यक्ष करार ना. अप्रत्यक्ष किसिमले राखिने सम्बन्ध; परोक्ष सम्झौता वा सर्तनामा।
3723 अप्रत्यक्ष प्रतिलिपि ना. प्रत्यक्ष रूपमा स्पष्ट बुझिने नभई कुनै विशेष तरिका वा उपायले मात्र बुझ्न सकिने प्रतिलिपि; छायाचित्र।
3724 अप्रत्यक्ष संरक्षण ना. अप्रत्यक्ष रूपले गरिएको हेरविचार वा संरक्षण।
3725 अप्रत्याशित वि. १. आशा नगरिएको ।
3726 अप्रत्याशित वि. २. अचानक भएको; आकस्मिक।
3727 अप्रदर्शित वि. प्रदर्शन नगरिएको; नदेखाइएको; रङ्गमञ्चमा नल्याइएको।
3728 अप्रधान वि. १. प्रधान नभएको; अमुख्य ।
3729 अप्रधान वि. २. सहायक; गौण।
3730 अप्रधान उपवाक्य ना. व्याकरणमा मुख्य वाक्यका सहायकका रूपमा आउने उपवाक्य; सहायक वा गौण उपवाक्य।
3731 अप्रमत्त वि. १. नमात्तिएको; प्रमाद नभएको; उन्मत्त नभएको।
3732 अप्रमत्त वि. २. सावधान; सतर्क।
3733 अप्रमत्त वि. ३. बुद्धिमान्; विद्वान् ।
3734 अप्रमाण वि. १. कुनै पनि प्रमाण नभएको; निस्सा नभएको । ना.
3735 अप्रमाण वि. २. प्रमाणको अभाव वा अनुपस्थिति।
3736 अप्रमाणित वि. प्रमाण नभएको; प्रमाणित नभएको ।
3737 अप्रमाद वि. प्रमादरहित; सतर्क; सावधान।
3738 अप्रमेय वि. १. नाप्न नसकिने; असीम; अपरिमित; अनन्त।
3739 अप्रमेय वि. २. तर्कबाट सिद्ध गर्न नसकिने ।
3740 अप्रमेय वि. ३. यथार्थ रूपमा जान्न नसकिने । ना.
3741 अप्रमेय वि. ४. ब्रह्म; ईश्वर।
3742 अप्रयुक्त वि. १. प्रयोग नगरिएको; व्यवहारमा नल्याइएको; अव्यवहृत। ना.
3743 अप्रयुक्त वि. २. शास्त्रमा प्रसिद्ध भए तापनि व्यवहारमा प्रयोग गर्दा हुने पददोष।
3744 अप्रवृत्ति ना. व्यवहारमा नआउने क्रिया; काम नलाग्ने स्थिति; निष्क्रियता ।
3745 अप्रशिक्षित वि. १. उत्तम शिक्षा नपाएको; राम्रो शिक्षा नपाएको ।
3746 अप्रशिक्षित वि. २. पूर्ण शिक्षा प्राप्त नगरेको; अर्धशिक्षित ।
3747 अप्रशिक्षित वि. ३. व्यावहारिक शिक्षा प्राप्त नगरेको; तालिम नपाएको ।
3748 अप्रसङ्ग वि. १. विनाप्रसङ्गको; असम्बन्धित।
3749 अप्रसङ्ग वि. २. प्रेम नभएको; अनुरागरहित। ना. बेमौका; अनुपयुक्त अवसर।
3750 अप्रसन्न वि. खुसी नभएको; प्रसन्न नभएको; अप्रफुल्ल ।