Dictionary

All Word

4651 अरालाइ ना. अराल्ने भाव, क्रिया वा प्रक्रिया ।
4652 अरालिनु क.क्रि. अराल्ने काम गरिनु ।
4653 अरावट ना. अह्रावट; अराउ।
4654 अराष्ट्रिय वि. राष्ट्रसँग सम्बन्ध नभएको; राष्ट्रप्रति अहित चिताउने ।
4655 अराष्ट्रिय तत्त्व ना. कुनै पनि देशको, राष्ट्रको अहित चिताउने तत्त्व; पञ्चमाङ्गी तत्त्व।
4656 अराष्ट्रिय भावना ना. राष्ट्रका प्रति अहित चिताउने मानसिक सोचाइ वा विचार ।
4657 अरि ना. शत्रु; वैरी।
4658 अरिँगाल ना. हे. अरिङाल।
4659 अरिङाल/अरिङ्गाल ना. बारुलाको आकारको, त्यसभन्दा ठुलो बच्छिउँभन्दा सानो, खिल गाडेर चिल्ने बिखालु किरो; अच्छिउँ; अरिँगाल ।
4660 अरित्र ना. नाउ यताउति घुमाउनका निम्ति नाउकै पछिल्तिर जडिने काठको बहना; पतवार ।
4661 अरिनी वि. १. रिनबाट मुक्त भएको; रिन तिरिसकेको ।
4662 अरिनी वि. २. रिन नलिने; रिन नखाने; रिन नबोक्ने ।
4663 अरिमठे/अरिमुठे ना. १. कनसुत्लाका आकारको तर ठुलो र मोटो, प्राय: कलेजी रङ हुने, धेरै खुट्टा हुने एक किरो; सहस्रपाद। वि.
4664 अरिमठे/अरिमुठे ना. २. अरट्ठ परेको; अरिमठे झैँ डोलो शरीर भएको; कसिलो र साह्रो ।
4665 अरिष्ट ना. १. शारीरिक दुःख वा कष्ट ।
4666 अरिष्ट ना. २. आपत्ति; विपत्ति।
4667 अरिष्ट ना. ३. अभाग्य; दुर्भाग्य।
4668 अरिष्ट ना. ४. अशुभ; अपशकुन ।
4669 अरिष्ट ना. ५. ज्योतिषशास्त्रअनुसार खराब कुरा सूचित गर्ने ग्रहफल।
4670 अरिष्ट ना. ६. पकाएर राखिएका औषधीको रस (जस्तो- अशोकारिष्ट, सारस्वत्यारिष्ट इ.) ।
4671 अरुचि ना. १. रुचि नहुने स्थिति वा परिस्थिति; अनिच्छा।
4672 अरुचि ना. २. रुचि नहुने रोग; अग्निमन्दता।
4673 अरुचि ना. ३. घृणा।
4674 अरुचिकर वि. १. रुचि नहुने वा रुचि नगराउने ।
4675 अरुचिकर वि. २. मन नपरेको; इच्छा नजाग्ने।
4676 अरुण ना. १. सूर्य; रवि; आदित्य ।
4677 अरुण ना. २. सूर्यको सारथि ।
4678 अरुण ना. ३. बिहान र बेलुकी पूर्वी तथा पश्चिमी आकाशमा देखिने रातो आभा।
4679 अरुण ना. ४. पुन्नाग वृक्ष ।
4680 अरुण ना. ५. गाढा रातो रङ ।
4681 अरुण ना. ६. कुङ्कुम ।
4682 अरुण ना. ७. सिन्दूर।
4683 अरुण ना. ८. तिब्बततर्फबाट वरुण हुँदै पूर्वी नेपालभित्र पसेर कोसी नदीमा मिल्ने एक ठुलो नदी; सप्तकोसीमध्ये एक ।
4684 अरुणिमा ना. रातोपना; लाली; लालिमा; रक्त्योल।
4685 अरुणोदय ना. बिहान रातो रङमा हुने सूर्यको उदय; सूर्य उदाउनुभन्दा पहिले पूर्वी आकाशमा देखिने रातो आभा; सूर्य उदाउनुभन्दा पहिलेको समय; ब्राह्ममुहूर्त; प्रातःकाल; भोर।
4686 अरुन्धती ना. १. वशिष्ठ ॠषिकी पत्नी ।
4687 अरुन्धती ना. २. सप्तर्षि तारासमूहका बिचको एक तारो ।
4688 अरुवा१ ना. नउसिनी कुटेका धानको चामल; अलुवा; अरवा।
4689 अरुवा२ वि. अर्काका अरोटमा हिँड्ने; अर्काको लहलहैमा हिँड्ने।
4690 अरू वि. १. आफूदेखि बाहेकको; अन्य; अर्को; दोस्रो।
4691 अरू वि. २. पराई; परचक्री ।
4692 अरू वि. ३. बढ्ता; थप । संयो.
4693 अरू वि. ४. अनि; फेरि । अरूको लाख, आमाको काख (उखान)।
4694 अरूप वि. १. रूप नभएको; निराकार ।
4695 अरूप वि. २. नराम्रो; विरूप; कुरूप।
4696 अरूप वि. ३. असमान; असदृश ।
4697 अरूपक वि. १. रूप नभएको; निराकार । ना.
4698 अरूपक वि. २. बौद्ध दर्शनानुसार योगको एक अवस्था; निर्जीव समाधि ।
4699 अरूपायित वि. रूप नचल्ने वा रूप नचलेको ।
4700 अरे निपा. १. कुनै अज्ञात कुरालाई जनाउँदा प्रयोग गरिने शब्द; रे (उदा.- उनी घर आए अरे!) । वि.बो.