Dictionary

All Word

71051 मस्तुल ना. डुङ्गा वा जहाजमा पाल बाँध्नका निमित्त बिचमा उभ्याइने ठुलो खम्बा; लट्ठा।
71052 मस्तै वि. धेरै; ज्यादै; निकै।
71053 मस्याइलो वि. लस्सादार; लेस्याइलो।
71054 मस्याङ ना. मासका ढबका पात हुने, बोडीका जस्ता लाम्चो र झिनो कोसा हुने, पहेँला फूल फुल्ने एक लहरा वा त्यसको कोसाभित्रको गेडा; सेतोकैलो रङको मासजस्तो दलहन।
71055 मस्यानी ना. हे. मसिनी १।
71056 मस्यौटो ना. मास भिजाएर पिँधेको लेदो।
71057 मस्यौदा ना. हे. मसौदा।
71058 मस्यौरा ना. मस्यौटोमा मुला, आलु, काटेको कर्कलो आदि मिसाई सुकाएर तरकारी खानका निम्ति बनाइएको डल्लोडल्लो वस्तु वा बरी।
71059 मस्यौरे वि. मस्यौरा सुकाएको जस्तो देखिने गरी टिकाटिकी भई फिँजारिएको (बादल)।
71060 मस्सक ना. सरसफाइ गर्दा पखाल्ने आदि काम गर्न पानी हालिने छालाको ठुलो थैलो।
71061 महँगी ना. १. महँगो हुनाको भाव वा अवस्था; महँगोपन।
71062 महँगी ना. २. उपभोग्य वस्तुहरूको कमी; दुर्लभता।
71063 महँगो वि. १. उचित वा सुहाउँदोभन्दा बढी मूल्यको; धेरै मोल पर्ने।
71064 महँगो वि. २. चाहिएजति नपाइने; दुर्लभ; दुष्प्राप्य।
71065 महँगो वि. ३. बढी मोल पर्ने; बहुमूल्य; किम्मती।
71066 मह ना. फूलहरूबाट सारतत्त्व झिकेर माहुरीले चाकामा जम्मा पारिराख्ने गुलियो तरल पदार्थ; मधु।
71067 महकनु अ.क्रि. १. महक आउनु; वास्ना चल्नु; सुगन्ध आउनु।
71068 महकनु अ.क्रि. २. बसाउनु।
71069 महक ना. टाढासम्म फैलिने बास्ना; सुगन्ध।
71070 महकदार वि. सुगन्ध भएको; वासनायुक्।
71071 महकाइ ना. महकने भाव, क्रिया वा प्रक्रिया।
71072 महकाउनु अ.क्रि. १. सुगन्ध चल्नु; बास्ना आउनु।
71073 महकाउनु अ.क्रि. २. सडेगलेको नमिठो स्वादको वास चल्नु; वसाउनु।
71074 महकाउनु अ.क्रि. ३. गन्ध आउने पार्नु।
71075 महकिनु अ.क्रि. महकनु।
71076 महकिलो वि. महक भएको; महकदार।
71077 महज्जन ना. आदरभाउ गर्नुपर्ने व्यक्ति; ठुलाबडा मानिस।
71078 महत् वि. १. ठुलो; महान्; विशाल।
71079 महत् वि. २. यथेष्ट; प्रशस्।
71080 महत् वि. ३. व्यापक।
71081 महत् वि. ४. हृष्टपुष्ट; बलवान्।
71082 महत् वि. ५. प्रचण्ड; उग्र।
71083 महत् वि. ६. स्थूल; सघन।
71084 महत् वि. ७. महत्त्वपूर्ण; गुरुतर।
71085 महत् वि. ८. उन्नत; उच्च।
71086 महत ना. नेपालका छेत्री जातिको एकथर।
71087 महतारी ना. आमा; माता; जननी।
71088 महती ना. १. नारद मुनिको वीणाको नाम।
71089 महती ना. २. महिमा; महत्त्व।
71090 महती ना. वि. ३. महान्; ठुलो।
71091 महतो ना. १. थारूका बस्तीको नाइके।
71092 महतो ना. २. तराईको एक जाति वा वर्गको थर।
71093 महत्तत्त्व ना. साङ्ख्यदर्शनअनुसार प्रकृतिको प्रथम विकार; बुद्धितत्त्व; जीवात्मा।
71094 महत्तम वि. सबभन्दा ठुलो।
71095 महत्तम समापवर्तक ना. दुई वा सोभन्दा बढी सङ्ख्याले भाग जान सक्ने सबभन्दा ठुलो सङ्ख्या।
71096 महत्तर वि. १. परिमाण, गुण आदिका दृष्टिले दुई पदार्थमा ठुलो अरू ठुलो।
71097 महत्तर वि. ना. २. प्रतिष्ठित व्यक्ति; मुख्य मानिस।
71098 महत्तर वि. ३. कञ्चुकी; राजभवनको प्रतिहार।
71099 महत्तर वि. ४. गाउँको मुखिया।
71100 महत्ता ना. १. ठुलो वा महान् हुनाको भाव वा स्थिति।