Dictionary

All Word

1 अ १ ना. १. देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पहिलो स्वरवर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने ह्रस्व स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार आधाखुला, केन्द्रीय स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
2 अ १ २. लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति स्वरवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पहिलो चिहन।
3 अ २ ना. १. ॐ भित्र अन्तर्निहित मानिएका अ+उ+म् तीन ध्वनिमध्ये विष्णुलाई बुझाउने पहिलो ध्वनि।
4 अ २ ना. तथा ब्रह्मालाई बुझाउने मानिन्छन्।) २. संस्कृत एकाक्षरी कोशअनुसार मूलतः विष्णुलाई जनाउने मङ्गलवाची शब्द।
5 अ २ ना. ३. पू.स. शब्दका अगाडि लागी अभाव, भिन्नता, विपरीतता आदि अर्थ बुझाउने पूर्वसर्ग (अगति, अज्ञान, अफाप, अयोग्य इ.)।
6 अ ३ नि. झर्को, गाली, बेवास्ता, अस्वीकार आदि बुझाउन आवेगका अवस्थामा प्रयोग गरिने विस्मयादिबोधक शब्द; आ।
7 अ ३ नि. (उदा.- अ, बिनसित्ति कति चलेको ? अ, म यति बेला बजार जान्नँ।)।
8 अँ नि. स्वीकार, सम्झना, आश्चर्य, उपेक्षा, प्रसन्नता, पीडा आदि भाव जनाउने, प्रायः वाक्यका अगाडि आउने शब्द।
9 अँ नि. (उदा.- अँ, मलाई सन्चो छैन। अँ, त्यस्तो पनि होला। अँ, तिमीले भनेर हुन्छ!)।
10 अँकाइ ना. आँक्ने भाव, क्रिया वा प्रक्रिया।
11 अँकाइनु क.क्रि. आँक्न लाइनु।
12 अँकाउनु प्रे.क्रि. आँक्न
13 अँके [अव्य.] हो त नि l हो त l जोड दिँदा र विरोध दर्साउँदा प्रयोग हुने अव्ययवाची संयुक्त शब्द l कसरी हो ? के कारणले ? l अँ नाइँ – अँ हो l अँ त l।
14 अँगरखा/अँगर्खा ना. घाँटीदेखि घुँडामन्तिरसम्मको लामो कुर्ताजस्तो प्रायः साधुसन्तहरूले र विशेष अवस्थामा राजा, मन्त्री आदिले पनि लगाउने वस्त्र।
15 अँगार [ ना. ] दाउरा आदि ज्वलनशील वस्तु बलेर कोइला भई निभेको, तर खरानी भइनसकेको प्राङ्गारिक, कालो वस्तु; गोल; अङ्गार; अङार।
16 अँगारदानी [ना.] अँगार वा आगो बाल्ने भाँडो l मकल l बोर्सी l।
17 अँगारे वि. अँगारजस्तो कालो; ज्यादै कालो; अङ्गारे।
18 अँगालाइ ना. अँगाल्ने भाव, क्रिया वा प्रक्रिया।
19 अँगालिनु क.क्रि. अँगाल्ने काम गरिनु; अँगालो हालिनु।
20 अँगाले वि. १. एक अँगालामा अटाउने; अँगालामा बोकिने; अँगालाभरिको।
21 अँगाले वि. ना. २. खलामा धान चुट्ने वा झाँट्ने बेलामा धानका अँगाला बोक्ने खेतालो; बिटा बोक्ने मान्छे।
22 अँगालो ना. १. स्नेह वा आत्मीयता जनाउन कसैलाई दुवै हातले च्यापेर आफ्नो छातीमा टाँस्ने काम; आत्मीयता वा निकटता जनाउन एकले अर्काको वा एकअर्काको काँधमा हात राख्ने काम; आलिङ्गन; अङ्कमाल; अङ्गालो।
23 अँगालो ना. २. दुई हात फैलाएर च्याप्न सकिने परिमाण; बाहाँभरिको परिमाण (एक अँगालो दाउरा, एक अँगालो घाँस, अँगालाभरिको रुख इ.)।
24 अँगाल्नु स.क्रि. १. स्नेह वा आत्मीयता जनाउन कसैलाई दुई हातले च्यापेर छातीमा टाँस्नु; निकटता देखाउन परस्परमा अँगालो मार्नु; अङ्कमाल गर्नु।
25 अँगाल्नु स.क्रि. २. कुनै कामकुरा वा पेसालाई ग्रहण गर्न; लिनु।
26 अँगाल्नु स.क्रि. (उदा. उनले शिक्षकको कार्य अँगाले।) ३. सहायता गर्नु; पक्ष लिनु।
27 अँगालो दिनु टु. भिड्नु।
28 अँगालो दिनु टु. (उदा.- निर्धाले बलियालाई अँगालो दिन सक्तैन। )।
29 अँगालो मार्नु/हाल्नु टु. अङ्कमाल गर्नु।
30 अँगुछा, अँगुछी ना. रुमाल कछाड उपर्नाको काम दिने कपडा l।
31 अँगुठी ना. हे. औँठी।
32 अँगुठो ना. १. हात वा खुट्टाको दुई आँख्ला भएको मोटो औँलो; बुढी औँलो; औँठो।
33 अँगुठो ना. २. अँगुठाको छाप; ल्याप्चे सही।
34 अँगेठी ना. आगो ताप्नाका निम्ति प्रयोग हुने, बोकेर चाहेका ठाउँमा लगिने माटो वा धातुको भाँडो; बोर्सी; मकल; अटल।
35 अँगेर ना. पोथ्रो होचो, पात रातो रातो तथा सानो र गेडा रातो हुने एक प्रकारको विषालु वनस्पति; केही मात्रामा गुलियो, तमतमाउँदो र बेसी मात्रामा खाँदा विषालु, वस्तुभाउले खाँदा असर गर्ने वनस्पति र वनस्पतिको फल।
36 अँगेरी ना. चैतमा पाउलिने, पाउलो लाग्दा रातो भावको देखिने र पछि हल्का हरियो पात हुने, ल्वाङका आकारका दाना फल्ने, वस्तुभाउले पालुवा खाँदा पेट ढाडिने र त्यसको असरले मर्न पनि सक्ने वनस्पति।
37 अँगोछा ना. शरीर पुछ्ने वा कछाडजस्तो गरी बेरिने रुमाल; गम्छा; उपर्ना; अङोछा।
38 अँचेटाइ ना. अँचेट्ने भाव, क्रिया वा प्रक्रिया।
39 अँचेटाइनु क.क्रि. अँचेट्न लाइनु।
40 अँचेटाउनु प्रे.क्रि. अँचेट्न लाउनु; च्यापिने पार्नु।
41 अँचेटिनु क.क्रि. अँचेट्ने काम गरिनु ; च्यापिनु।
42 अँचेट्नु स.क्रि. १. कसैमाथि दबाब दिनु; वशमा ल्याउनु।
43 अँचेट्नु स.क्रि. २. कुनै लचिलो वस्तुलाई बेसरी थिच्नु; घचेट्न; ठेल्नु।
44 अँचेला ना. खेतका गराका छेउमा माटो थुपारी बनाइएको आलीको माथिल्लो भाग।
45 अँजुलाइ ना. अँजुल्ने भाव, क्रिया वा प्रक्रिया।
46 अँजुलि(ली) ना. १. दुई उत्ताना हत्केला जोडी औँलाहरू केही कुप्याएर खोची वा बटुकोजस्तो खोबिल्टो पारिएको स्थिति।
47 अँजुलि(ली) ना. २. प्रार्थना गर्दा उपर्युक्त किसिमले दुई हत्केला जोड्दा हुने मुद्रा।
48 अँजुलि(ली) ना. ३. दुई हत्केला जोडी बनाइएको खाल्टाभरिको कुनै वस्तुको परिमाण (एक अँजुली पानी, एक अँजुली फूल इ.); अञ्जली; करसम्पुट।
49 अँजुलिनु क.क्रि. अँजुल्ने काम गरिनु।
50 अँजुल्नु स.क्रि. १. अँजुलीले पानी, अन्न आदि वस्तु हुत्त्याउनु।