Dictionary

All Word

94751 स्विकार्नु स.क्रि. १. समर्थन जनाउनु।
94752 स्विकार्नु स.क्रि. २. सकार्नु; मन्जुर हुनु।
94753 स्विच ना. विद्युत्तरङ्गको प्रवाह रोक्ने वा खोल्ने बटनजस्तो सानो साधन।
94754 स्विटर ना. प्रायः ऊनको वा ऊनी र सुती मिश्रित धागोबाट बुनिने न्यानो बाक्लो गन्जी; सुइटर।
94755 स्वीकरण ना. १. स्वीकार वा अङ्गीकार गर्ने काम; मन्जुरी।
94756 स्वीकरण ना. २. ग्रहण गर्ने वा लिने काम; अँगालाइ।
94757 स्वीकरणीय वि. स्वीकार गर्न उचित वा योग्य।
94758 स्वीकार ना. १. कुनै कुरा वा विषयप्रति समर्थन जनाउने काम; अङ्गीकार; स्वीकृति; मन्जुरी।
94759 स्वीकार ना. २. कुनै काम गर्न तयार भई गरिने कबुल; सकार गरी दिइएको वचन।
94760 स्वीकार ना. ३. ग्रहण गर्ने वा लिने काम;अंगालाइ।
94761 स्वीकारनामा ना. कुनै काम गर्न वा लेनदेन आदिका निम्ति कसैलाई आफ्नो स्वीकार जनाई वा अधिकार दिई लेखिदिएको कागत; स्वीकारपत्र।
94762 स्वीकारपत्र ना. स्वीकारनामा।
94763 स्वीकारात्मक वि. १. समर्थन गरिएको वा स्वीकृति जनाइएको ; पुष्टि गरिएको।
94764 स्वीकारात्मक वि. २. सन्तोषपूर्वक प्राप्त गरिएको।
94765 स्वीकार्य वि. स्वीकार गर्न योग्य; मान्न लायक; स्वीकृति जनाउनुपर्ने।
94766 स्वीकृत वि. १. स्वीकृति प्राप्त गरेको; समर्थन गरिएको;स्वीकार जनाइएको।
94767 स्वीकृत वि. २. मान्यता दिइएको;सदर।
94768 स्वीकृत वि. ३. ग्रहण गरिएको; गृही।
94769 स्वीकृति ना. १. स्वीकार गर्ने भाव वा क्रिया।
94770 स्वीकृति ना. २. सकार्ने काम; अंगालाइ।
94771 स्वीकृति पत्र ना. कुनै कुरा, मन्तव्य आदिका बारेमा आफ्नो मन्जुरी जनाएर वा कुनै काम गर्न कसैलाई अधिकार दिएर लेखिदिने काग।
94772 स्वेच्छया क्रि.वि. आफ्नै मनोमानीमा, खुसीराजीले; इच्छापूर्वक; राजीखुसीसा।
94773 स्वेच्छा ना. आफ्नै मनमा उठेको चाहना; आफूखुसी; आफ्नो इच्छा।
94774 स्वेच्छाकृत वि. आफ्नै खुसीराजीले गरेको; स्वेच्छया गरिएको।
94775 स्वेच्छाचार ना. राम्रोनराम्रोको ध्यान नराखी आफ्नै इच्छाअनुसार गरिने काम; मनखुसी आचरण; मनमानी।
94776 स्वेच्छाचारिता ना. स्वेच्छाचारी हुनाको भाव वा अवस्था; निरङ्कुशता।
94777 स्वेच्छाचारी वि. १. जस्तो मन लाग्यो त्यस्तै गर्ने; निरङ्कुश।
94778 स्वेच्छाचारी वि. २. ऐननियम, सामाजिक मर्यादा आदिमा नरहने।
94779 स्वेद ना. १. पसिना।
94780 स्वेद ना. २ साहित्यमा लज्जा, हर्ष, श्रम, रोष आदिद्वारा शरीर पसिनाले तर हुने एक सात्त्विक अनुभाव।
94781 स्वेदक वि. पसिना निकाल्ने; प्रस्वेदक।
94782 स्वेद कण ना. पसिनाको कण वा थोपा; स्वेदबिन्दु।
94783 स्वेदज ना. १. पसिनाबाट पैदा हुने जुम्रा, उडुस आदि जीव।
94784 स्वेदज ना. वि. २. पसिना उत्पन्न गराउने।
94785 स्वेदन ना. परिश्रम, जरो आदिका कारणले पसिना निस्कने काम; पसिनाबहाइ।
94786 स्वैच्छिक वि. १. आफ्नो इच्छानुसारको; इच्छासम्बन्धी।
94787 स्वैच्छिक वि. २. आफ्नो इच्छाअनुसार गर्न वा छान्न पाइने।
94788 स्वैच्छिक अवकाश ना. बिस वर्ष सेवाअवधि पुगेका निजामती कर्मचारीले आफ्नो इच्छाले चाहेमा पाउने अवकाश।
94789 स्वैरकल्पना ना. यथार्थको आभास दिने खालको तर उडन्ते कल्पना; फेन्टासी।
94790 स्वैरिणी ना. वेश्यावृत्ति गरेर जीविका गर्ने स्त्री; कुलटा।
94791 स्वोपार्जन ना. आफैँले वा आफ्ना करामतले गरिने आर्जन; आफ्नै कमाइ।
94792 स्वोपार्जित वि. आफ्नै पराक्रमले आर्जन गरेको; आफैँले कमाएको।
94793 देवनागरी वर्णमालाको तेत्तिसौं व्यञ्जन; स्वरयन्त्रमुखी; कण्ठ्य; सङ्घर्षी; घोष; महाप्राण व्यञ्जन वर्ण; संस्कृत परम्पराअनुसार ऊष्म र नेपाली उच्चारणअनुसार श्वसित ध्वनि; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिहन दुईगोडे ह; हली ह।
94794 हैँ वि.बो. प्रायः आफूभन्दा साना व्यक्तिको बोलावटको प्रत्युत्तरमा भनिने शब्द हइ।
94795 हैँ वि.बो. २. आश्चर्य, विस्मय, जिज्ञासा, स्मृति आदि प्रकट गर्दा मुखबाट अकस्मात् निस्कने शब्द।
94796 हैँ वि.बो. ३. कुराकान अवसरमा केही कुरो नसुनी वा स्पष्ट नभई दोहोऱ्याउन जोड दिने शब्द।
94797 हैँ वि.बो. ४. शारीरिक दुःख, पीडा आदिमा शरीरबाट निस्कने शब्द; अँ।
94798 हँकाइ ना. मोटर, बग्गी आदि हाँक्ने भाव, क्रिया वा प्रक्रिया; वाहन चलाउने काम।
94799 हँकाइनु क.क्रि. हाँक्न लाइनु।
94800 हँकाउनु प्रे. क्रि. हाँक्न लाउनु।