Dictionary

All Word

94501 स्वरूपी वि. १. रूप भएको; रूपवान्।
94502 स्वरूपी वि. २. कसैको स्वरूप जस्तै देखिने; समरूपी।
94503 स्वरूपी वि. ३. अरूको रूप धारण गरेको; छद्मवेशी।
94504 स्वरूपोत्प्रेक्षा ना. उत्प्रेक्षा अलङ्कारको एक भेद; वस्तूत्प्रेक्षा।
94505 स्वरोदय ना. स्वर वा नाकको श्वासप्रक्रियाका आधारमा सबै किसिमको शुभ र अशुभ फल थाहा पाइने वा भनिने एक विद्या।
94506 स्वर्ग ना. १. पुण्यात्मा र सत्कर्मीहरू मृत्युपछि सुख भोग्न जान्छन् भनी पुराण, स्मृति आदिले भनेको लोक; देवलोक।
94507 स्वर्ग ना. २. अमरावती; इन्द्रपुरी।
94508 स्वर्ग ना. ३.अत्यन्त रमणीय ठाउँ; सुन्दर स्थान।
94509 स्वर्गगामी वि. १. मरणोपरान्त स्वर्ग जाने; स्वर्गतर्फ गमन गर्ने।
94510 स्वर्गगामी वि. २. मृत; स्वर्गीय।
94511 स्वर्गङ्गा ना. आकाशगङ्गा; मन्दाकिनी।
94512 स्वर्गद्वारी ना. नेपालको प्यूठान जिल्लामा पर्ने एक प्रसिद्ध तीर्थस्थान।
94513 स्वर्गद्वारी प्रभु ना. उक्त तीर्थस्थानको स्थापना गर्ने एक सिद्ध पुरुष।
94514 स्वर्गवास ना. १. स्वर्गमा गएर बस्ने काम; स्वर्गको बसाइ।
94515 स्वर्गवास ना. २. देहावसान; मृत्यु ; मरण।
94516 स्वर्गवासी वि. १. स्वर्गमा बस्ने; स्वर्गको निवासी।
94517 स्वर्गवासी वि. २. देहान्त भएको; मरेको; दिवङ्ग।
94518 स्वर्गस्थ वि. १. स्वर्गमा बसेको; स्वर्गमा रहेको।
94519 स्वर्गस्थ वि. २. स्वर्गवासी; स्वर्गीय।
94520 स्वर्गारोहण ना. १. स्वर्ग जाने काम; स्वर्गगमन।
94521 स्वर्गारोहण ना. २. देहान्त; मरण।
94522 स्वर्गीय वि. १. स्वर्गमा हुने; स्वर्गको; स्वर्गसम्बन्धी।
94523 स्वर्गीय वि. २. देहान्त भएको; मरेको।
94524 स्वर्गीय वि. ३. असाधारण; अलौकिक।
94525 स्वर्ण ना. १. सुवर्ण; सुन।
94526 स्वर्णकार ना. १. सुनको गहनागुरिया बनाउने पेसा भएको मानिस।
94527 स्वर्णकार ना. २. सुनार; बाँडा।
94528 स्वर्णकीट ना. १. सुनजस्तो रङ हुने एक जातको झल्कने किरो, सुनकिरी।
94529 स्वर्णकीट ना. २. एक प्रकारको जूनकिरी।
94530 स्वर्णगिरि ना. सुनजस्तो पहेँलो पर्वत; सुमेरुपर्व।
94531 स्वर्णजयन्ती ना. कुनै व्यक्ति, सङ्घसंस्था, महत्त्वपूर्ण कार्य आदिको जन्म, आरम्भ वा स्थापनाको पचास वर्ष प्रवेश भएको उपलक्ष्यमा मनाइने उत्सव; पचासौँ जन्मोत्सवको पर्व।
94532 स्वर्णदिवस ना. १. बनिबनाउ भएको दिन; सुखशान्तिको दिन।
94533 स्वर्णदिवस ना. २. महत्त्वपूर्ण घटना घटेको दिन।
94534 स्वर्णमान ना. आफ्नो द्रव्यको एकाइको मूल्यलाई सुनको मूल्यसँग समानुपातमा निश्चित गरिएको मान।
94535 स्वर्णमुद्रा ना. सुनको धातुबाट बनाइएको मुद्रा; असर्फी।
94536 स्वर्णयुग ना. प्रशस्त उन्नति तथा सुखशान्ति भएको युग; सुनौला युग।
94537 स्वर्णाभ वि. १. सुनजस्तो आभा वा चमक भएको।
94538 स्वर्णाभ वि. २. सुनका जस्तो रङ्गको; सुनौलो।
94539 स्वर्णिम वि. सुन जस्तै चम्किलो; सुनौलो।
94540 स्वर्लोक ना. देवलोक; स्वर्ग।
94541 स्वर्वैद्य ना. स्वर्गका वैद्य; अश्विनीकुमार।
94542 स्वलङ्कृत वि. राम्ररी सिँगारिएको वा सजाइएको; शृङ्गारका साधनहरूले अलङ्कृ।
94543 स्वल्प वि. १. साह्रै अल्प वा थोरै; अलिकति मात्र।
94544 स्वल्प वि. २. ज्यादै सानो; क्षुद्र; तुच्छ।
94545 स्वल्पाहार ना. साह्रै थोरै खवाइ; सामान्य वा हल्का भोजन।
94546 स्वल्पाहारी वि. स्वल्पाहार गर्ने; थोरै खाने।
94547 स्ववासी वि. आफैँ बसेको; आफैँले भोगचलन गरेको (घरबारी)।
94548 स्वविवेक ना. गुणदोष, हितअहित, प्रियअप्रिय, कर्तव्यअकर्तव्यजस्ता विषयलाई आफैँ सोच्न वा ठम्याउन सक्ने शक्ति; आफ्नै उचित ध्यान वा विचार।
94549 स्वशासन ना. आफ्नो क्षेत्र, प्रान्त वा राज्यका निम्ति आवश्यक शासन, प्रबन्ध आदि आफैँ गर्ने पूर्ण अधिकार; स्वायत्तशासन।
94550 स्वशासित वि. सम्बन्धित तहबाटै आफ्नो शासनव्यवस्था चलेको; स्वशासन भएको।