Dictionary

All Word

94551 हेपाहा वि. हेप्ने बानी भएको; नटेर्ने; हेपुवा; मिचाहा। स्त्री. हेपाही।
94552 हेपिनु क.क्रि. हेप्ने काम गरिनु।
94553 हेपुवा वि. हेपाहा।
94554 हेम ना. १. सुन; स्वर्ण; सुवर्ण।
94555 हेमगिरि ना. सुमेरु पर्वत।
94556 हेमन्त ना. १. छ ऋतुमध्ये पाँचौँ ऋतु; मङ्सिर र पुस महिनाको ॠतु।
94557 हेमन्त ना. २. जाडोयाम; हिउँद।
94558 हेमन्त ऋतु ना. हेमन्त ।
94559 हेमाद्रि ना. १. सुमेरु पर्वत।
94560 हेमाद्रि ना. २. दान, व्रत, तीर्थ, मोक्ष र परिशेष गरी जम्मा पाँच खण्ड भएको 'चर्तुवर्ग- चिन्तामणि' - नामक प्रसिद्ध प्रामाणिक ग्रन्थ लेख्ने; इस्वीको तेह्रौँ शताब्दीका एक विद्वान् पुरुष ।
94561 हेय वि. १. छोड्न योग्य; त्याज्य।
94562 हेय वि. २. खराब; रद्दी।
94563 हेय वि. ३. तुच्छ; निकृष्ट ; नीच।
94564 हेर वि.बो. १. कसैलाई चेतावनी दिँदा वा सावधान बनाउँदा भनिने शब्द | ना.
94565 हेर वि.बो. २. हेर्ने काम; हेराइ |
94566 हेरचाह/चाहा ना. १. चारैतिर दृष्टि पुऱ्याएर रेखदेख गर्ने काम; हेरविचार; रेखदेख।
94567 हेरचाह/चाहा ना. २. पालनपोषण; भरणपोषण।
94568 हेरफेर ना. १. बदल्ने वा बदलिने काम; अदलबदल; परिवर्तन ।
94569 हेरफेर ना. २. कुनै वस्तुको साटफेर; विनिमय।
94570 हेरम्ब ना. १. गणेश।
94571 हेरम्ब ना. २. गर्व गर्ने वीर; धीरोद्धत नायक।
94572 हेरविचार ना. हेर्ने र विचार पुऱ्याउने काम; हेरचाह।
94573 हेराइ ना. हेर्ने भाव, क्रिया वा प्रक्रिया ।
94574 हेराइनु क.क्रि. हेर्न लाइनु; देखाइनु।
94575 हेराउनु स.क्रि. १. ज्योतिषीलाई ग्रहगोचरको फल देखाउनु।
94576 हेराउनु स.क्रि. २. धामी; झाँक्री आदिद्वारा भूतप्रेत; बोक्सी आदिको बाधा जँचाउनु। प्रे.क्रि.
94577 हेराउनु स.क्रि. ३. हेर्न लगाउनु; देखाउनु।
94578 हेराहेर ना. परस्परमा एकले अर्कोलाई हेर्ने काम; देखादेख।
94579 हेराहेर क्रि.वि. हेदहेर्दै; आँखाकै सामुन्नेमा।
94580 हेरि वि.बो. १. कुनै कामकुरामा कसैको ध्यान आकृष्ट गर्दा भनिने शब्द।
94581 हेरि वि.बो. २. हेर।
94582 हेरिनु क.क्रि. हेर्ने काम गरिनु; देखिनु।
94583 हेरोफेरो ना. १. आँखाले तत्काल देख्न सकिने ठाउँ; दृष्टिगोचर क्षेत्र।
94584 हेरोफेरो ना. २. सेरोफेरो; लगापात।
94585 हेर्नु स.क्रि. १. आँखाद्वारा कुनै व्यक्ति वा वस्तुको रूप, रङ्ग, आकृति आदिको ज्ञान प्राप्त गर्नु; आँखा लगाउनु; दर्शन गर्नु।
94586 हेर्नु स.क्रि. २. रेखदेख पुऱ्याउनु; हेरविचार गर्नु।
94587 हेर्नु स.क्रि. ३. कुरुवा बस्नु कुर्नु; रुङ्नु।
94588 हेर्नु स.क्रि. ४. ज्योतिष - शास्त्रअनुसार कसैको ग्रहगतिको शुभ वा अशुभ फल बताउनु।
94589 हेर्नु स.क्रि. ५. बाटो कुर्नु; प्रतीक्षा गर्नु।
94590 हेर्नु स.क्रि. ६. अध्ययन गर्नु; लिखित वा मुद्रित लिपिबाट ज्ञान हासिल गर्नु।
94591 हेर्नु स.क्रि. ७. भूत-प्रेत, बोक्सी आदिको लागो विचार गर्नु।
94592 हेर्नु स.क्रि. ८. विवेक पुऱ्याउनु; विचार गर्नु।
94593 हेर्नु स.क्रि. ९. पालन- पोषण गर्नु।
94594 हेल १ ना. गाई; भैँसी आदि पालेर दुध बेची जीविका चलाउने जाति; अहिर।
94595 हेल २ ना. झन्डा, बत्ती आदिको सङ्केतबाट सैनिकहरूले कुरा बुझाउने वा सूचना दिने काम ।
94596 हेल ३ ना. घोडाको गलथना र गर्धन बाँध्ने धागाको डोरी।
94597 हेलचक्य्राइँ / हेलचेक्रयाइँ / हेलच्याँक्री ना. १. जरुरी कामकुरामा पनि ध्यान नदिने प्रवृत्ति; उपेक्षा; बेवास्ता।
94598 हेलचक्य्राइँ / हेलचेक्रयाइँ / हेलच्याँक्री ना. २. हेप्ने काम वा बानी; अटेऱ्याइँ।
94599 हेलत्व ना. हेलाँ; अपमान।
94600 हेलन ना. हेला। (उदा. सीता हर्नु थिएन हेलन गरी सीताजि हर्नूभयो। भानुभक्तीय रामायण)।