Dictionary

All Word

94651 हो होइन वि. २. साँचो झुटो पर्गेल्नुपर्ने। ना.
94652 हो होइन वि. ३. सकारात्मक वा नकारात्मक शब्द; अँ तथा नाइँ ।
94653 हो १ अ.क्रि. १. 'हुनु' क्रियाको आज्ञार्थी भाव बुझाउने शब्द। (उदा.- तँ यस्तै खराब हो)। निपा.
94654 हो १ अ.क्रि. २. स्वीकृतिसूचक वा सन्तोष जनाउने अव्ययशब्द; अँ। (उदा.- हो, तिमीले केही महिनाअघि भने जस्तै नतिजा देखियो )।
94655 हो २ सम्बो. हे; ए (प्रायः शब्दका अन्तमा, जस्तै- भाइहो ! साथीहरूहो ! इ.)।
94656 होइनु अ.क्रि. मौजुद रहिनु; विद्यमान रहिनु; भइनु।
94657 होक्काँ / होक्राँ क्रि.वि. १. साँढे वा बहर डुक्रने किसिमसँग। ना.
94658 होक्काँ / होक्राँ क्रि.वि. २. त्यस्तो डुक्राइको शब्द।
94659 होक्काँ / होक्राँ क्रि.वि. 3. लड्नका निम्ति सुऱ्याइँसाथ दिइने हाँक; जोरीखोजाइ।
94660 होक्राङ ना. १. बाघको शब्द वा गर्जन।
94661 होक्राङ ना. २. होक्काँ; होक्राँ।
94662 होक्राङे ना. १. सानो खालका बाघको एक जात। वि.
94663 होक्राङे ना. २. होक्राङ गर्ने।
94664 होचाइ ना. होचो हुनाको भाव वा अवस्था; होचोपन।
94665 होचिनु अ.क्रि. १. अर्को वस्तुभन्दा कम उचाइको हुनु; होचो हुनु।
94666 होचिनु अ.क्रि. २. नीचो हुनु; कमजोर हुनु।
94667 होची ना. होचोको स्त्रीरूप वा लघुरूप। वि. होचो भएकी; पुड्की।
94668 होचीअर्घेली ना. १. केही अज्ञान र केही बिराम।
94669 होचीअर्घेली ना. २. न्याय र अन्याय।
94670 होचो वि. १. उच्चाइमा कुनै अर्कोभन्दा कमको; अग्लो नभएको।
94671 होचो वि. २. सानो कदको; पुड्को (व्यक्ति)।
94672 होचो वि. ३. निर्धो; कमजोर।
94673 होच्याइ ना. १. होचिने भाव, क्रिया वा प्रक्रिया [होच्याउ + आइ]
94674 होच्याइ ना. २. होच्याउने भाव, क्रिया वा प्रक्रिया |
94675 होच्याइनु क.क्रि. होचो पारिनु।
94676 होच्याउनु स.क्रि. १. अग्लाइ वा उचाइ कम पार्नु; होचो गराउनु।
94677 होच्याउनु स.क्रि. २. निन्दा गर्नु; तुच्छ्याउनु; ह्याउनु।
94678 होजरी ना. गन्जी, मोजा, स्विटर आदि बुन्ने व्यवसाय।
94679 होटेल ना. मूल्य तिरेर खानपिन गरिने वा भाडा दिएर यात्रीहरू केही समय बस्ने, सुत्ने विश्रामस्थान; आवासीय भोजनालय ।
94680 होटेल कर ना. होटेलको व्यवसायका आधारमा सरकारबाट उठाइने शुल्क ।
94681 होटेल व्यवसाय ना. होटेल खोलेर धन आर्जन गरिने उद्योग।
94682 होड १ ना. दुई वस्तुका बिचको, थोरै करायेँ परेको छिद्र; अन्तर।
94683 होड २ ना. १. बाजी; सर्त। २ प्रतियोगिता; प्रतिस्पर्धा।
94684 होटेलबाजी ना. १. बराबरी हुनका निम्ति गरिने प्रण वा प्रयत्न; बाजी; सर्त।
94685 होटेलबाजी ना. २. प्रतिस्पर्धा; प्रतिद्वन्द्विता।
94686 होटेलबाजी ना. ३. तँछाडमछाड।
94687 होता ना. होम गर्ने ब्राह्मण; ऋत्विक्।
94688 होत्रो ना. फलामको काम गर्ने कारिगरहरूको ठुलो घन; हतौडा ।
94689 होनहार वि. १. भविष्यमा असल बन्ने खालको।
94690 होनहार वि. २. परन्तुमा योग्य बन्ने लक्षण भएको।
94691 होनहार वि. 3. जेहनदार; प्रतिभाशाली।
94692 होनहार वि. ४. ज्यादै सिपालु; निपुण ।
94693 होपजग्गा ना. ठुलठुला जागिरदारलाई पेन्सनको सट्टा आयस्ता खान पाउने गरी दिइएको जग्गा।
94694 होपापापी ना. १. लाभ हुने कुनै कामकुरामा लोभिएर गरिने प्रतिद्वन्द्विता वा तँछाडमछाड।
94695 होपापापी ना. २. लोभले गर्दा छिटोछिटो खाने काम।
94696 होम ना. १. अग्निकुण्डमा विधिपूर्वक मन्त्र पढेर घिउ, चरु आदि हाल्ने काम; हवन।
94697 होम ना. २. अग्निमा आहुति दिएर गरिने यज्ञ।
94698 होमकुण्ड ना. होम गर्न आगो बालिने कुण्ड वा पात्र।
94699 होमाइ ना. होम्ने भाव, क्रिया वा प्रक्रिया ।
94700 होमाइनु क.क्रि. होम गराइनु।