Dictionary

All Word

94351 स्वच्छ वि. ३. उज्ज्वल; चम्किलो।
94352 स्वच्छ वि. ४ खुलस्त; स्पष्ट; प्रस्ट।
94353 स्वच्छ वि. ५. नीरोग; स्वस्।
94354 स्वच्छता ना. १. स्वच्छ हुनाको भाव वा स्थिति; विशुद्धता; निर्मलता।
94355 स्वच्छता ना. २. सरसफाइ।
94356 स्वच्छन्द वि. १. अरूको नियन्त्रण वा अधीनमा नरहने; आफूखुसी चल्ने; स्वाधीन।
94357 स्वच्छन्द वि. २. अनुशासन वा मर्यादामा नरहने; उच्छृङ्खल स्वभावको।
94358 स्वच्छन्द वि. क्रि.वि. ३. कुनै सोचविचार, सङ्कोच वा डरबिना नै; स्वेच्छया।
94359 स्वछन्दता ना. स्वच्छन्द हुनाको भाव, प्रकृति वा अवस्था।
94360 स्वछन्दतावाद ना. शास्त्रीय बन्धनमा जेलिएका साहित्यिक सिद्धान्तलाई त्यागी जीवन र जगत्का स्वतन्त्र चिन्तन, प्रकृति आदिका रोमान्टिक भाव व्यक्त गरेर साहित्यसृजन गर्ने एक प्रवृत्ति वा सिद्धान्त; जर्मनी, फ्रान्स, ब्रिटेन देशहरूमा अठारौँ शताब्दीमा प्रारम्भ भएको एक साहित्यिक मान्यता; रोमान्सवाद।
94361 स्वछन्दतावादी वि. स्वच्छन्दतावादको अनुयायी; स्वच्छन्दतावादमा विश्वास गर्ने; रोमान्टिक।
94362 स्वजन ना. १. आफ्ना परिवारका मानिस; आत्मीय जन।
94363 स्वजन ना. २. नातासम्बन्धी व्यक्ति; नातादार |
94364 स्वजाति ना. १. आफ्नै जात; आफ्नो जाति।
94365 स्वजाति ना. २. आफ्नै धर्म, संस्कृति आदिमा मिल्ने जात वा वर्ग।
94366 स्वजाति ना. ३. आफ्नै प्रकार; आफ्नै किसिम।
94367 स्वजातीय वि. आफ्नै जात वा वर्गको; एउटै जातिको।
94368 स्वतः क्रि.वि. आफैँआफ; स्वयम्; आफैँ।
94369 स्वतःसिद्ध वि. अरू कुनै वस्तु वा तत्त्वको सहायताविना आफैँ सिद्ध भएको; स्वयम्सिद्ध।
94370 स्वतःस्फुरित नासिक्यीभवन ना. अनुनासिक व्यञ्जनको सहायताविना नै स्वरवर्ण नासिक्य हुने क्रिया।
94371 स्वतन्त्र वि. १. अरू कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने, स्वाधीन।
94372 स्वतन्त्र वि. २. अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको जस्तो- स्वतन्त्र रचना, स्वतन्त्र मतदान आदि)।
94373 स्वतन्त्र वि. ३. कुनै नियम- विधि वा प्रतिबन्धबाट मुक्त (जस्तो स्वतन्त्र नागरिक, स्वतन्त्र चिन्तन आदि)।
94374 स्वतन्त्र वि. ४. अरू कसैसँगको सम्पर्क नभएको; अलग; भिन्न।
94375 स्वतन्त्रता ना. १. स्वतन्त्र हुनाको वा रहनाको भाव वा अवस्था।
94376 स्वतन्त्रता ना. २. कुनै प्रकारको शासनिक बाधा, रोकावट, बन्धन आदि नभई उचित तथा सङ्गत काम र व्यवहार स्वयं गर्न पाउने अधिकार वा शक्ति; स्वातन्यमय।
94377 स्वत्व ना. १. स्वको भाव वा अवस्था, आफ्नोपन।
94378 स्वत्व ना. २. कुनै विषय वा वस्तुप्रतिको स्वामित्व, अधिकार, हक।
94379 स्वत्व ना. ३. मौलिकता, निजी तत्त्व।
94380 स्वत्व संलेख ना. कुनै चलअचल सम्पत्तिको उत्तराधिकार, इच्छापत्र आदिको बेहोरामा यसको अधिकार हो भनी उल्लेख भएको पत्र, अधिकारपत्र।
94381 स्वत्वाधिकार ना. आफ्नो स्वामित्व सिद्ध गर्न ऐननियमले दिएको अधिकार; निजी हक।
94382 स्वत्वाधिकारिणी ना. स्वत्वाधिकारीको स्त्रीरूप स्वत्वाधिकार पाउने स्त्री।
94383 स्वत्वाधिकारी ना. स्वत्वाधिकार पाएको व्यक्ति, स्वामी; मालिक।
94384 स्वदेश ना. पुर्खाका पालादेखि बसोबास गरिआएको देश, आफ्नो देश; मातृभूमि; जन्मभूमि।
94385 स्वदेशी वि. १. स्वदेशसँग सम्बद्ध, आफ्नै देशको, मातृभूमिको।
94386 स्वदेशी वि. २. आफ्नै देशमा तयार भएको, स्वदेशमा बनेको (कपडा, जुत्ता इ.)।
94387 स्वधर्म ना. १. आफ्नो वंश वा कुलमा परम्परादेखि चलेको वा पालन गर्दै आएको धर्म, आफ्नो धर्म।
94388 स्वधर्म ना. २. आफूले धारण गरिएको समाजका निम्ति कल्याणकारी कामकुरो आफ्नो कर्तव्य।
94389 स्वधर्मी वि. १. स्वधर्ममा रहने, स्वधर्मको नियमलाई राम्ररी पालन गर्ने।
94390 स्वधर्मी वि. २. एउटै धार्मिक सम्प्रदायभित्रको; समान जाति, रहनसहन वा संस्कारसित सम्बद्ध।
94391 स्वधा ना. १. श्राद्ध, तर्पण आदि पितृकार्यमा जल, पिण्ड आदि अर्पण गर्दा भनिने मन्त्र।
94392 स्वधा ना. २ पितृहरूलाई चढाइने हवि, पितृमन्त्र।
94393 स्वधा ना. ३. दक्षप्रजापतिकी एक कन्या।
94394 स्वन ना. लघुतम पृथक् आवाज, ध्वनि, फोन।
94395 स्वनिक वि. स्वन वा ध्वनिसँग सम्बन्धित; स्वन वा ध्वनिको।
94396 स्वनिक विज्ञान ना. स्वन वा ध्वनिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र; ध्वनिविज्ञान; फोनेटिक्स।
94397 स्वनाम ना. आफ्नो नाम।
94398 स्वनामधन्य वि. आफ्नै नामले धन्य वा प्रसिद्ध; असल गुण वा विशेषताले नै नाउँ कहलिएको।
94399 स्वनिम ना. कुनै भाषाको ध्वनिव्यवस्थामा पाइने लघुतम विभेदक एकाइ; उच्चार्य वर्ण; फोनिम।
94400 स्वनिमिक वि. स्वनिमसँग सम्बन्धित; स्वनिम वा वर्णको।